बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु
बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो।
राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।
जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे
यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे ।
दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब...












