२०८१ श्रावण १३ गते सोमबार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रा.लीले ईलाका प्रहरी कार्यलय सुखड कैलालीलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । नागरीकको सेवामा समर्पित दुई संस्थाको साझेदारी र सहकार्यबाट समाजमा सेवा प्रदान गर्न सकिने भएकोले अस्पतालले ईलाका प्रहरीलाइ कम्प्युटर प्रदान गरेको अस्पतालका अध्यक्ष चिरन जोशिले बताए ।