टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने
धनगढी- आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोट अन्तर्गत समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । अब नेपालले सुपर सिक्स चरणमा यूएई, कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो । यसअघि नै नेपाल र जापान दुवै टोलीले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका थिए । कुवेत भने समूह चरणमै बाहिरिएको छ ।
सुपर सिक्स चरणमा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । जापानमाथि जितसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ ।
अब नेपालले सुपर सिक्समा जापानसँग खेल्नुपर्ने छैन । नेपालले भोलि समूह ‘ए’ को विजेता यूएईसँग तथा पर्सि उपविजेता कतारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका रहे...










