नरेश बिष्ट बझाङ– बझाङको बुङ्गल नगरपालिकामा प्रथम बुङ्गल सांस्कृतिक महोत्सव सुरुभएको छ।
‘लोक देउडा , कला, साहित्यको पहिचान स्थानीय सांस्कृतिक संरक्षणमा हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ बुधबारदेखि महोत्सव सुरु भएको हो ।
महोत्सवको सभापति प्रथम बुङ्गल सांस्कृतिक महोत्सव २०८१ मुल आयोजक समितिका संयोजक गणेशबहादुर कार्की रहनुभएको थियो भने प्रमुख अतिथिमा बझाङ जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा रहनुभएको थियोे । ,यसैगरी विशिष्ट अतिथि जय पृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजाल र बुङ्गल नगरपालिका प्रमुख जय बहादुर धामी रहनु भएको थियो । कार्यक्रम उद्घाघट प्रमुख अतिथि नर बहादुर बोहराले गरेका हुन् । स्वागत मन्तव्य वर्तमान नगर प्रमुख धनबहादुर बिष्ट र नगर उपप्रमुख धनबहादुर बोहराले गर्नुभएको थियो। कार्यक्रममा बित्थडचिर गाउँपालिकाका अध्यक्ष अमर महर , दुर्गाथली गाउँ पालिकाका अध्यक्ष दिलबहादुर थापा , दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनक दौलयाल , निवर्तमान नगरप्रमुख धनबहादुर बिष्ट पूर्वजीविस सदस्य हेमन्त बहादुर सिंह छबिसपाथिभेरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष रातिका रतला बङ्गल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशी वडा नम्बर एक देखि ११ सम्मका वडा अध्यक्ष बुङ्गल नगरपालिका कार्यपालिका सदस्य जय बहादुर ताम्राकार , सुरेश ओखेडा , काले कामी , निर्मला जोशी, दुर्गा कुवँर , टीका कुमारी धामी , नारुली बोहरा धामी , धनसरा पुजारा , नेपाली कांग्रेस नगर कमिटी अतिथि सभापती नरेश थापा , नेकपा एमाले प्रतिनिधि दिपक राज जोशी, नेकपा माओवादी प्रतिनिधि हरि बोहरा, नेकपा एकीकृत समाजवादी प्रतिनिधि प्यारु कुँवर , त्रिवेणी आदर्श बहुमुखी क्याम्पस प्रमुख डम्बर कार्की, बुङ्गल नगरपालिका भरिका सम्पूर्ण विद्यालयका प्रमुखहरु , शिक्षक सङ्घका नगर कमिटी अध्यक्ष गगनबहादुर बोहरा खेलकुद संघ जिल्ला अध्यक्ष कमल सिंह रहनु भएको थियो । महोत्सवमा लोक तथा देउडा गायिका रेखा जोशी , सुनिल नेपाली , दिर्घ फुलारा , अनुप बिष्ट , नम्रता जोशी , सौगात ओझा रहनु भएको थियोे । महोत्सवमा कलाकारहरुले आआफ्नो प्रतिभा देखाएर दर्शक महानुभावलाई हर्ष, उल्लास गरेका थिए । महोत्सव हेर्ने पहिलो दिन मान्छेहरुको बाक्लो उपस्थिति रहेको थियो । महोत्सव भने माघ १६ गतेसम्म चल्ने मुख्य आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा त्रिवेणी आदर्श बहुमुखी क्याम्पसका छात्राहरूले स्वागत नृत्य प्रदर्शन गराएका थिए। भने बुङ्गल नगरपालिका बाजा गाजा समितिबाट चाहिँ छलिया नाच समेत प्रदर्सन गरेका थिए । परम्परागत कला, संस्कृति र झाँकी प्रदर्शन समेत गरेका थिए
महोत्सव सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेको छ ।

