चैनपुरमा औषधी पसल, क्लिनिक र अस्पतालहरूको अनुगमन, अमिसा अस्पतालमा ताला
बझाङ सदरमुकाम चैनपुरमा औषधि पसल, क्लिनिक र अस्पतालहरूको संयुक्त अनुगमन गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बझाङ, र जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले चैनपुरमा सञ्चालित विभिन्न मेडिकल, क्लिनिक र निजी अस्पतालहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा इजाजतबिना तथा मापदण्डविपरीत अस्पताल, क्लिनिक र फार्मेसी सञ्चालन गरिएको, जनशक्ति नभई नागरिकलाई ठगेको, फार्मेसीमा जनशक्ति बिना औषधि बिक्री गरेको, र चिकित्सकको स्थानमा अन्य व्यक्तिहरूले भिडियो एक्स-रे गर्दै नागरिकको स्वास्थ्यमा खेलबाड गरेको गुनासोका आधारमा यो कदम चालिएको हो।
अनुगमन टोलीले इजाजत र दर्ता अनुमति पत्रबिना अवैध रूपमा सञ्चालन भइरहेको अमिसा अस्पताल प्रा.लि. मा ताला लगाएको छ। अस्पतालले नगरपालिकामा समेत दर्ता नगरी ३ जना स्टाफको भरमा सञ्चालन भइरहेको पाइएको थियो।
यस्तै, चैन मेडिकल नामले चिनिने ...












