Advertisement

Author: कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।
बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ

बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जना जुवाडे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी पाँच जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। अहिले चाडपर्वको समयमा जताततै जुवाडे पक्राउ पर्ने गरेका छन् ।...
बझाङको खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

बझाङको खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् । जिल्लामा सवारी साधनहरुले यात्रुहरुबाट चर्को भाडा लिइरहेको गुनासो गरेपछी जिल्ला प्रशनसन कार्यालयले सवारी साधनको भाडादर कायम गरी लागु गर्न निर्देशन दिएको थियो । तर सवारी धनीहरुले भने भाडादर कार्यन्वयन गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको जिल्ला यातायात व्यवस्थापन समितीको बैठकले जयपृथ्वी राजमार्गमा प्रतिकिलोमिटरमा ९ रुपैयाँ र ग्रामीण सडक खण्डमा प्रतिकिलोमिटर २० रुपैयाँ भाडादर तोकेको थियो । तर जीप धनीहरुले पक्की सडक खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँ र कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ३० देखि ५० रु...
पानी परेसँगै अवरुद्ध हुन थाले बझाङका ग्रामीण सडक

पानी परेसँगै अवरुद्ध हुन थाले बझाङका ग्रामीण सडक

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, असार १७ : केही दिनदेखि लगातार पानी पर्न थाले सँगै बझाङका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।वर्षाले जिल्लाका सबैजसो ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको जीप व्यवसायीको भनाइ छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पानी परेसँगै तमैलबाट खप्तडछान्नासम्म जाने कच्ची मार्गमा समेत पहिरो खस्न थालेपछि यातायात सञ्चालनमा कठिनाइ भएको स्थानीय सुस्मिता खातिले बताइन् । त्यस्तै जिल्लाको मुख्य सडक जयपृथ्वी राजमार्गका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको छ । आइतबार मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत छविसपाथिभेरा - १ को जालेबगरमा पहिरो खसेर सडक अवरुद्ध भएको थियोे ।त्यसैगरी, जिल्ला सदरमुकाम देखि जिल्लाका विभिन्न गाउँबस्ती जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यात...
बझाङमा भीरबाट लडेर यार्चा संकलक घाइते

बझाङमा भीरबाट लडेर यार्चा संकलक घाइते

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ। बझाङमा भीरबाट लडेर एक यार्चा संकलक घाइते भएका छन् । जिल्लाको साइपाल गाउँपालिका – १ का २० बर्षिय लक्ष्मण धामी यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन धामी आइतबार बिहान साइपाल गाउँपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उनि सोहि ठाउँमा भिरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीयले आइतबार राती नै उनको उद्धार गरेकोमा र अहिले उपचारको लागि हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने पहल भइरहेको साइपाल गाउपालिकाका अध्यक्ष मानबिर बोहराले बताए ।...
बझाङको सेती नदिमा कृत्रिम अभ्यास गर्दा सशस्त्रका जवानको डुबेर मृत्यु 

बझाङको सेती नदिमा कृत्रिम अभ्यास गर्दा सशस्त्रका जवानको डुबेर मृत्यु 

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङः बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा गर्दै उनी डुबेका थिए। सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ।...
काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ

काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्।कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समुह बिच बुधवारवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्।यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २० वर्षीय तेज थापा र २२ वर्षीय तपेन्द्र खाती रहेका छन्। कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा बुधबार बेलुकी...
बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङमा एमालेको अग्रता, दोस्रोमा नेपाली काङ्ग्रेस

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३८० र नेकपा माओवादीका जनकबहादुर बुढाले २२६ मत ल्याएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याएर चौथो स्थानमा छन् । छविसपाथिभेरा गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा यस्तो नतिजा आएको हो ।...
बझाङमा मतगणना सुरु

बझाङमा मतगणना सुरु

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। आइतवार दिउँसो १ बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेकोमा ढिलो गरेर मात्र सुरु भएको हो। शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्...
बझाङ उपनिर्वाचन : मतपेटिका संकलन कार्य जारी, गणना भोलि हुने

बझाङ उपनिर्वाचन : मतपेटिका संकलन कार्य जारी, गणना भोलि हुने

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ।  बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेका थिए। ती सबैमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।  कुल ६१ हजार ७६८ मतदाता रहेको बझाङमा ३० हजार ३२८ मत खसेको र साइपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लगिरहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीले बताए।...
बझाङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न,      ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ४९.१२ प्रतिशत मतदान

बझाङ, मुख्य समाचार, राजनीति
बझाङः बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन्। जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए। उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा छन्। साथै नेपाल मजदुर किसान पार्टी...
बझाङका ३२ मतदान केन्द्र अतिसंवेदनशील

बझाङका ३२ मतदान केन्द्र अतिसंवेदनशील

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : शनिबार हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन हुने भएका छन् । प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने जनाएको छ यस्तै विभिन्न दलका समर्थकबिच आपसमा झै–झगडा तथा कुटपिट वा पत्र तहसनहस हुने अवस्था भएमा, मतदान केन्द्रमा आक्रोशित भीडबाट सशस्त्र आक्रमण हुने अवस्था भएमा, मतदानस्थल र मतदान केन्द्र कब्जामा लिएमा वा लिने प्रयास गरेमा, मतदाताहरुलाई मतदान गर्न जान अवरोध भएमा बल प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । १५ गते इलाम २ मा प्रतिनिधिसभा र बझाङ १ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बझाङमा ३१ मतदान केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील रहेका बताए । उनका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील...
आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के-के गर्न पाइदैन ?

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के-के गर्न पाइदैन ?

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : यहीँ बैशाख १५ गते शनिवार इलाम-२ र बझाङ १ मा हुने उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुँदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ । आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज