Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी-  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ । नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए । उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उनले भने, “पर्यटकल...
प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि लुम्बिनीमा हुने

प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि लुम्बिनीमा हुने

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो फागुन २५ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री कप क्रिकेट फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुने जनाएको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको सिद्धार्थ रङ्गशाला र एक्स्ट्राटेक ओभल तथा दाङको लमही क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलो पटक काठमाडौबाहिर हुन लागेको हो । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी हुनेछन् । सिद्धार्थ रङ्गशालामा फाइनलसहित १० वटा खेल हुनेछ यस्तै एक्स्ट्राटेक ओभलमा १५ र लमहीमा १४ वटा खेल हुनेछ ।...
त्रिविले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता

त्रिविले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
धनगढी- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गतेका हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको हो । फागुन १९ गते दिउसो तीन बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यस्तै फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुर...
बागमती जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

बागमती जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

कैलाली, खेलकुद, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा आज शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै बागमती प्रदेश अन्तिम चार अर्थात (सेमिफाइनल) मा प्रवेश गरेको हो । बागमती प्रदेशको जितका लागि सानु तामाङले दुई गोल गरे । खेलको ४४ औं मिनेटमा पहिलो गोल गरेका सानुले ५१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । बागमतीका लागि मिशान लामाले खेलको ८८ औं मिनेटमा एक गोल गरेको थिए । गण्डकी प्रदेशका लागि मिशान थापा मगरले एक गोल फर्काएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमतीका मिशान थापा म्यान अफ द म्याच भएर पाँच हजार सहित ट्रफी पाएका छन् । भोली सनिवार अन्तिम क्वाटरफाईनल खेल हुनेछ । जसमा कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब ब...
बाजुरामा विहेमा गएका २ समुहबीच हानाहान , रणबहादुरको मृत्युु

बाजुरामा विहेमा गएका २ समुहबीच हानाहान , रणबहादुरको मृत्युु

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरामा दुई समुह बिच हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका ८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो हानाहान हुँदा घाईते भएको एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । हानाहान क्रममा घाइते भएका बुढीगंगा नगरपालिका ९ डुग्रीतोलाका अन्दाजी २९ बर्षिया रणबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले जानकारी दिए । उनका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो हानाहान भएको थियो । हानाहानका क्रममा थापा घाईते भएका थिए । थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको हो । हानाहानमा संलग्न बुढीगंगा नगरपालिका ७ वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू माथि अनुसन्धान थालिएको बाजुरा प्रहरीले जनाएको छ ।...
कञ्चनपुरमा बेहुला बेपत्ता, फागुन ४ मा तय गरिएको विहे स्थगित

कञ्चनपुरमा बेहुला बेपत्ता, फागुन ४ मा तय गरिएको विहे स्थगित

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा बेहुला बेपत्ता भएपछि तय गरिएको विवाह स्थगित भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–४ पर्सियाका दीपकराज राना विवाहको चार दिनअघिनै बेपत्ता भएपछि तय गरिएको विवाह स्थगित गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो। फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन्। रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएकोछ। आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन्। विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए। सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका ल...
बालेनले ट्रम्पलाई धन्यवाद लेख्दै भने, नेपाली देश छाडेकाले गरिब,अमेरिकी अल्छी भएकाले गरिब

बालेनले ट्रम्पलाई धन्यवाद लेख्दै भने, नेपाली देश छाडेकाले गरिब,अमेरिकी अल्छी भएकाले गरिब

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन साहले अमेरिकाकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन्। नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै मेयर शाहले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् । अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक सञ्जालमा लेखेर बालेनले डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन्। उनले नेपाली नागरिक देश छाडेर गएकाले गरिब भएको र अमेरिकी नागरिक अल्छी भएकाले गरिब भएको टिप्पणीसमेत गरेका छन्। ‘प्रिय डोनाल्ड जे. ट्रम्प, हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो छ भनेर महशुस गराउनु भएकोमा धन्यवाद’, उनले लेखेका छन्, ‘हामी गरिब छौँ। किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’ उनले  डीभीबाट फैलाइरहेको दासत्व बन्द गरेर अरु द...
महिला फुटबलमा नेपालले लेबनानलाई हरायो,  एक खेलअघि नै फाइनलमा प्रवेश

महिला फुटबलमा नेपालले लेबनानलाई हरायो, एक खेलअघि नै फाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाण्डौ - अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ  । बिहीबार घरेलु खेल मैदानमा लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हराएको हो । नेपालकी सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा गोल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे । अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो । आजै भएकाे खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गाेलले हराउँदै लगातार दाेस्राे जीत हासिल गरेकाे हो । म्यानमारले पहिलाे खेलमा लेबनानलाई ३–१ गोलले हराएकाे थियाे । अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी...
बिहेबाट फर्किएका मानबहादुरको भिरबाट लड्दा मृत्यु

बिहेबाट फर्किएका मानबहादुरको भिरबाट लड्दा मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जिल्लाको बुंगल नगरपालिका–१ चौपाताका मान बहादुर बोहराको भिरबाट लडेर मृत्युु भएको हो । फागुन ७ गते बुधबार साँझ बिहेबाट घर फर्किने क्रममा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर मृत्युु भएको प्रहरीले जनाएको छ । उनी हिजो साँझनै भिरबाट लडेका भएपनि आज बिहान ९ शव भेटिएको हो । स्थानीयले बोहरालाई मृत भेटेपछि परिवारलाई जानकारी गराएका थिए ।...
भारतको केआईआईटीमा प्रकृतिको नाममा छात्रवृत्ति दिने घोषणा

भारतको केआईआईटीमा प्रकृतिको नाममा छात्रवृत्ति दिने घोषणा

अन्तर्राष्ट्रिय, समाचार
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । केआईआईटीले आफ्नो होस्टलमा ज्यान गुमाएकी बुटवलकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो । केआईआईटीले सामाजिक सञ्जालमार्फत छात्रवृत्ति दिने घोषणा गर्दै यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्ने बताएको छ । युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थीले मानसिक य...
बाजुराको बुढीगङ्गाले ससर्त अनुदानका योजना विकासमुखी नभएको भन्दै फिर्ता  पठायो

बाजुराको बुढीगङ्गाले ससर्त अनुदानका योजना विकासमुखी नभएको भन्दै फिर्ता पठायो

Breaking News 1, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुराको एक स्थानीय तहले ससर्त अनुदानका योजना फिर्ता पठाएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानका निर्माण योजनाहरू फिर्ता पठाएको हो । कार्यपालिकाको गत पुष २५ गते बसेको बैठकको निर्णयअनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना कार्यान्वयन गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको पालिकाले जनाएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकामा योजनाहरू कार्यान्वयन हुन नसक्दा फिर्ता गरिएका हुन्। यता बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले भने योजनाहरू विकासमुखी नभएको हुँदा प्रदेशलाई नै फिर्ता पठाइएको बताए । “बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चा...
धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सञ्चालन हुँदै,,सहभागी प्रशिक्षार्थीलाई २९ विषयमा तालिम दिइने

धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सञ्चालन हुँदै,,सहभागी प्रशिक्षार्थीलाई २९ विषयमा तालिम दिइने

कैलाली, रोजगार, समाचार, सुदूरपश्चिम
कैलालीको धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सञ्चालन हुँदै छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सञ्चालन हुन लागेको हो । धनगढीस्थित खुला मञ्चमा सञ्चालन हुने मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन कार्यक्रम रहेको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रोजगार मेलाका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट ४ हजार ८ सय ३० जनाले आवेदन दिएकोमा ३९ पालिकाका एक हजार ४० जना छनोट भएको बताए । उनका अनुसार सहभागी प्रशिक्षार्थीहरूलाई २९ विषयमा तालिम दिइने छ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । जसमा ३० दिन विभिन्न विधामा सिपमुलक तालिम, पाँच दिनसम्म जिवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबिच अन्तक्रिया गरिने पाठकले जानकारी दिए । युवाहरुल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज