Advertisement

ताजा अपडेट

आज महाशिवरात्रि,  शिवालयहरूमा भगवान् शिवको पुजा आराधना गरिँदै

आज महाशिवरात्रि, शिवालयहरूमा भगवान् शिवको पुजा आराधना गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ । पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति ...
गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै भारतीय दलित संगठनद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र

गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै भारतीय दलित संगठनद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
नयाँ दिल्ली, भारत – नेपालका गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको माग गर्दै दलितका लागि दलित अभियान केन्द्रीय समिति, भारत ले नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ। सोमबार नेपाली दूतावासका सांस्कृतिक काउन्सिलर गोकुल बस्नेत मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको उक्त ज्ञापनपत्रमा अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम (चमार) र नेहा रौनियार माथि भएको जातीय भेदभाव, प्रहरी प्रशासनको दुरुपयोग तथा अत्याचारका घटनाहरूको उल्लेख गर्दै दोषी गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको छ। ज्ञापनपत्रमा उल्लेख भएअनुसार, गृहमन्त्री रमेश लेखकको संलग्नतामा प्रहरी प्रशासनलाई दुरुपयोग गरी जातीय हिंसा भड्काउने, अन्तरजातीय विवाह गर्ने व्यक्तिहरूमाथि अन्याय गर्ने र उनीहरूको मौलिक तथा कानूनी अधिकार हनन गर्ने कार्य भएको आरोप लगाइएको छ। दलितका लागि दलित अभियान केन्द्रीय समिति, भ...
कैलाली बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

कैलाली बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुरेन्द्र खत्री धनगढी । धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । मंगलबार क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय तर्फ विविए तेस्रो सेमेस्टरका विद्यार्थीहरूले पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् । धनगढीको ओम प्यालेसमा एक कार्यक्रमको आयोजना गरी क्याम्पसले व्यावस्थापन संकाय तर्फ विविए पहिलो वर्ष ( सेमेस्टर) मा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेर स्वागत गरिएको कार्यक्रम सञ्चालक कुम्भराज जोशीले जानकारी दिए । विविए तेस्रो सेमेस्टरमा अध्ययनरत ओम प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा सहायक क्याम्पस प्रमुख तर्कराज भट्ट प्रमुख अतिथि रहनु भएको थियोे । स्वागत कार्यक्रमकै अवसरमा अघिल्ला वर्ष झैँ नृत्य , गजल , मुक्तक, गायन कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तर्गत क्याम्पस व्यवस्थापन सं...
प्रेस सेन्टर नेपाल सुप अध्यक्षमा जोशी सर्वसम्मत चयन

प्रेस सेन्टर नेपाल सुप अध्यक्षमा जोशी सर्वसम्मत चयन

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
आलिताल- प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सोमबारदेखि डडेल्धुराको आलितालमा सुरु भएको अधिवेशनबाट केशवराज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । प्रदेश बरिस्ठ उपाध्यक्ष पदमा कर्ण चन्द, महिला उपाध्यक्ष जानकी धामी, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा चाैधरी चयन भएको छन् । यस्तै प्रदेश महासचिव तेजराज भट्ट, खुल्ला सचिवमा सुवास कठायत,ललित बाेहरा, हाेम साउँद, जनजाति तर्फ पहिलाद राना दलित सचिव पदम सुनार चयन भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी कोषाध्यक्षमा दिपकराज अवस्थी चयन भए भने सदस्य पदमा पुष्कर दत्त भट्ट ,महेन्द्र बम, ईन्द्र साउँद, पदम बाेहरा , पदम साउँद, विमल धामी, हाेम याेगी चयन भएका जनाइएको छ ।...
प्रेस सेन्टर नेपाल सुपको तेस्रो अधिवेशन आलितालमा सुरु,, युद्ध पत्रकार सम्मानित

प्रेस सेन्टर नेपाल सुपको तेस्रो अधिवेशन आलितालमा सुरु,, युद्ध पत्रकार सम्मानित

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
आलिताल - प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सुरु भएको छ । श्रमजीवी पत्रकार, प्रविधिमैत्री स्वरोजजगार मिडिया र जनपत्रकारीता , सुशासन समृद्धि र सामाजिक न्यायका लागि हाम्रो प्रतिवद्वता , भन्ने मुल नाराका साथ डडेल्धुराको आलिताल गाउँपालिकामा आजबाट अधिवेशन सुरु भएको हो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा अध्यक्ष प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा रहनु भएको थियोे । अधिवेशनमा महान जनयुद्धको अवधिमा वर्गीय मुक्तिका लागि क्रान्तिकारी विचारलाई बुलन्द गर्दै पत्रकारिताको माध्यमबाट जनयुद्ध सफल बनाउने भुमिका खेलेका २० जना युद्ध पत्रकारहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा लक्ष्मणदत्त जोशी दार्चुला,दिपेन्द्र रावल, अछाम , लोकबहादुर बोहरा अछाम, महेश कुमार महरा डडेल्धुरा, सरस्वती ...
बेंगलोरमा एक नेपाली बालिका बलत्कृत आरोपीत लाई सुधार गृहमा राख्ने -कामना टुडे

बेंगलोरमा एक नेपाली बालिका बलत्कृत आरोपीत लाई सुधार गृहमा राख्ने -कामना टुडे

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत-बेंगलोर मा एक नेपाली नाबालीकालाई भारतको उत्तर प्रदेश गोरखपुर जिल्ला स्थाई घर भयका करिब १४ बर्षका अरुण चौहान ले बलत्कार गरेको मेडिकल रिपोर्ट बाट पुष्टि भयको छ। नेपाल अछाम जिल्ला रामारोशन गाउँ पालिका वाडा न ५ पातल गाउँ स्थाई घर भयका हाल रोजगारीको सिलसिलामा बेंगलोरको वरथुरमा बिगत तिन महिना देखि बस्दै आउनु भयका बुबा (नाम परिवर्तन) आमा (नाम परिवर्तन) कि तिन बर्षया छोरी( नाम परिवर्तन ) बलत्कृत भयकि बेंगलोरका समाज सेवि तथा समधाना समाज सेवा का अध्यक्ष सोनु साउदले बताएका छन पिडित बालिका का आमा बुबा दुबै नजिकैको स्कूलमा काम गर्न गयको बेला बालिकालाई बल्तका गरेको छिमेकीले देखेपछि रङ्गेहात पक्राउ गरि बेंगलोरमा रहेका संघ-संगठ संग हार गुहार गरेका थिए। वैदेती अस्पताल हवाइटफिल्ड मा बालीकाको स्वस्थ चेकजाच गरेको र अहिले भने बालिकाको अबस्था सामन्य रहेको प्रगतिशील नेपाली समाज अध्यक...
किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न

किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न

Breaking News 1, ताजा अपडेट, समाचार
ललितपुर – किशोरावस्थाको स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ। स्वास्थ्य शिक्षा, चेतना तथा अधिकार, नेपाल (हियर नेपाल) को आर्थिक सहयोगमा तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा आयोजित उक्त प्रशिक्षणमा ललितपुरका २५ जना स्कूल नर्सहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा समाज कल्याण परिषद (SWC) का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। SWC सदस्य सचिवले किशोर स्वास्थ्य र प्रजनन स्वास्थ्य प्रवर्द्धनका लागि हियर नेपालले सञ्चालन गरेको कार्यक्रम दिगो विकास लक्ष्य (SDG) हरूसँग सम्बन्धित रहेको बताए। विशेष गरी, SDG 3 (स्वास्थ्य र कल्याण) तथा SDG 5 (लैंगिक समानता) मा जोड दिँदै उनले किशोर-किशोरीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभिवृद्धि गर्ने र सुरक्षित महिनावारी ...
बिर्सिएको बाटो

बिर्सिएको बाटो

ताजा अपडेट, मनोरञ्जन
दिपेन्द्र धामी - बझाङ । जीवन अनगिन्ती मोडहरूबाट अघि बढ्छ। कतिपय बाटाहरू यस्ता हुन्छन्, जसलाई हामी कहिले बिर्सन चाहँदैनौँ, तर समयको आँधीबेहरीले ती स्मृतिहरू मेटाउँदै लग्छ। मेरो आफ्नै यात्रामा म स्वयंलाई कतै हराएको महसुस गर्छु। धेरैपटक ऐनामा हेरेर सोच्छु, "म वास्तवमै को हुँ?" याे नाम, पहिचान, पेसा, पारिवारिक सम्बन्ध—यी सबै कुनै परिचयका आधार हुन सक्छन्, तर वास्तविक म को हुँ भन्ने प्रश्नको उत्तर मसँग छैन। जब बाल्यकालमा पहिलोपटक नाम लेख्न सिकियो, आफूलाई चिन्न बिर्सिएछु, तर जति समय बित्दै गयो, त्यो खोज अलपत्र पर्‍यो। जीवनको यात्रामा अनेक सम्बन्ध बननेछन्, तर ती सम्बन्धहरू साँचो भए कि झुट, मैले कहिल्यै बुझ्न सकिनँ। आफन्त भन्नेहरूले मप्रति देखाएको रिस, डाहा, ईर्ष्या, घमण्ड र अनावश्यक प्रतिस्पर्धा देख्दा म झस्कन्छु। उनीहरू वास्तवमै मप्रति इमानदार थिए कि केवल आफ्नै स्वार्थका लागि मेरो वरिपरि थ...
१० जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन,, ७ दिनभित्र हाजिर हुन निर्देशन

१० जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन,, ७ दिनभित्र हाजिर हुन निर्देशन

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका छन् । एकजना सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयले माघदेखि सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई  सम्पर्कमा आउन अनुरोध गरेर आइतबार सूचना जारी गरेको छ। गैरहाजिर हुने सहायक हवलदारमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कृष्ण कार्की रहेका छन्। त्यस्तै प्रहरी जवानहरू रन्जित श्रेष्ठ, खिमबहादुर केसी, विनम ज्ञाङमी, अस्मी तामाङ, प्रज्वल घर्तिमगर, शम्शेर घर्तीमगर, रेशम पुन, कृष्ण विक र प्रहरी कार्यालय सहयोगी जनक बहादुर गाईन छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आफू गैरहाजिर रहनुक...
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै गर्यो विजयी शुरुवात

च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै गर्यो विजयी शुरुवात

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को सनिवार भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको हो। पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । इङ्ग्ल्याण्डका बेन डकेटले सर्वाधिक एक सय ६५ रन जोडे । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए । जो रुटले ६८ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका बेन ड्वारशुइसले तीन, मार्...
कञ्चनपुरमा भारतीय कारले दियो अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर,, २ जना घाइते

कञ्चनपुरमा भारतीय कारले दियो अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर,, २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा भारतीय कारको ठक्करबाट २ जना घाइते भएका छन्। जिल्लाको पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको भारतीय नम्बरको युके ०४ए एफ ५९४३ नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो। दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोलका ३५ वर्षीय केशव सुनार र साइकल यात्रुु भीमदत्त नगरपालिका ५ बैजनाथ टोलकीे १५ वर्षीया प्रतिज्ञा लुहार घाईते भएका छन्। कार चालक भीमदत्त नगरपालिका–११ का ५० वर्षीय कमल गुरुङ घाइते भएका छन्। घाइते लुहार र सुनारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।...
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, समाचार
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज