Advertisement

महिलालाई आत्मनिर्भर बनाउने ५२ दिने हातेहोजेरी तालिम सम्पन्न

Advertisement

दार्चुला  । ब्यास गाउँपालिकामा सञ्चालन गरिएको ५२ दिने हातेहोजेरी (सिलाइ–बुनाइ) तालिम सम्पन्न भएको छ । २०८१ साल वैशाख २८ गतेदेखि सुरु भएको तालिम २०८२ असार २० गते सम्पन्न भएको हो ।

स्थानीय प्रशिक्षक जानकी विष्टको सहजीकरणमा सञ्चालित उक्त तालिममा सहभागी महिलाहरूले विद्यालय पोशाक (स्कुल ड्रेस) सिलाउनेदेखि अन्य सिलाइका सीपहरू सिकेका छन् । तालिममा सहभागी महिलाहरू अहिले आफ्नै गाउँमै सुइट सिलाउने सीपमा दक्ष बनेका छन् ।

प्रशिक्षक विष्टका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्ने दिशामा मार्ग प्रशस्त गरेको छ । अब हामी स्कुलको सुइट बनाउने काम आफैँ गर्न सक्छौँ, अरुको भर पर्नु पर्दैन, विष्टले भनिन्, तर यो तालिम केवल तालिममै सीमित नहोस् भन्ने चाहना छ । बिप्रेषणमा निर्भर हुनुको सट्टा स्थानीयस्तरमा साना उद्यम सञ्चालन गर्न सघाउ पुर्‍याइयो भने महिलाहरू घरमै बसेर कमाउन सक्छन् ।

उनले तालिमपछि पनि स्थानीय सरकार र सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा गरेकी छिन् । केही मेसिन, प्रारम्भिक सहयोग र बजार सञ्जालका लागि ब्यास गाउँपालिकाको साथ आवश्यक छ, उनले भनिन्, यस्तो अवसर प्रदान गरिदिनु भएकोमा ब्यास गाउँपालिका र नन्दसिंह धामी सरप्रति आभार व्यक्त गर्न चाहन्छु ।

महिला उद्यमशीलताको विकास, सीपको अभिवृद्धि र रोजगारी सिर्जनाका लागि प्रभावकारी मानिएको यस्ता तालिमहरूले दार्चुलाका ग्रामीण क्षेत्रका महिलाहरूको जीवनशैली परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज