बझाङ : काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्।
कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समुह बिच बुधवारवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्।यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २० वर्षीय तेज थापा र २२ वर्षीय तपेन्द्र खाती रहेका छन्।
कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा बुधबार बेलुकी दुई समुह बिच झडप हुँदा काठमाडौं कीर्तिपुर नगरपालिका–१० चिड्डुबिहारका २४ वर्षीय साजिस श्रेष्ठलाई तपेन्द्रराज खाती समेतको समुहले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहार गरेर फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलिले १ थान खुकुरीसहित पक्राउ गरेको हो। उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान भइरहेको जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३