Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
राजापुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजापुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार
बर्दिया —आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् ।  लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बर्दिया प्रहरी उपरीक्षक केदार खनालले बताए । स्थानीयका अनुसार तीव्र गतिबाट आएको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । फोर्स गाडीका चालक बाँके नेपालगन्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफन्त र स्थानीयले सोमबार बिहान ७ बजेदेखि चक्काजाम गराएपछि आउजाउ ठप्प भएको छ ।...
राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आइतबार सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । उनले गौरवका आयोजनाको कामलाई गति दिन निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् ।   हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध...
नेकपा बहुमतका कार्यकर्ताद्वारा मिटरब्याजीको आरोपमा एक दम्पतीमाथि आक्रमण

नेकपा बहुमतका कार्यकर्ताद्वारा मिटरब्याजीको आरोपमा एक दम्पतीमाथि आक्रमण

समाचार
दाङ —नेकपा (बहुमत) का कार्यकर्ताहरुले बिहीबार मिटरब्याजी आरोपमा एक दम्पतीमाथि आक्रमण गरेका छन् ।घोराहीउपमहानगरपालिका १५ बीपी चोक निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । बीपीचोकस्थित एक जना ऋणीसँग पैसा मागेर फर्कँदै गरेका दम्पत्तीलाई सडकमै रोकेर आक्रमण गरेका थिए ।नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएका छन् । बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।   ती दम्पतीलाई प्रहरीले गत साउनमा मिटरब्याजका नाममा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । २४ दिन हिरासतमा राखी मुद्दा दर्ता गरेकोमा अदालतबाट धरौटीमा छुटेको जिल्ला प्रहरी प्रमुख...
६ सय ग्राहकको विद्युत लाइन काटिँदै

६ सय ग्राहकको विद्युत लाइन काटिँदै

समाचार
विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो। जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ। केन्द्रका अनुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार ३६२ बक्यौता उठाउन बाँकी छ। मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। ८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार २३५ बक्यौता उठाउन बाँकी छ। तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन्। यस्तै अन्य ४९५ ग्राहकबाट ६३ लाख ८० हजार १२६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए। समयमा महसुल नबुझाउने ग्रा...
१७ प्रतिशतले बढ्यो राजस्व

१७ प्रतिशतले बढ्यो राजस्व

समाचार
काठमाडौँ —चालु आिर्थक वर्षको पहिलो चौमासमा राजस्व संकलन करिब १७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो चौमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन १६.८५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ लक्ष्य रहेकामा ७१.३८ प्रतिशत प्रगति भएको थियो ।   आर्थिक वर्ष ०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व ...
७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

समाचार
काठमाडौँ —गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो । परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ । बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७.७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०.३० गिगावाट, सामान्य सुक्खा समयमा २४३.४३ गिगावाट र वर्षा समयमा १३०४.०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ । परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि ३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०.५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८.४० प्रतियुनिट ...
गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन

गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन

समाचार
बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा (सिईओएनसी) सञ्चालनमा ल्याइएको छ । यो सेवा सञ्चालन गरेसँगै नगर अस्पतालमै गर्भवती महिलालाई शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदानका लागि सहज भएको हो। गत असोजदेखि संचालनमा आएको सेवामा हालसम्म ५ जना गर्भवती महिलाको शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदान गरिसकिएको अस्पतालमा प्रमुख डा राजेश पौडेलले जानकारी दिए। केही वर्ष पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त संस्था नगरपालिकाले स्वामित्वमा लिएर अस्पतालको रुपमा विकसित गरेपछि सेवाहरु पनि क्रमश थपिँदै गएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र हुँदा महिनामा झण्डै ३ देखि ४ जना महिलाले सुत्केरी सेवा लिने गरेको अस्पतालमा हाल मासिक १० देखी १२ जनाले सेवा लिँदै आएको डा पौडेल बताउँछन्। ‘गलकोट नगर अस्पताल यस क्षेत्रको केन्द्रको रुपमा रहेको छ, ताराखोला, बडिग...
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

समाचार
  काठमाण्डौँ -ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष (अभियन्ता) फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य सोधपुछका लागि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर भद्रकालीले बताएको छ । उनले हिजो नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए । सोहि विषयलाई लिएर उनलाई नियन्त्रणमा लिइएको आशंका गरिएको छ । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।।...
अब औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेस कोड अनिवार्य

अब औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेस कोड अनिवार्य

समाचार
नेपाल फार्मेसी परिषद्ले औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेसकोड अनिवार्य गर्ने निर्णय गरेको छ । परिषद्ले मंगलबार यस सम्वन्धि निर्णय गर्दै त्यसको कार्यान्वयन एक महिना पछि (४ पुस २०८१ देखि) हुने बताएको छ । ‘अब कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले तोकिएको ड्रेस लगाउनु पर्नेछ । ड्रेस विना औषधि पसलमा बसेर काम गरेको पाइए कानून अनुसार कार्वाही गरिनेछ,’ परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले भने । उनले औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गर्न लागिएको बताए । ड्रेसकोड कस्तो ? परिषद्का अनुसार अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम पद र परिषद् दर्ता न...
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

समाचार
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।...
सुदूरपश्चिममा रिक्त पाँच स्थानमा उप–निर्वाचनको मनोनय दर्ता हुँदै

सुदूरपश्चिममा रिक्त पाँच स्थानमा उप–निर्वाचनको मनोनय दर्ता हुँदै

समाचार
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ। देशभरका विभिन्न ४४ रिक्त पदका लागि आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ। यसपालि सुदूरपश्चिममा रिक्त पाँच पदका लागि उपनिर्वाचन हुँदैछ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपचुनाव हुदैछ। यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ। डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष पद, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्ष पद र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ। यसअघिको निर्वाचनमा विजय भएका जनप्रतिनिधिको कार्यकाल पुरा नहुँदै निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो।...
नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा नेपालको आग्रह

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा नेपालको आग्रह

समाचार
स्थलमार्गबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यका लागि नेपालले भारतसँग आग्रह गरेको छ । गैरकानुनी घुसपैठ राष्ट्रिय सुरक्षाकै लागि चुनौती बन्न सक्ने जनाउँदै स्थलमार्गबाट तेस्रो देशका नागरिकको आवागमनलाई कडाइका साथ नियमन गरिदिन नेपालका सुरक्षा अधिकारीले भारतीय पक्षसँग आग्रह गरेका हुन् । काठमाडौंमा शनिबार सुरु भएको आठौं नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा साझा एजेन्डाका रूपमा तय भएका ११ वटा बुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालले प्रस्तुत गरेका थिए । त्यस क्रममा नेपाल पक्षले दुई देशका नागरिकको आउजाउमा सहजीकरण र तेस्रो देशका मानिसको नियमनका लागि छुट्टै ‘टुरिस्ट डेस्क’ राख्नुपर्ने प्रस्ताव पनि प्राथमिकतासाथ उठाएको थियो । बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले ‘अनुहार र वर्ण उस्तै भएका कारण’ तेस्रो देशका नागरिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज