बझाङः बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो।
बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा गर्दै उनी डुबेका थिए। सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३