Advertisement

ताजा अपडेट

सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र, तत्काल निर्माणको माग गर्दै पालिकालाई ज्ञापनपत्र

सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र, तत्काल निर्माणको माग गर्दै पालिकालाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ अन्तर्गत सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र अवस्थामा छ । साविक सुनकुडा गाविसको बेला २०६८ सालदेखि बजेट विनियोजन हुँदै आएको सुनकुडा धारी- डोबा ग्रामीण सडक अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन नसकेर अलपत्र अवस्थामा रहेको हो । बर्षौसम्म सडक अलपत्र परेपछि स्थानीयवासीले तत्काल निर्माण कार्य अघि बढाउन माग गर्दै गाउँपालिकालाई ज्ञापन–पत्र बुझाएका छन्। आइतबार अवरुद्ध सडक संघर्ष समितिले सडक निकासाको मागसहित गाउँपालिकाका प्रमुखलाई अवरुद्ध सडक संघर्ष समिति संयोजक लालबहादुर ढाँट सहितको टिमले ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा क्षेत्र भौगोलिक रूपमा अत्यन्तै दुर्गम रहेको र जनसंख्या धेरै भए पनि सडक, शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहज पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ। स्थानीयका अनुसार गाउँपालिका केन्द्र, वडा कार्यालय, धार्...
एनपीएल क्रिकेट सम्पन्न, कसले के पुरस्कार जिते ?

एनपीएल क्रिकेट सम्पन्न, कसले के पुरस्कार जिते ?

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाण्डौको त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो सनिवार फाइनल खेलसँगै समापन भएको हो । प्रतियोगितामा आठ टोली सहभागी थिए । साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पहिलो पटक फाइनलमा पुगेको लुम्बिनी लायन्स उपाधिका लागि खेले । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएल क्रिकेटको दोस्रो सिजनको विजेता बन्न सफल भएको छ । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता बन्यो । अघिल्लो संस्करणमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको थियो । हिजोको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एन...
एनपीएल क्रिकेटको फाइनल खेल आज, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएल क्रिकेटको फाइनल खेल आज, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । गएको वर्ष फाइनलम...
अन्धकार र सञ्चार संकटमा केदारस्युँ-८ बासी, सेवा विस्तारको मागसहित ज्ञापनपत्र

अन्धकार र सञ्चार संकटमा केदारस्युँ-८ बासी, सेवा विस्तारको मागसहित ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-८ का स्थानीयले विभिन्न माग राख्दै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयबासीले वडामा विद्युत् र फोन टावरको समस्या लगायतका माग राख्दै शुक्रबार वडाध्यक्ष सुरेश बहादुर जेठारासमक्ष ज्ञापनपत्र बुझाएका हुन् । विद्युत तथा सूचना–प्रविधि पहुँच अभावले दैनिक जीवनमा गम्भीर समस्या परिरहेको हुँदा आफूहरूले सरकारसमक्ष ज्ञापनपत्र पेस गरेको स्थानीय अगुवा जगदीश बोहराले जानकारी दिए । बोहराका अनुसार वडामा विद्युत नहुँदा अन्धकारमा बस्नुपर्ने, २१औँ शताब्दीमा पनि उज्यालोका लागि झर्रो र टुकीको भर पर्नुपर्ने अवस्थाले जनजीवन नै ठप्प बनाएको छ। फोन सेवा नहुँदा डाँडाकाँडा धाउनुपर्ने बाध्यता अझै कायम छ। त्यस्तै नेट चलाउनका लागि फोर जि सेवा नहुँदा वडा कार्यालय, वा झोता बजार झाउनुपर्ने विषम परिस्थिति सिर्जना भएको स्थानीय स्थानीयले बताए । जनताको स्थानीय सरकार घरनजिकको सरका...
एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा ९४ रन बनाएर अलआउट भयो । विराटनगरका साम हिजलेटले सबैभन्दा धेरै ३४, नरेन भट्टले २१ र मर्चेन्ड डे ल्याङ्गेले १७ रन बनाए । लुम्बिनीका तिलक भण्डारी ३, रुवेन ट्रम्पेलेम्यान, अभिशेष गौतम र जेजे स्मिथले समान २ तथा शेर मल्लले १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । लुम्बिनीका डार्सी शर्टले ४५, कप्तान रोहित पौडेलले ३४ रन बनाए । विराटनगरका सुवास भण्डारी तथा प्रतिस जिसीले समान ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । अब लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रो...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम निकै बढाएको छ । यसैबीच नेपाली काँग्रेस बझाङले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिबाट तय गरेको उम्मेदवार सिफारिससूची केन्द्रमा पठाइसकेको छ । विभिन्न पुस्ताका नेताहरूलाई समेटिएको उक्त सूचीमा अनुभवी, निरन्तर जनतामा समर्पित, स्वच्छ र विश्वासिलो छविका नेता सत्यराज भण्डारी विशेषरूपमा अगाडि देखिएका छन् । नेपाली काँग्रेस बझाङको राजनीतिक इतिहासमा सत्यराज भण्डारीको नाम अलगै पहिचानका साथ उच्चारण गरिन्छ । करिब पाँच दशकभन्दा बढी समय पार्टीलाई समर्पण गरेका भण्डारी तीन तीन पटक बझाङ जिल्ला सभापति भएर नेतृत्वको पहिचान स्थापित गरिसकेका छन् । २०४९, २०५६ र २०६२ सालको त्यो नेतृत्वकालमा उनले जिल्लाभर काँग्रेसको संगठनलाई मजबुत बनाउनुका साथै स्थानीय तहसम्म जनसञ्जालमा विस्तार ल्याएका थि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । यस्तै परिवेशमा सुदूरपश्चिम, बझाङका युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका बलियो दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सिंहले संगठन, संघर्ष र जनसम्पर्कमा गरेको दीर्घ योगदानका आधारमा आफू केन्द्रीय नेतृत्वमा अट्ने दाबी गरेका हुन् । नेकपा (एमाले)ले यसपटक २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ठूलो संख्यामा समेट्ने नीतिगत तयारी गरेसँगै धेरै युवा आकांक्षीहरू उदाएका छन्। यिनैमध्ये संगठन बनाउन र जनताको प्रश्नमा अविचल उभिन सक्ने क्षमताका कारण एलबी चर्चाको केन्द्रमा छन् । स्थानीय भूगोलमै बसेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका सिंह निर्धा, बेसहारा तथा श्रमजीवी नागरिकका आवाजका रूपमा चिनिन्छन् । उच्च न...
एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोश्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमा ७८ रन बनाएर अलआउट भयो । विराटनगरका फाफ डु प्लेसिसले ३६ र मचेन्ट डे ल्याङ्गेले १५ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २ तथा हेमन्त धामी, र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीको कप्तान...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राशीफल, समाचार
काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णय अनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव महादेव पन्थले जिम्मेवारी बहन गरेका छन्। निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समान...
एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनबारेको बहस चर्किंदै गएको छ । पार्टीले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने तयारीसँगै कसले कुन पदमा अटाउँछ भन्ने समीकरण झनै संवेदनशील बनेको छ । यही संवेदनशीलता र राजनीतिक सन्तुलनको घेराबन्दीबीच सुदूरपश्चिमबाट सचिव पदका लागि युवा नेता ऐन महर सबैभन्दा विश्वसनीय, प्रभावशाली र चर्चित दाबेदारका रूपमा अगाडि बढिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच सचिवको दौड निकै प्रतिस्पर्धात्मक देखिन्छ । एकातिर पुराना नेताहरूको अनुभव, अर्कोतिर नयाँ पुस्ताको दाबी यीनै दुई धारबीच अहिले महर एक ‘सन्तुलित, स्वाभाविक र संगठनमैत्री विकल्प’ का रूपमा स्थापित हुँदैछन् । विद्यार्थी राजनीतिबाटै बुईकासिएका, अनेरास्ववियुका पूर्व अध्यक्षका रूपमा देशभर छुट्टै पहिचान बनाइसकेका महर अहिले पार्टीभित्र युवापुस्ताको प्रतिनिधि मात्र होइन, पर...
एनपीएलमा आज २ खेल हुँदै, सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

एनपीएलमा आज २ खेल हुँदै, सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौमा जारी नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोख...
मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्वमा दाबी नछाडेपछि सहमति कायम हुन नसकेको हो । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिनुभएको छ । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद अघि बढाएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम आज बेलुकी ५ बजेसम्म सरकारका लागि दाबी पेश ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज