Advertisement

ट्रेन्डिङ

भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: भूमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति बझाङ र अखिल नेपाल किसान महासंघ जिल्ला समिति बझाङले संयुक्त रूपमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा सरकारद्वारा २०८२ असोज २२ गते गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगको पुनर्गठन गरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमिक वर्गका जनताको दीर्घकालीन समस्या तत्काल समाधान गर्न माग गरिएको छ। संगठनका अनुसार आयोग विघटनपछि भूमिहीन र सुकुम्बासी समुदाय पुनः अनिश्चिततामा परेको कारण सरकारले छिटो कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको हो। ज्ञापनपत्र बुझाउने टोलीमा भूमि आयोगका केन्द्रीय महासचिव लोकेन्द्र सिंहको नेतृत्व रहेको थियो। टोलीमा भूमि आयोग बझाङका पदाधिकारीहरू समेत सहभागी थिए।...
जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं: कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा जेनजीको एउटा समूह दैनिकजसो विभिन्न सरकारी कार्यालयहरूमा पुग्ने गरेको छ । यसरी ज्ञापनपत्र र अनुगमनको नाममा सरकारी कार्यालयमा केही युट्युबरहरू बोकेर जानेमध्येका एक व्यक्ति हुन् अर्जुनबहादुर शाही । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो । कतिसम्म भने, घरबाटै थुत्नेदेखि राजीनामा दिनुस् भन्दै निर्देशनसम्म दिने गरेको सार्वजनिक भिडिओहरूमा देखिन्छ, सुनिन्छ । केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो । शाहीले बिना तथ्यांक संस्...
विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए । फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए । घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने ...
पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा !

पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा !

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
   काठमाडौं: पत्रकारिता राज्यको चौथो अंग मानिन्छ । यसको उद्देश्य सत्य, तथ्य र निष्पक्ष ढंगले जनताको आवाजलाई उजागर गर्नु हो । तर, पछिल्लो समय केही व्यक्तिले पत्रकारिता पेशालाई व्यक्तिगत स्वार्थ र बार्गेनिङको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ । उक्त प्रवृत्तिको एक पात्र एवं नेपाली पीतपत्रकारिताको परिचित नाम हो– ‘सुदीप विश्वकर्मा’ । उनले पत्रकारिताको आवरणमा चलाएको बार्गेनिङ धन्दा त्यसको उदाहरण बनेको छ । करिव एक दशकदेखि नेपाली पत्रकारिता गर्दै आएका दीर्घमान सुनारका नाति, टंकमानका छोरा सुदीप विश्वकर्मा धादिङको ज्वालामुखी गाउँपालिका–२ काफ्लेपानीका हुन् । उनी हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका छन् । विश्वकर्माले पत्रकारको नाममा विभिन्न सरकारी कार्यालय, संघ–संस्था, व्यापारीहरूलाई त्रास देखाएर आर्थिक लाभ लिने गरेका आरोपहरू क्रमशः सार्वजनिक हुँदै आएका छन् । पत्रकार आच...

पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
   काठमाडौं: पत्रकारिता राज्यको चौथो अंग मानिन्छ । यसको उद्देश्य सत्य, तथ्य र निष्पक्ष ढंगले जनताको आवाजलाई उजागर गर्नु हो । तर, पछिल्लो समय केही व्यक्तिले पत्रकारिता पेशालाई व्यक्तिगत स्वार्थ र बार्गेनिङको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ । उक्त प्रवृत्तिको एक पात्र एवं नेपाली पीतपत्रकारिताको परिचित नाम हो– ‘सुदीप विश्वकर्मा’ । उनले पत्रकारिताको आवरणमा चलाएको बार्गेनिङ धन्दा त्यसको उदाहरण बनेको छ । करिव एक दशकदेखि नेपाली पत्रकारिता गर्दै आएका दीर्घमान सुनारका नाति, टंकमानका छोरा सुदीप विश्वकर्मा धादिङको ज्वालामुखी गाउँपालिका–२ काफ्लेपानीका हुन् । उनी हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका छन् । विश्वकर्माले पत्रकारको नाममा विभिन्न सरकारी कार्यालय, संघ–संस्था, व्यापारीहरूलाई त्रास देखाएर आर्थिक लाभ लिने गरेका आरोपहरू क्रमशः सार्वजनिक हुँदै आएका छन् । पत्रकार आच...
बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्य
भारत, बेंगलोर आगामी अक्टोबर १२ तारिखका दिन बेंगलोरमा भव्य रूपमा आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’मा नेपाली जनसम्पर्क समिति, भारतका तर्फबाट बिशेष स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। यस अवसरमा आँखा, दाँत, रगत परीक्षण लगायतका विभिन्न निःशुल्क स्वास्थ्य जाँच सेवाहरू उपलब्ध गराइनेछन्। साथै, रक्तदान शिविर समेत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली र भारतीय समुदायका सदस्यहरूलाई आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिन समितिले हार्दिक अनुरोध गरेको छ। सांस्कृतिक मनोरञ्जनसँगै स्वास्थ्य सचेतना र सामाजिक जिम्मेवारीको सन्देश फैलाउने यो पहल सबैका लागि उपयोगी र प्रेरणादायी बन्ने अपेक्षा राखिएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य, संस्कृति र एकताको सन्देश प्रवाह गर्न सम्पूर्ण नेपाली समुदायलाई समितिले हार्दिक आमन्त्रण गरेक...
निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकाको रहेको चौधारी माध्यमिक विद्यालयमा ६१ औं  बालदिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकामा अवस्थित चौधारी माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष विधालयका प्रधानध्यापक धुर्वराज थापा रहनुभएको थियो ।  उहाँले बालदिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिका भनेका भविश्का कर्णधार हुन् त्यसैले बालबालिकामा लगानी लगाउनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।  यो कार्यक्रमले बालबालिकाहरुको  क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मन्...
एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन, उपचार वहानामा दुबई जाने तयारी

एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन, उपचार वहानामा दुबई जाने तयारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नसदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछि ओलीले आफ्ना मन्त्रीहरुलाई आफ्नो साथमै रहन निर्देशन दिएका हुन् । उपचारको बहानामा दुबई जाने तयारी गर्दै प्रधानमन्त्री प्रधानमन्त्रीले अझै पनि हिजो भएको घटनामा घुसपैठ भएको आफ्नो अडान कायमै राखेको स्रोतले बतायो । उनले सोमबार भएको प्रदर्शनलाई हिंसात्मक बनाउन बाहिरी तत्वले घुसपिैठ गरेको र त्यसमा संलग्नहरुलाई छानबिनपछि कारवाही गर्ने भन्दै आफ्ना मन्त्रीहरुलाई आश्वस्त बनाउन खोजेको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले आन्दोलन चर्किएर धेरै उग्र भएमा आफू भाग्ने विकल्पको विषयमा समेत छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको ...
बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिकाको वडा नं. ९, झोतामा मिति २०८२ भदौ १६ र १७ गते दुई दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धी तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज र केदारस्यु गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो। कार्यक्रममा ३५ वटा बचत समूहका प्रतिनिधित्व गर्ने ३५ जना सदस्य सहभागी भएका थिए। तालिममा सहकारी र बचत समूहको महत्व, बचत गर्ने तरिका, अभिलेख व्यवस्थापन, डेबिट–क्रेडिट प्रणाली, ऋण व्यवस्थापन तथा व्यवहारिक हिसाबकिताब सम्बन्धी सीप सिकाइिएको थियो। कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै राम बिष्टले यो तालिमले हाम्रो समूह लगाएत अन्य समूहले धेरै कुरा सिक्ने अवसर पएको बताउदै संस्था लाई धन्यवाद पनि दिनु भएको थियो। तालिममा परियोजना संयोजक रमेश बहादुर माली, प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशी र फिल्ड ...
रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि
लुम्बिनी प्रदेश : रुपन्देही–३ फेरि एकपटक देशको ध्यान खिचिएको क्षेत्रमा उभिएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस निर्वाचन क्षेत्रमा सरकारले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै यहाँको राजनीतिक माहोल पुनः तातिएको छ । यो क्षेत्रको राजनीति विगतकै चुनावी समीकरण, दलहरूको संगठनात्मक शक्ति र आगामी सम्भावनाका कारण अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेको छ । २०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका थिए । उनले ३६ हजार ७ सय १७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई करिब २ हजार ७ सय मतले पछि पार्दै संसद् पुगेका थिए । खाँणले ३४ हजार ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेस्रो स्थानमा सीमित भए, जसले ५ हजार ७ सय ९६ मत ल्याएका थिए । बोहराको जित नेकपा एमालेको रणनीतिक समर्थनकै कारण सम्भ...
कैलाली जेल झडप: अस्पतालमा मिडिया र परिवारलाई रोक

कैलाली जेल झडप: अस्पतालमा मिडिया र परिवारलाई रोक

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जेलकाे झडपमा घाइते ४७ कैदीबन्दी अस्पताल भर्ना, परिवार र मिडियालाई राेक सेती अस्पतालकाे इमर्जेन्सी वार्ड 'रक्ताम्य', एकजना आईसीयूमा कैलाली: कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो । आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन । केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएकाे छ ।...
कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज