Advertisement

ताजा अपडेट

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित आज चीनको तियान्जिन प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे। प्रधानमन्त्रीको बिदाइका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि उपस्थित थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा हुने शिखर सम...
मनसुन सक्रिय : देशभर बदली, विभिन्न प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

मनसुन सक्रिय : देशभर बदली, विभिन्न प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्यभन्दा दक्षिणतिर र पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको छ। यसकै प्रभावले देशभर सामान्यतया बादल लागिरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Breaking News 1, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ। गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ। यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र स...
बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चार वर्षअघि बाढीले बगाएको झुलुङ्गे पुल पुनः निर्माण गरिएको छ। केदारस्यूँ गाउँपालिकाको देउरा र थलारा गाउँपालिकाको रेगम जोड्ने सेती नदीमाथिको उक्त पुल पुनःनिर्माण गरिएको हो। २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएपछि स्थानीयले झण्डै चार वर्ष सास्ती भोग्नुपरेको थियो। पुल बग्दा थलारा गाउँपालिका–१ र २ का सबै गाउँसँगै डोटी जिल्लाका केही बस्तीका बासिन्दा समेत आवतजावतमा समस्यामा परेका थिए। पुल नभएपछि रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायतका गाउँका स्थानीयलाई उपभोग्य सामान किन्न, बिरामीलाई स्वास्थ्य संस्थामा लैजान र विद्यार्थीलाई विद्यालय पुग्न समेत कठिनाइ हुने गरेको थियो। आपतकालीन रूपमा दुवै पालिकाले हिउँदमा अस्थायी काठेपुल बनाएर आवतजावतलाई सहज बनाउने प्रयास गरे पनि बर्खामा नदीमा पानी बढ्दा पुल बग्ने भएकाले समस्या दोहोरि...
आज विश्व ताल दिवस

आज विश्व ताल दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यसहित आज विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो। गत वर्षको महासभामा विश्व ताल दिवस मनाउने प्रस्ताव पारित भएको थियो। यस अवसरमा राष्ट्रसङ्घीय संस्था, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय निकाय, नागरिक समाज, निजी क्षेत्र, वातावरणविद् र शैक्षिक अभियन्तालाई तालको महत्वबारे जनचेतना फैलाउने र संरक्षणमा जोड दिने लक्ष्य राखिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा करिब ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको चार प्रतिशत भूभाग ओगटेका छन्। प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण ताजा पानीका स्रोत घट्दै गएपछि यस दिवसको महत्व झन् बढेको छ। तालहरूले पेयजल, कृषि र उद्योगका लागि आवश्यक स्रोत उपलब्ध गराउने मात्र नभई जैविक विविधता संरक्षणमा समेत महत्वपूर्ण योगदान दिएका छन्। बढ्दो ...
आज देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्था...
केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो। हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए । दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको हो ...
बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सरकारले सेवा प्रवाहमा सहज ल्याउन बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बझाङको देउरा सहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने खबर आएपछि केही समय अघि झोताबासीले झोतामा इलाका प्रशासक कार्यालय हुनुपर्ने माग राखेका थिए । नापी पालपोत कार्यालय झोता भएको र इलाका प्रशासन कार्यालय पनि झोतामै हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । केहीले व्यक्तिले भने भूगोलका हिसाबले सबैलाई पायक पर्ने देउरा भएकाले देउरामा नै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए । अन्ततः सरकारले इलाका प्रशासन कार्यालय देउरामै स्थापना गर्ने निश्चित गरेक...
आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
  काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले सम्भावित वर्षाका कारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।...
आज हरितालिका तीज

आज हरितालिका तीज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज आज सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाइरहेका छन्। बिहानै स्नान गरी निराहार, जलाहार वा फलाहार गरी व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा गर्ने परम्परा छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले कठिन तपस्यापछि महादेवलाई वर पाएकी थिइन्। त्यसैले विधिपूर्वक तीज व्रत बस्दा मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। विवाहिताले पति–सन्तानको सुस्वास्थ्य र सौभाग्यका लागि, अविवाहिताले असल पतिको प्राप्तिका लागि यो व्रत बस्ने चलन छ। पशुपतिनाथ, गोकर्णेश्वर, कुम्भेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा आज श्रद्धालुको घुइँचो लागेको छ। तीजको अघिल्लो दिन ‘दर’ खाने, दिदीबहिनीहरू माइती घरमा भेला भई नाचगान गर्ने र दुःख–कष्ट पोख्ने परम्परा पनि जीवित छ।...
बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित

बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम स्थान हासिल गरेको भन्दै पालिका सम्मानित भएको हो । आइतबारदेखि सुरु भएको नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१ -०८२ को वार्षिक समिक्षा गोष्ठी मार्फत सोमबार ७९ दशमलव ७५ अंकसहित जिल्लामै संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको केदारस्यूँ गाउँपालिकालाई सम्मान गरिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री भानुभक्त जोशीले अझ जनमुखी, पारदर्शी र प्रभावकारी काम गर्न सुझाव दिनुभयो । यस्तै छबिसपाथिभेरा गाउँपालिका पनि सम्मानित भएको छ । स्थानीय तह विक्तीय सुशासन जोखिम मुल्याङ्कन जिल्लामै प्रथम स्थान हासिल गरेको भन्दै सोही कार्यक्रम मार्फत सम्मान गर...
जगन्नाथ माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ खेती सुरु

जगन्नाथ माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ खेती सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सैन्स्सुस्थित जगन्नाथ माध्यमिक विद्यालयमा च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको छ । सोमबारदेखि औपचारिक रूपमा पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको हो। यस अभियानलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका युवा नेता भरत बहादुर मल्लको विशेष पहलमा अघि बढाइएको हो। विद्यालयले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई आत्मनिर्भर बनाउन र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यका साथ च्याउ खेतीलाई प्राथमिकता दिएको विव्यस अध्यक्ष मल्लले कामना टुडेसँग बताए । केही समय अघि विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पाएका मल्लले पालिकामै पहिलोपटक विद्यालय स्तरमा च्याउ खेती कार्यक्रमको सुरुवात गरेका हुन् । पालिकामा अहिलेसम्म कुनै पनि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई आत्मनिर्भर तर्फ जोड्नका लागि काम गरेको देखिएको छैन,...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज