Advertisement

बाजुराको बुढीगङ्गाले ससर्त अनुदानका योजना विकासमुखी नभएको भन्दै फिर्ता पठायो

Advertisement

धनगढी- बाजुराको एक स्थानीय तहले ससर्त अनुदानका योजना फिर्ता पठाएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानका निर्माण योजनाहरू फिर्ता पठाएको हो ।
कार्यपालिकाको गत पुष २५ गते बसेको बैठकको निर्णयअनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना कार्यान्वयन गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको पालिकाले जनाएको छ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकामा योजनाहरू कार्यान्वयन हुन नसक्दा फिर्ता गरिएका हुन्। यता बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले भने योजनाहरू विकासमुखी नभएको हुँदा प्रदेशलाई नै फिर्ता पठाइएको बताए ।
“बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चार जस्ता आवश्यक योजनाहरू प्राथमिकतामा छन्, तर प्रदेश सरकारले आवश्यकताबेगर योजना छनोट गरेको छ। कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिने प्रवृत्तिका कारण ती योजनाहरू फिर्ता गर्नुपरेको प्रमुख बानियाँको भनाइ छ ।
उनका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दा माथिका निर्माण योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने नीति लिएको छ। तर, उपभोक्ताले ठेक्का अनुसार काम गर्न अस्वीकार गरेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना फिर्ता बुझाइएको उनले जानकारी दिए।
प्रदेश सरकारले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका विभिन्न योजना छनोट गरेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज