केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो।
हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए ।
दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्याएको हो ...












