Advertisement

एसियाली विश्वकप छनोट दोस्रो चरण : घरेलु मैदानमा नेपाल यमनसँग पराजित !

Advertisement

काठमाडौँ — सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले यमनले एसियाली विश्वकप छनोट दोस्रो चरणमा मंगलबार नेपाललाई २–० पराजित गरेको छ । 

दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहार गर्दै ७३ औं मिनेटमा गोल गरेका हुन् । त्यस प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु बचाउको कुनै पनि अवसर थिएन । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा थपे । यसका लागि उनले आफ्नो अगाडि नेपाली गोलरक्षक किरणमात्र भएको स्थितिमा बललाई हल्का उचाई दिएर पोस्टको दिशा दिए ।

यमनले पूरा खेल अवधिमा दुईभन्दा बढी स्पष्ट आक्रमण बुनेको थियो र जितका लागि हकदार रह्यो । यो नतिजापछि यमनले ३ अंक बटुलेको छ । नेपाल भने दुई खेलपछि दुवै खेलमा पराजित रहेर शून्य अंकमै रह्यो । 

पहिलो हाफमा कुनै पनि निर्णायक आक्रमण बुन्न नसकेको नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण बुने ।

सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका हिसुब ६१ औं मिनेटमा गोल गर्न चुकेका हुन् । यमनी गोलरक्षक अब्दुल्ला अब्दुलले वान भर्नेस वानको स्थिति उत्कृष्ट बचाउ गरेका हुन् । यमनविरुद्ध नेपालको यो पाँचौं खेलमा चौथा हार हो । यमन नेपालविरुद्ध अपराजित रहेको छ र त्यसमध्ये एकै खेलमात्र गोलरहित बराबरीमा टुंगेको छ ।

नेपाल एसियाली छनोट दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको थियो । यमन भने अर्को खेलमा बहराइनसँग २–० ले हराएको थियो ।

यस अगाडि छनोटको पहिलो चरणमा नेपालले लाओसको चुनौती काटेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज