Advertisement

ताजा अपडेट

जीवनमा आइपर्ने बाधा अड्चनहरुलाई मध्यनजर गर्दै विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै

जीवनमा आइपर्ने बाधा अड्चनहरुलाई मध्यनजर गर्दै विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- पछिल्लो समयमा बाजुराका अधिकांश विद्यालयहरूले विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन्। जिल्लाका विभिन्न विद्यालयमा बालबालिकाहरुलाई खुवाईदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी त्यहाँका विद्यालयले विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन्। विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई पढाइसँगै तरकारी खेतीका बारे सिकाइने गरेको बुढीनन्दा नगरपालिका– ९ ढप्क स्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका छात्रा छाँया गुरुङले जानकारी दिए। ‘विद्यालय वरीपरी धेरै जमिन छ। दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएको उनलेे भनिन् । ‘हामी सबै विद्यालयमा बस्छौं। विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ। त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेका हौ।’ ...
वडाध्यक्ष सिंह सम्मानित

वडाध्यक्ष सिंह सम्मानित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का वडाध्यक्ष करनजंग बहादुर सिंहलाई सम्मान गरिएको छ । वडाध्यक्ष सिंहले जनता र पार्टीका लागि प्रशंसनीय कार्य गरेको भन्दै नेपाली काँग्रेसले सम्मान गरेको हो । नेपाली कांग्रेस छविसपाथिभेरा गाउँ कार्यसमितिको बृहत सम्मेलनमा वडाध्यक्ष सिंहलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । वडाध्यक्ष सिंहलाई प्रदान गरिएको सम्मान पत्रमा नेपाली कांग्रेस बझाङ जिल्ला छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा १४ औं अधिवेशनबाट वडा सभापति र २०७९ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भई छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मटेला वडा तथा गाउँपालिकाबाट बिनियोजित बजेट जनताप्रति उत्तरदायी बनाउँदै थप अन्य सामाजिक कार्यहरूप्रति तपाई श्री करन जङ्ग बहादुर सिंहले गरेका कामकाजको उच्च मूल्यां‌कन र कदर गर्दै छबिसपाथिभेरा गाउँपालिकाले र खप्तडछान्ना गाउँपालिकाबाट सम...
भारतका मुख्य सहरमा नेपाली कथानाक  चलचित्र ज्वाइँ साब भोलिदेखि प्रर्दशन हुने

भारतका मुख्य सहरमा नेपाली कथानाक चलचित्र ज्वाइँ साब भोलिदेखि प्रर्दशन हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
बेंगलोर _ भारतका मुख्य तथा ठुला सहरहरु मा भोलि २८ तारिक देखि नेपाली कथानाक चलचित्र ज्वाइॅ साब प्रर्दशन हुने भयको छ। मुख्यतया बैंगलोर, चेन्नई, हैदराबाद, मुम्बई, पुणे, सुरत, दिल्ली, लुधियाना, मोहाली/ चण्डिगढ, तेजपुर, गुवाहाटी, गैंटक, दार्जिलिङ लगायतका सहरहरु मा प्रर्दशन हुने भयको छ। चलचित्र गएको दशैमा नेपाल भरि एकैसाथ प्रर्दशन भयको थियो उक्त चलचित्र संग नेपालका दुई ठुला ब्यानर मा निर्माण भयका चलचित्र छक्का पन्जा छ र बाह्र गाँउ एकै साथ प्रर्दशन हुदा पनि तुलनात्मक रुपमा नेपालमा ज्वाइॅ साबले राम्रो ब्यापार गरेको थियो। भारतमा भने श्री दुॅदिर ईन्टरटेनमेन्टको ब्यानर बाट प्रर्दशन हुने भयको छ। बसन्त निरौला द्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा जितुॅ नेपाल, निति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगाएतका कलाकारहरु टेलरमा पनि देख्न सकिन्छ। नेपाली चलचित्रलाई नेपाली भाषामा प्रर्दशन गर्ने‌...
अब १८ वर्ष पुगेपछि मात्रै मोटरसाइकल चलाउन पाइने

अब १८ वर्ष पुगेपछि मात्रै मोटरसाइकल चलाउन पाइने

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
अब १८ वर्ष पूरा भएपछि मात्रै मोटरसाइकल चलाउन पाइने भएको छ । सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेसंगै यस्तो भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ पुगेको हुनुपर्ने व्यवस्था छ ।  नयाँ ऐनका लागि १८ वर्ष उमेर हद कायम गर्न मस्यौदा तयार गरिएको मन्त्रालयको भनाइ छ । यस्तै हाल ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष उमेर हुनुपर्नेमा अब २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि भने २१ वर्ष हुनुपर्ने उमेर हद प्रस्ताव गरिएको छ ।...
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका – १ का अन्दाजी ४० वर्षका नृपराज रेग्मीको भीरबाट लडेर मृत्यु भएको हो। गाउँ नजिकै माछा मार्न गएका रेग्मीको बिहीबार बिहान भिरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाको प्रकृति हेर्दा भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।...
कञ्चनपुरमा ट्रकको ठक्कर,, एक युवतीको ज्यान गयो

कञ्चनपुरमा ट्रकको ठक्कर,, एक युवतीको ज्यान गयो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर युवतीको ज्यान गएको हो । ट्रकको ठक्करबाट ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने २१ वर्षीया निर्मला बोहरा रहेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन्  उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। ठक्कर दिने ट्रक प्रहरीलाई नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।...
बझाङमा प्रथम बुङ्गल सांस्कृतिक महोत्सव सुरु

बझाङमा प्रथम बुङ्गल सांस्कृतिक महोत्सव सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट बझाङ- बझाङको बुङ्गल नगरपालिकामा प्रथम बुङ्गल सांस्कृतिक महोत्सव सुरुभएको छ। ‘लोक देउडा , कला, साहित्यको पहिचान स्थानीय सांस्कृतिक संरक्षणमा हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ बुधबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको सभापति प्रथम बुङ्गल सांस्कृतिक महोत्सव २०८१ मुल आयोजक समितिका संयोजक गणेशबहादुर कार्की रहनुभएको थियो भने प्रमुख अतिथिमा बझाङ जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा रहनुभएको थियोे । ,यसैगरी विशिष्ट अतिथि जय पृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजाल र बुङ्गल नगरपालिका प्रमुख जय बहादुर धामी रहनु भएको थियो । कार्यक्रम उद्घाघट प्रमुख अतिथि नर बहादुर बोहराले गरेका हुन् । स्वागत मन्तव्य वर्तमान नगर प्रमुख धनबहादुर बिष्ट र नगर उपप्रमुख धनबहादुर बोहराले गर्नुभएको थियो। कार्यक्रममा बित्थडचिर गाउँपालिकाका अध्यक्ष अमर महर , दुर्गाथली गाउँ पालिकाका अध्यक्ष दिलबहादुर थापा...
बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको घटनास्थलमै मृत्यु

बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको घटनास्थलमै मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत- (बेंगलोर) आज महाशिवरात्रीको दिन प्रायः जस्तो हिन्दू धर्म प्रति आस्थावान सबैले भब्यताका साथ मनाउने गर्दछन शिबको प्रसादको रुपमा भाङधतुराे लगाएत अन्य परिकार बनाएर ग्रहण गर्ने गर्छन तर भारतको बेंगलोरमा भने दु:खद घटना घटेको छ । बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको मृत्यु भयको छ। धार्मिक आस्थाको धरहरा मानिने बेंगलोरको चिकबालापुरमा अबस्थित आदियोगी अर्थात ईसाफान्डेसनको दर्सन गर्न जाने क्रममा बझाङ्ग जिल्ला थलारा गाउपालिका वडा न : ४ मोयल घर भयर हाल रोजगारीको शिलसिलामा बेंगलोर बस्दै आउनु भयका २८ बर्षका सुनिल बिष्ट र खप्तड छान्ना गाउपालिका वडा न:५ का २६ बर्षिय उज्वल भन्डारीको घटना स्थलमै मृत्यु भयको हो पारिवारिक स्रोतका अनुसार सुनिल श्रीमती सहित एक छोरी संग बस्दै आयका थिए र दुबै जना रुमबाट हिजो बेलुका नै हिडेको र निन्द्रा पुरा नभयर उक्त दुर्घटना हुनसक्ने आकलन ...
रुसले गर्‍यो पूर्वी युक्रेनमा हमला, ५ जनाको मृत्यु

रुसले गर्‍यो पूर्वी युक्रेनमा हमला, ५ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
किएभ –किएभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा रहेको फ्रन्ट–लाइन सहरमा रुसी हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको र आठ जना घाइते भएको युक्रेनले बुधबार बताएको छ । व्यापक रुसी ड्रोन बमबारीले राति किएभ नजिकै एक युक्रेनी पत्रकारसहित दुई जनाको ज्यान गएको ती पत्रकारको समाचार एजेन्सीले जनाएको छ । युक्रेनी वायुसेनाले रुसले देशभरका लक्ष्यहरूमा विभिन्न प्रकारका १७७ ड्रोनको बमबारी गरेको बताएपछि किएभमा एएफपी पत्रकारहरूले विस्फोटको आवाज सुनेका थिए । रुसी सेनाहरू कोस्त्यान्तिनिभ्का सहरतर्फ अघि बढिरहेका छन् र पूर्वी डोनेट्स्क क्षेत्रको नागरिक केन्द्रमा तीव्र रूपमा बमबारी गरिरहेका छन् । पूर्वी डोनेट्स्क क्षेत्रलाई क्रेमलिनले रुसको हिस्सा भएको दाबी गरेको छ । “कोस्त्यान्तिनिभ्कामा भएका आक्रमणहरूमा कम्तीमा पाँच जनाको मृत्यु भयो र आठ जना घाइते भए”, डोनेट्स्क क्षेत्रका गभर्नर भादिम फिलास्किनल...
कैलाली प्रिमियर लिगको उपाधि कञ्चनपुरको भीमदत्तलाई

कैलाली प्रिमियर लिगको उपाधि कञ्चनपुरको भीमदत्तलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- क्रिकेटको सहर धनगढीमा भएको एसपीए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ । बुधबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न भएको तेस्रो संस्करणको उक्त उपाधि कञ्चनपुरको भीमदत्त नगरपालिकाले जितेको हो । उपाधिका लागि पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भीमदत्तले उपाधि जितेको हो। उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ। उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ। यस्तै प्रतियोगितामा भिमदत्त नगरपालिका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए। उनले नगद २५ हजार प्राप्त गरे। उनी दुई खेलमा प्लेर अफ दि म्याच भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए। पुर्नवास नगरपालिका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए। उनले नगद १५ हजार पाए। उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए। त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए। उनले पनि नगद १५ हजार प्राप्त गरे।...
रोल्पामा श्रीमतीले हेपेको भन्दै श्रीमानले गरे खुकुरी प्रहार गरि हत्या

रोल्पामा श्रीमतीले हेपेको भन्दै श्रीमानले गरे खुकुरी प्रहार गरि हत्या

Breaking News 1, डोल्पा, ताजा अपडेट, मुख्य समाचार, समाचार
रोल्पामा आफूलाई हेपेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ थुम्काटोलका ४० वर्षीय खिमबहादुर बुढा मगरले मंगलवार बिहान घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । मलेसियाबाट हालैमात्र फर्किएका खिमबहादुरले दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेपछि हातमा हतियार लिएर घुमिरहेको अवस्था प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार खिमबहादुरले बिहानै मदिरा सेवन गरेरे आफूलाई श्रीमतीले पटक–पटक हेपेको र भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी बताएका छन् । स्थानीयका अनुसार खिमबहादुर विदेश गएर फर्केपछि गाउँमै खेती किसानी गरेर बसेका थिए । उनलाई मानसिक समस्या पनि केही हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख सरोज प्रजापतिले...
जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल उपाधिको लागि आज सुदुरपश्चिम र लुम्बीनी भिड्दै

जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल उपाधिको लागि आज सुदुरपश्चिम र लुम्बीनी भिड्दै

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको मध्यवर्ती क्षेत्रमा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि आज सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्दैछन् गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा गौरीगंगामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा  फुटबलको उपाधिका लागि आज महाशिवरात्रीकाे दिन सुदुरपश्चिम र लुम्बीनी प्रदेशबीच फाईनल खेल अर्थात उपाधि भिडन्त हुन लागेको हो । पहिलो सेमिफाईनलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई १–० ले र लुम्बीनीको राईजिङ स्टार क्लब पनि बागमति प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाईनल पुगेका हुन् । प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी मेडल पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज