Advertisement

कालिकोट

कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, कालिकोट, जाजरकोट, जुम्ला, ट्रेन्डिङ, डोल्पा, ताजा अपडेट, दैलेख, मुख्य समाचार, मुगु, रुकुम पश्चिम, सल्यान, सुर्खेत, हुम्ला
सुर्खेत । पछिल्लो ५ वर्षदेखि कर्णालीमा १३२ केभिए विद्युत प्रसारणलाई लाइन पुर्‍याउने अभियान जारी छ । सामान्य हावाहुरीमै झ्याप्पझ्याप्प बिजुली गइरहरने समस्याबाट कर्णालीवासीलाई मुक्त पार्न र गाउँ-गाउँमा विद्युत सेवा विस्तार गर्न कोहलपुर-सुर्खेत १३२ केभीए विद्युतलाइन तान्ने काम चलिरहको छ । ९० प्रतिशत काम सकिइसकेको आयोजना बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा भइरहेको स्थानीयको अवरोधका कारण निर्धारित मितिमा पूर्ण हुन नसक्ने देखिएको छ । बहुप्रतिक्षित कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाको काम ९० प्रतिशत सकिएको छ । १ सय ६५ मध्ये १ सय ५५ वटा टावरको निर्माण सकिएको छ भने कुल ५२ किलोमिटरमध्ये ३५ किलोमिटरमा प्रसारणलाइन पनि तानिसकिएको छ । बाँके र बर्दिया निकुञ्जमा काट्नुपर्ने १३ हजार ५६ वटा रूखमध्ये १२ हजार रुख काटिसकिएका छन । तर आयोजनाको काम अन्तिम चरणमा पुग्नैलाग्दा पनि बाँके...
माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कर्णाली प्रदेश, कालिकोट, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
"एउटा मान्छे हराएको जमाना भइसक्यो,  खै खबर, चिठी नआएको जमाना भइसक्यो..." - यो  हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको २०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए । कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्‍यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर ...
कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

Breaking News 1, कालिकोट, ताजा अपडेट
कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज