धनगढी- बझाङमा कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत बझाङले २०७१ माघ १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहरगरेपछि फरार रहेका प्रतिवादी पक्राउ परेका परेका हुन ।
जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएका साविक दौलीचौर गाविस ८ तथा हालको सुर्मा गाउँपालिका–२ का ६५ वर्षीय अफी बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई भारतबाट गाउँ फर्किएको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको टोलीले गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियोे ।
पक्राउ परेका बोहरालाई फागुन ६ गते मंगलबार अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

