नेपाल औषधि लिमिटेडले एन्टीबायोटिक सहित २० प्रकारका औषधि उत्पादन गर्दै !
नेपाल औषधि लिमिटेडले यसै आर्थिक वर्षदेखि एन्टीबायोटिकसहित २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ ।
प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहाकार दिपेन्द्र खड्काले २० प्रकारको औषधि उत्पादनका लागि अर्थ मन्त्रालय मार्फत कम्पनीलाई चौबीस करोड अठहत्तर लाख बाह्र हजार तीन सय रुपैंया निकासा गरिएको जानकारी दिनुभयो । यसै महिनादेखि २० प्रकारका औषधि उत्पादनको तयारी भएको खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो फेजमा लिमिटेडले एजिथ्रोमाइसिन ५०० /२५० एमजी, मेट्रोनिडाजोल ४०० /२०० एमजी, मेट्रोनिडाजोल डीएफ ट्याब्लेट, अल्बेन्डाजोल ४०० एमजी, सिप्रोफ्लोक्सासिन ४०० /२५० एजमी, आइरन र फोलिक एसिड, फोलिक एसिड ५ एमजी ट्याब्लेट उत्पादन गरिनेछ ।
यी ट्याब्लेट मासिक ९५ हजार ट्याब्लेट उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै दोस्रो फेजमा प्रोभीडीन आयोडिन ५, प्रोभीडीन आयोडिन १०, पान्टाप्रोजोल ...












