Advertisement

धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १५ महिनामा करिब साढे २१ हजारको उपचार

Advertisement

धनगढी: कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा एक वर्ष १६ हजारभन्दा बढीले उपचार गराएका छन्। गत आर्थिक वर्षमा आयुर्वेद चिकित्सालयबाट १६ हजार ३ सय ८० जना बिरामीको उपचार भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको संख्या बढी रहेको आयुर्वेदिक चिकित्सालयका वैद्यनिरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार गत आर्थिक वर्षको असोज ११ गतेदेखि असार मसान्तसम्म विभिन्न रोगका ११ हजार २ सय महिला र ५ हजार १ सय १८ पुरुषले उपचार सेवा लिएका छन् ।

cp

चालु आवको श्रावणदेखि कार्तिक मसान्तसम्म ५ सय ८५ जनाले ओपडी सेवा लिएको चिकित्सालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट बिरामी आउने गरेको सूचना अधिकारी शाहीले बताए । ‘ चिकित्सालयमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ’ उनले भने ‘आयुर्वेद औषधिको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीको सङ्ख्या बढ्दैछ’। ‘नसर्ने रोगका लागि आयुर्वेदमा औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी परामर्श हुन्छ, त्यसैले यसमा आकर्षण बढ्दो छ’ शाहीले भने । अन्यत्र औषधि गरेर थाकेका विरामीले आयुर्वेद चिकित्सालयमा आएर उपचार गराउँदा सन्चो भएको बिरामीले बताउने गरेको शाहीको दाबी छ। आयुर्वेद चिकित्सालयमा बाथ, अम्लपित्त र पेटको रोगका बिरामी बढी आउने गरेको शाहीले बताए ।

२०९७ असोज ११ बाट सेवा सुरु गरेको आयुर्वेद चिकित्सालयमा ओपिडी, एक्सरे, प्याथोलोजी, पूर्वकर्म, पञ्चकर्म सेवा सञ्चालनमा रहेको छ। चिकित्सालयमा १ जना होमियोपेथिक र ४ जना आयुर्वेद चिकित्सकले सेवा दिइरहेका छन् । चिकित्सायलयमा बिहान ५ देखि ७ बजेसम्म योग सेवा पनि सञ्चालनमा रहेको छ । चिकित्सालयले अस्पताल फार्मेसी, आइपिडी, पायल्स र फिष्टुलाको छारसुत्र (अप्रेशन) सेवाहरू सुरु गर्न लागेको सूचना अधिकारी शाहीले बताए ।

नेपाल सरकारबाट उपलब्ध हुने २३ थरीको औषधि चिकित्सालयबाट बिरामीलाई निःशुल्क प्रदान हुने गरेको बताए। गत वर्ष सबै उपचार सेवा नि:शुल्क गरिए पनि यो वर्षबाट ओपिडी टिकट, एक्सरे, ल्याव सेवाकोे न्यूनतम शुल्क लिने थालिएको छ। तर, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई भने पूर्ण नि:शुल्क सेवा दिने व्यवस्था छ। चिकित्सालयबाट १५ महिनामा २१ हजार ४ सय ९८ जनाले उपचार सेवा लिएका छन । ( रासस)

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज