Advertisement
Wednesday, April 30
Shadow

एसियाली विश्वकप छनोट दोस्रो चरण : घरेलु मैदानमा नेपाल यमनसँग पराजित !

Advertisement

काठमाडौँ — सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले यमनले एसियाली विश्वकप छनोट दोस्रो चरणमा मंगलबार नेपाललाई २–० पराजित गरेको छ । 

दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहार गर्दै ७३ औं मिनेटमा गोल गरेका हुन् । त्यस प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु बचाउको कुनै पनि अवसर थिएन । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा थपे । यसका लागि उनले आफ्नो अगाडि नेपाली गोलरक्षक किरणमात्र भएको स्थितिमा बललाई हल्का उचाई दिएर पोस्टको दिशा दिए ।

यमनले पूरा खेल अवधिमा दुईभन्दा बढी स्पष्ट आक्रमण बुनेको थियो र जितका लागि हकदार रह्यो । यो नतिजापछि यमनले ३ अंक बटुलेको छ । नेपाल भने दुई खेलपछि दुवै खेलमा पराजित रहेर शून्य अंकमै रह्यो । 

पहिलो हाफमा कुनै पनि निर्णायक आक्रमण बुन्न नसकेको नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण बुने ।

सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका हिसुब ६१ औं मिनेटमा गोल गर्न चुकेका हुन् । यमनी गोलरक्षक अब्दुल्ला अब्दुलले वान भर्नेस वानको स्थिति उत्कृष्ट बचाउ गरेका हुन् । यमनविरुद्ध नेपालको यो पाँचौं खेलमा चौथा हार हो । यमन नेपालविरुद्ध अपराजित रहेको छ र त्यसमध्ये एकै खेलमात्र गोलरहित बराबरीमा टुंगेको छ ।

नेपाल एसियाली छनोट दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको थियो । यमन भने अर्को खेलमा बहराइनसँग २–० ले हराएको थियो ।

यस अगाडि छनोटको पहिलो चरणमा नेपालले लाओसको चुनौती काटेको थियो ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज