नवलपरासीको दाउन्ने सडकमा वर्षाका बेला राति गाडी सञ्चालनमा रोक
काठमाडौँ- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा पानी परेको बेला राति सवारी सञ्चालनमा रोक लगाइएको छ। बिनयी खोलामा आउने बाढीका कारण जोखिम बढेपछि हिजो साँझ ७ बजेदेखि बन्द गरिएको सडक आज बिहान ५ बजे खुलेको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो। केही दिन पानी नपरेपछि गाडी निर्वाध गुडे पनि वर्षा शुरु भएपछि फेरि रातको सवारी रोकिएको हो।
६ महिनाअघि बिनयी खोलाको फलामे पुल भत्किएपछि निर्माणाधीन पक्की पुलको उत्तरतर्फ अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ। पक्की पुलको ढलान दुई हप्ता अघि सकिएको र आगामी असार अन्तिमसम्म सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ।
दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर लामो दाउन्ने सडकखण्ड मोड र हिलाम्य भएकाले बारम्बार अवरुद...











