Advertisement

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

Advertisement

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णय अनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव महादेव पन्थले जिम्मेवारी बहन गरेका छन्।

निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।

कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उनले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबैपक्षको भरोसा रहने बताए।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

धनगढी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर ज...
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी ...
देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भन्...
काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

धनगढी- काठमाडौंमा प्रथम नौबिस्या कप २०८२ सञ्चालन हुनेभएको छ । सुदूरपश्चिमेलीहरूको विशेष पर्व माघीको अवसरमा बझाङ जिल्ला स्तरीय प्रथ...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्...
कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका- १ हसुलियामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको वार्षिकोत्सब सम्पन्न भएको छ। ...
सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल...
रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

२०८२ पुस २६ ,गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज