बझाङ। बझाङमा भीरबाट लडेर एक यार्चा संकलक घाइते भएका छन् । जिल्लाको साइपाल गाउँपालिका – १ का २० बर्षिय लक्ष्मण धामी यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन
धामी आइतबार बिहान साइपाल गाउँपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उनि सोहि ठाउँमा भिरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
स्थानीयले आइतबार राती नै उनको उद्धार गरेकोमा र अहिले उपचारको लागि हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने पहल भइरहेको साइपाल गाउपालिकाका अध्यक्ष मानबिर बोहराले बताए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३