Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
केपि ओली टी–२० क्रिकेट कपको तयारी पूरा !

केपि ओली टी–२० क्रिकेट कपको तयारी पूरा !

समाचार
पोखरा — पोखरामा मंसिर ७ देखि हुने प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । मंसिर १५ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहने छ । समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् । विजेताले ५ लाख,...
एसियाली विश्वकप छनोट दोस्रो चरण : घरेलु मैदानमा नेपाल यमनसँग पराजित !

एसियाली विश्वकप छनोट दोस्रो चरण : घरेलु मैदानमा नेपाल यमनसँग पराजित !

समाचार
काठमाडौँ — सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले यमनले एसियाली विश्वकप छनोट दोस्रो चरणमा मंगलबार नेपाललाई २–० पराजित गरेको छ ।  दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहार गर्दै ७३ औं मिनेटमा गोल गरेका हुन् । त्यस प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु बचाउको कुनै पनि अवसर थिएन । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा थपे । यसका लागि उनले आफ्नो अगाडि नेपाली गोलरक्षक किरणमात्र भएको स्थितिमा बललाई हल्का उचाई दिएर पोस्टको दिशा दिए । यमनले पूरा खेल अवधिमा दुईभन्दा बढी स्पष्ट आक्रमण बुनेको थियो र जितका लागि हकदार रह्यो । यो नतिजापछि यमनले ३ अंक बटुलेको छ । नेपाल भने दुई खेलपछि दुवै खेलमा पराजित रहेर शून्य अंकमै रह्यो ।  ...
दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दर्ता

दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दर्ता

समाचार
जनकपुरधाम, ५ मंसिर । जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् । कुनै पनि व्यक्तिलाई संबिधान तथा कानून प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।’ ‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर...
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस !

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस !

समाचार
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो । मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।...
कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम असुल गर्ने ब्यक्ति पक्राउ

कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम असुल गर्ने ब्यक्ति पक्राउ

समाचार
धनगढी । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भिमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले उनीहरुले बेदकोट नगरपालिका–७ को लालपुर सहित कञ्चनपुर जिल्लाभर सर्वसाधारण तथा व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम असुली गर्ने गरेको पाइएको बताए । उनीहरुले फोन तथा म्यासेज गरेर ज्यान मार्ने धाक, धम्की दिदै रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई विषेश सुचनाका आधारमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरह...
धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १५ महिनामा करिब साढे २१ हजारको उपचार

धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १५ महिनामा करिब साढे २१ हजारको उपचार

समाचार
धनगढी: कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा एक वर्ष १६ हजारभन्दा बढीले उपचार गराएका छन्। गत आर्थिक वर्षमा आयुर्वेद चिकित्सालयबाट १६ हजार ३ सय ८० जना बिरामीको उपचार भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको संख्या बढी रहेको आयुर्वेदिक चिकित्सालयका वैद्यनिरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार गत आर्थिक वर्षको असोज ११ गतेदेखि असार मसान्तसम्म विभिन्न रोगका ११ हजार २ सय महिला र ५ हजार १ सय १८ पुरुषले उपचार सेवा लिएका छन् । चालु आवको श्रावणदेखि कार्तिक मसान्तसम्म ५ सय ८५ जनाले ओपडी सेवा लिएको चिकित्सालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट बिरामी आउने गरेको सूचना अधिकारी शाहीले बताए । ‘ चिकित्सालयमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ’ उनले भने ‘आयुर्वेद औषधिको साइड इफ...
विश्वका प्रभावशाली सय महिलामा नेपालकी रुक्शाना

विश्वका प्रभावशाली सय महिलामा नेपालकी रुक्शाना

समाचार
विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन्। बीबीसीले सार्वजनिक गरे सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना कपाली पनि परेकी हुन्। रुक्शाना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले भनेको छ।  ...
सेती प्रादेशिक अस्पताल परिसरका होटेलबाट बासी खानेकुरा बरामद

सेती प्रादेशिक अस्पताल परिसरका होटेलबाट बासी खानेकुरा बरामद

समाचार
धनगढी: धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटेलबाट बासी खानेकुरा बरामद गरी नष्ट गरेको छ। सोमवार गरिएको अनुगमनमा अस्पताल परिसरमा रहेको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको हो। उपमहानगरपालिकाका अनुसार सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए । अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको म:म ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको बजार अनुगमन समितिका संयोजक भट्टले बताए। चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग-अलग बनाउन र मा...
सेती प्रादेशिक अष्पतालमा सिकलसेलको निःशुल्क परीक्षण

सेती प्रादेशिक अष्पतालमा सिकलसेलको निःशुल्क परीक्षण

समाचार
धनगढी । सेती प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनमियाको निःशुल्क प्रयोगशाला परीक्षण गरिने भएको छ । प्रादेशिक अस्पतालले सूचना जारी गर्दै सिकलसेल एनमियाको निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) निःशुल्क गर्ने जनाएको छ । प्रदेश तथा सङ्घीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका विरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो । सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा सहङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ । यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने विरामीबाट एक हजार शुल्क लिदै आएको थियो ।...
गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु, १३ घाइते

गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु, १३ घाइते

समाचार
कैलालीको गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ सोमवार साँझ तिर भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनको परिचय खुलेको छैन। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जिवन विक, ६० वर्षीय रँग कामी, २५ भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन्। उनीहरूको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भ...
खलंगा जाँदै गरेको गाडी भेरी किनारमा खस्यो !

खलंगा जाँदै गरेको गाडी भेरी किनारमा खस्यो !

समाचार
रूकुम पश्चिममा २२ यात्रु बोकेको* गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्‍याइएको छ। जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्।  दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

समाचार
भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ।  आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो। यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।  भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।  यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज