Advertisement

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा नेपालको आग्रह

Advertisement

स्थलमार्गबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यका लागि नेपालले भारतसँग आग्रह गरेको छ । गैरकानुनी घुसपैठ राष्ट्रिय सुरक्षाकै लागि चुनौती बन्न सक्ने जनाउँदै स्थलमार्गबाट तेस्रो देशका नागरिकको आवागमनलाई कडाइका साथ नियमन गरिदिन नेपालका सुरक्षा अधिकारीले भारतीय पक्षसँग आग्रह गरेका हुन् ।

काठमाडौंमा शनिबार सुरु भएको आठौं नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा साझा एजेन्डाका रूपमा तय भएका ११ वटा बुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालले प्रस्तुत गरेका थिए । त्यस क्रममा नेपाल पक्षले दुई देशका नागरिकको आउजाउमा सहजीकरण र तेस्रो देशका मानिसको नियमनका लागि छुट्टै ‘टुरिस्ट डेस्क’ राख्नुपर्ने प्रस्ताव पनि प्राथमिकतासाथ उठाएको थियो ।

बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले ‘अनुहार र वर्ण उस्तै भएका कारण’ तेस्रो देशका नागरिकलाई रूपबाट पहिचान गर्न कठिन भएको बताएका थिए । ‘तेस्रो देशका मानिसको घुसपैठले दुवै देशलाई असर पुग्छ, यसमा दुवै देशका तर्फबाट सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सतर्कता अपनाउनुपर्छ,’ उनले भनेका थिए ।

 

अध्यागमन विभागको अभिलेखमा बंगलादेश, अफगानिस्तान, म्यानमार, भुटानलगायत देशका नागरिकले भारतीय स्थलमार्गबाट नेपाल आएर ‘शरणार्थी’ का रूपमा गतिविधि गर्ने गरेका छन् । उनीहरूलाई ‘शरणार्थी दर्जा’ दिलाउन नेपालस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले ‘लबिइङ’ गर्दै आएको छ । नेपालमा गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकलाई अध्यागमन कानुनअनुसार ‘कारबाही नगर्न’ र ‘शरणार्थी’ का रूपमा बसोबास गर्न दिन भनेर आयुक्तको कार्यालयबाट पटक–पटक दबाब आउने गरेको विभागका एक अधिकारी बताउँछन् ।

म्यानमारबाट सन् २०१२ पछि विस्थापित रोहिंग्या समुदायको ठूलो संख्या भारतको बाटो भएर गैरकानुनी रूपमा प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा बसेका छन् । बंगलादेशमा शेख हसिनाको सत्ता हालसालै ढलेपछि त्यहाँका नागरिक पनि गैरकानुनी रूपमा नेपाल प्रवेश गरेका थिए, केहीलाई नाकाबाट फिर्ता गरिएको थियो ।

सन् २०२१ अगस्टमा अफगानिस्तानमा विद्रोही तालिवानी समूहले सत्ता कब्जा गरेपछि ठूलो संख्यामा अफगानी विस्थापित भएका थिए । त्यस क्रममा भारतको बाटो हुँदै आएका अफगानी नेपाल छिर्न लागेको सुइँको पाएपछि गृह मन्त्रालयले नेपाल र भारतका नागरिक आउजाउका लागि परिचयपत्र हुनुपर्ने व्यवस्था गरेको थियो । भारतीय पक्षको असन्तुष्टिपछि परिचयपत्रको प्रावधान भने हटाइएको थियो । ‘तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठ र यसबाट दुवै देशलाई पर्ने जोखिमबारे भारतीय पक्षलाई ध्यानाकर्षण गराएका छौं,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

नेपालबाट गिरोहमार्फत लागूऔषध र अवैध सुनचाँदी तस्करी भएर भारतसम्म पुग्ने गरेको भन्दै भारतीय पक्षले ध्यानाकर्षण गराएको थियो । नेपाली सुरक्षा अधिकारीहरूले पनि भारतबाट तस्करीको गिरोहले ‘फर्मास्युटिकल ड्रग्स’ (चिकित्साजन्य औषधि) ल्याउने गरेको र त्यो लागूऔषधका रूपमा प्रयोग हुने गरेको भन्दै एसएसबीका अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए । बैठकमा सहभागी दुवैतर्फका अधिकारीले यी विषयलाई गम्भीर रूपमा लिएका छन् र यसलाई नियन्त्रण गर्न सूचना आदानप्रदान, संयुक्त गस्ती, तालिमलगायतमा सहयोग आदानप्रदान गर्न सहमत भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज