Advertisement

ताजा अपडेट

झापामा नागरिकता बनाउनेभन्दा राहदानीलिने बढी

झापामा नागरिकता बनाउनेभन्दा राहदानीलिने बढी

ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार
झापा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ । यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।...
“अखिल क्रान्तिकारीको अध्यक्षमा साउद “

“अखिल क्रान्तिकारीको अध्यक्षमा साउद “

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अखिल क्रान्तिकारी को तेस्रो गौरिगंगा नगर सम्मेलन बाट गौरिगङ्ग नगर अध्यक्षमा नरेन्द्र साउद निर्बिरोध निर्वाचित भएका छ्न । नरेन्द्र साउदको अध्यक्षतामा भएको ३५ सदस्यीय कमिटी गठन भएको छ । कार्यक्रममा चौमाला बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष नबराज साउदले कार्यक्रम संचालन गरेका थिए। संगठनका केन्दिय उप-महासचिब क.उमेश कडेल को प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अथिती दिपक डिसि रहनु भएको थियो त्यस्तै अथितिमा प्रकाश नेपाली बल बहादुर महता (अनुप) नवीन धामी करन साउद वीर बहादुर थापा पदम काफ्ले लगाएत थुप्रै नेताहरु रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै करन साउदले राजनीति भनेको समाजको ऎना र विद्यार्थी भनेको देशका खम्बा हुन भने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै क प्रकाश् नेपाली जि ले विद्यार्थी आन्दोलनले नै थुप्रै देशको राजनीति सत्ता परिवर्तन भएको व्यक्त गर्नु भयो । क नवी...
नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशालाको आयोजना गर्दै

नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशालाको आयोजना गर्दै

ताजा अपडेट, समाचार
नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशाला आयोजना गर्ने भएको छ । यही २६ गते भैरहवामा  औषधि उद्योगमा कार्यगत फर्मासिस्ट र सहायक फर्मासिस्टहरुको लागि एक दिने कार्यशाला कार्यक्रमको आयोजना गरिएको नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशका सचिव सचिन अर्यालले जानकारी दिए । फार्मास्युटिकल्समा वर्तमान राम्रो विनिर्माण अभ्यासको उदीयमान अवधारणा र व्यावहारिक दृष्टिकोण’ विषयमा सहभागिहरुलाई प्रस्ट पारिने सचिव अर्यालले बताए । यस्तै कार्यशालामा बहुराष्ट्रिय औषधि उद्योगमा प्रख्यात र उच्च अनुभवी वरिष्ठ फर्मासिस्ट सुरजबहादुर थापा र नेपाली औषधि क्षेत्रमा लामो अनुभव भएका वरिष्ठ फर्मासिस्ट सभ्यता खनाल र अच्युत विक्रम थापाले प्रशिक्षण दिने कार्यक्रम तय भएको उनले बताए ।  कार्यशालाले औषधि प्रक्रियाहरूसँग सम्बन्धित जोखिमहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न, मूल्याङ्कन गर्न र...
वेस्टर्नका विद्यार्थीलाई युनिग्लोबलले ४० प्रतिशत छात्रवृत्ति दिने

वेस्टर्नका विद्यार्थीलाई युनिग्लोबलले ४० प्रतिशत छात्रवृत्ति दिने

ताजा अपडेट, सुदूरपश्चिम
धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौं बीच सहकार्यको सम्झौता भएको छ । पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ। युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए । यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए। नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने बिष्टले ज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

Breaking News 2, Breaking News 3, ताजा अपडेट, समाचार
धनगढीः नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन्। नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ। शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताएका छन्। उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ। प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो। हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ। भोलि बिहान ११ बजे दलको बैठक छ। दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ।’ नेपाली काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो। पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दे...
व्याग्स अफ होपले धनगढी नगरबासीका समस्या पहिचान गर्दै

व्याग्स अफ होपले धनगढी नगरबासीका समस्या पहिचान गर्दै

ताजा अपडेट, समाचार
धनगढी- धनगढीका १९ वडामा वसोवास गर्दै आएका नागरिकको समस्याका विषयमा चासो राख्न थालिएको छ । ब्याग्स अफहोप का युवाले समस्याका विषयमा चासो राख्न थालेका हुन । ब्याग्स अफहोपका युवाले धनगढीको १९ वडाका ८५ टोलमा पुगेर स्थाानीय सँग प्रत्यक्ष भेटघाट गरी समस्याको बिषयमा चासो राख्नुका साथै सो को पहिचान गरी संकलन पनि गएिको ब्याग्स अफहोपका अध्यक्ष नितिश जोशीले जानकारी दिए । केही कारण पुग्न नसकेका टोलहरुबाट समस्या संकलन गर्न थप ७ दिनको समय दिएको उनले वताए ।ब्याग्स अफहोपका कार्यक्रम संयोजक दिपेश बोहोराको ९८६२५२५९७५ र अध्यक्ष जोशीको ९८२४६२१४८८ मोवाईल नम्बरको वाट्सअप मार्फत स्थानीयले आफ्नो गाउँ तथा टोलको समस्या संकलन गराउन सक्ने उनले वताए । नगरबासीले टिपोट गराउँदा वडा तथा टोलको नाम र समस्याबारे प्रष्ट लेख्नुपर्ने अध्यक्ष जोशीले भनाई छ ।ब्याग्स अफहोपले धनगढी उपमहानगर क्षेत्रका स्थानीयले भोग्...
अवैधानिक रुपमा संचालन गरिएको चर्चमा धनगढी उपमहानगरले चलायो डोजर

अवैधानिक रुपमा संचालन गरिएको चर्चमा धनगढी उपमहानगरले चलायो डोजर

कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको छ। उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ। मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो। तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यस...
इलाका प्रहरी कार्यालय सुखडलाई घोडाघोडी अस्पताल द्धारा एक थान कम्प्युटर सेट हस्तान्तरण

इलाका प्रहरी कार्यालय सुखडलाई घोडाघोडी अस्पताल द्धारा एक थान कम्प्युटर सेट हस्तान्तरण

कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८१ श्रावण १३ गते सोमबार कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रा.लीले ईलाका प्रहरी कार्यलय सुखड कैलालीलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । नागरीकको सेवामा समर्पित दुई संस्थाको साझेदारी र सहकार्यबाट समाजमा सेवा प्रदान गर्न सकिने भएकोले अस्पतालले ईलाका प्रहरीलाइ कम्प्युटर प्रदान गरेको अस्पतालका अध्यक्ष चिरन जोशिले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज