Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
नेपाल औषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन बाट कृष्णबहादुर कुँवर निर्वाचित

नेपाल औषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन बाट कृष्णबहादुर कुँवर निर्वाचित

समाचार
अछाम, पुष ९ – नेपालऔषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट साँफेबगरस्थित धुर्वतारा फार्मेसीका प्रोप्राइटर कृष्णबहादुर कुँवर अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। संघको सचिवमा विमल कुँवर, कोषाध्यक्षमा पुष्प केसी तथा सदस्यहरूमा रामबहादुर भण्डारी, प्रवेश भण्डारी लगायत चयन भएका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य पृथ्वीबहादुर बमले संघको महत्वपूर्ण भूमिका र औषधि व्यवसायको विकासमा यस अधिवेशनले सुदूरपश्चिममा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे। विशिष्ट अतिथिका रूपमा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रबहादुर लेखक तथा वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले संघको क्रियाकलापले औषधि व्यवसायीहरूलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताएका छन्। कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष खेमराज...
धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

समाचार
धनगढीः कैलालीको धनगढीमा चार पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ मा आइतबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार समिर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यूलब्ली टेलर्स र श्रीकृष्ण इन्टरप्राइजेजमा आगलागी भएको हो। प्रहरी निरीक्षक खड्काका अनुसार मोबाइल ग्यालरीमा १० लाख, अर्जुन आर्टमा ९ लाख, लब्ली टेलर्समा पाँच लाख र श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोड बढीको क्षति भएको छ। विद्युतको तार सर्ट भएर मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको उनले बताए। धनगढी उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।...
धनगढीमा अबैध काठसहित ४ जना पक्राउ

धनगढीमा अबैध काठसहित ४ जना पक्राउ

समाचार
धनगढीः कैलालीको धनगढीमा अबैध काठसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१६ भादाको श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने ३० वर्षीय अयोध्या प्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५ वर्षीय राम कुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी पक्राउ परेका हुन्। चारै जनालाई गोरू गाडा (डल्लब)मा काठ लोड गरी रहेको अबस्थामा साल जातको काठको गोलिया थान–३ (३२ क्युफिट) अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले आइतवार फेला पारी नियन्त्रणमा लिएको हो। उक्त काठसहित गोरु गाडा र चारैलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारीलाई बुझाएको प्रहरीले जनाएको छ।...
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन् । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे । 'यो सम्पूर्ण नेपालीको जित हो,...
कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ

कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ

समाचार
धनगढीः कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन्। सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले ५४९ दशमलव २ सय ग्राम सुन जस्तै देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट सुनसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० फेला पारेको छ। गाडीका चालक भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइ...
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको अधक्ष्यमा कोश राज अवस्थि निर्वाचित ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको अधक्ष्यमा कोश राज अवस्थि निर्वाचित ।

समाचार
काठमाडौं, २०८१ मंसिर ६ - नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको २०औँ इकाइ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसमा अध्यक्ष पदमा श्री कोश राज अवस्थी विजयी हुनुभएको छ। नव-निर्वाचित अध्यक्ष कोश राज अवस्थीले संघलाई अझ प्रभावकारी र व्यावसायिक बनाउनका लागि नयाँ कार्यसमिति दृढ संकल्पित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “औषधि तथा बिक्री प्रतिनिधिहरूको पेशागत हकहित संरक्षण र औषधि क्षेत्रलाई थप व्यवस्थित बनाउन मेरो प्रमुख प्राथमिकता रहनेछ। संघका सदस्यहरूको क्षमता अभिवृद्धि, रोजगारको अवसर विस्तार, र औषधि व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनका लागि संघले रणनीतिक कार्ययोजना अघि बढाउनेछ। सबै सदस्यहरूको साथ र सहयोगले हामीले यस क्षेत्रको विकासमा ठूलो योगदान दिन सक्नेछौं।” संघको नयाँ कार्यसमिति यस प्रकार रहेको छ: •अध्यक्ष: कोश राज अवस्थी •वरिष्ठ उपाध्यक्...
एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

समाचार
कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो। जितसँगै जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लीग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद् बदला लिन सफल भएको छ। जनकपुरको यो जित यस्तो खेलमा आयो जतिखेर टोलीले उपाधि पनि चुम्न सफल भयो। जनकपुरका लागि उत्कृष्ट ब्याटिङ गरेका ओपनर लाहिरु मिलान्थाले ८७ रन जोडेर टोलीको जित सहज बनाएका थिए। विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ। फाइनलसम्मको यात्रा फाइनलमा पराजित सुदूरपश्चिमले लीग चरणको सातमध्ये छ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायर खेलेको थियो। उसले एक मात्र खेल चितवन राइनोजविरुद्ध गुमाएको थियो। टोलीले जनकपुरलाई ५...
नेपाल नर्सिङ संघमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको प्यानल नै बिजयी

नेपाल नर्सिङ संघमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको प्यानल नै बिजयी

समाचार
काठमाडौँ, २९ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि हिजो सम्पन्न निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै बिजयी भएको छ ।   केही वेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।
एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

समाचार
दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिन थालिसकेको छ। व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन्। खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन्। एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ। प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ। एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ। क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ। केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ। आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ। क...
नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्‍यो २८ बुँदे प्रतिवद्धता

नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्‍यो २८ बुँदे प्रतिवद्धता

समाचार
काठमाडौँ, १९ मंसिर ।  आगामी २८ मंसिरमा हुने नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि उम्मेद्धारी दिएको प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो समूहले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । सो समूहले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । यस्तै जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्य...
चौधरी गुप्रको मुल गेटमा तालाबन्दी

चौधरी गुप्रको मुल गेटमा तालाबन्दी

समाचार
पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी ग्रुप उद्योग ग्रामको मुल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।   उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा बेवास्था गरेको, उद्योगको धुलो र प्रदूषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मुल गेटमा नै तालाबन्दी गरेका हुन् ।   विगत ५ दिनदेखि विभिन्न चरणको आन्दोलन गरेका स्थानीयले आफ्नो माग सम्बोधन गर्न उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग परिसरमा तालाबन्दी गर्न बाध्य भएको सघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताए । वर्षौदेखि प्रदूषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने स्थानीयले चेतावनी दिएका छन् । मुल गेटमा प्रदर्शन गर्दै स्थानीयले कालो खरानी उडाउन बन्द गर, ज...
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

समाचार
पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज