बझाङमा १२ जना महिलालाई १५ दिने सिलाई कटाई पुनःताजकिय तालिम प्रदान
बझाङ- बझाङमा १५ दिने सिलाई कटाई सम्बन्धी पुनः ताजकिय तालिम सम्पन्न भएको छ।
फागुन २५ गतेदेखि सुरु भएको तालिम आइतबार दलित सहयोग समाजको कार्यालय सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो।
उक्त पुनः ताजकिय तालिम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएको केदारस्यूँ गाउँपालिका वडा नम्बर २, ३, ६, ७ र ८ का १२ जना महिलाले पाएका छन्
पहिला सिलाइ कटाइ सम्बन्धि सामाग्री प्रदान गरिएका उक्त महिलालाई तालिम प्रदान गरिएको परियोजना संयोजक रमेश बहादुर मालीले जानकारी दिए । संयोजक मालीका अनुसार महिलाहरूलाई प्राविधिक ज्ञान र सीप सिकाएर उनीहरूलाई दक्ष बनाउनु तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो ।
तालिमबाट महिलाहरू प्राविधिक सीप सिक्दै समयको बचत गर्ने अवसर पाएका छन् । बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शि...












