बझाङका ग्रामीण सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै
बझाङ : बझाङका अधिकांश सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको ग्रामिण भेगका मात्रै नभएर सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्डमा समेत खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।
प्रमुख सरकारी अड्डा रहेको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । जयपृथ्वी राजमार्गमै खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय राम प्रसाद जोशीले बताए ।
जिल्लाको मुख्य बजार क्षेत्रको सडक सुधारमा नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । जिल्लाका कच्चि र पक्कि सबै सडकका ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको ध्यान जान सकेको छैन् ।
सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालकहरुले बताएका छन् । साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै समस्या भएको जिप चाल...












