Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दार खडायतको मृत्यु,, घरबाट कार्यालय फर्किरहेका थिए

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दार खडायतको मृत्यु,, घरबाट कार्यालय फर्किरहेका थिए

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा घरबाट कार्यालय फर्किरहेका प्रहरी हवल्दारको भिरबाट लडेर मृत्यु भएकाे छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिल घरभएका प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो । बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।  मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।...
सुदूरपश्चिममा एक हजार भन्दा बढी मानवअधिकार उल्लङ्घनका घटना

सुदूरपश्चिममा एक हजार भन्दा बढी मानवअधिकार उल्लङ्घनका घटना

समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार भन्दा बढी मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका हुन् । बुधबार इन्सेक प्रदेश कार्यालय धनगढीले आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । सन् २०२४ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बताए । उनका अनुसार सन् २०२४ मा प्रदेशमा मानवअधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुर...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै

खेलकुद, समाचार
धनगढी- घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज लेबनानसँग खेल्दै छ । खेल साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रगशालामा सुरु हुनेछ। दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ। ४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा नेपाली टोली छ। खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले बिहिबारको खेलमा आफ्नो टिमलाई हार्न नहुने दबाब रहेको बताए। फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्। यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ। गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा ...
धनगढीमा जुवा खेलिरहेका  ४ जना पक्राउ,, साथमा थियोे १९ लाख बढी रुपैयाँ

धनगढीमा जुवा खेलिरहेका ४ जना पक्राउ,, साथमा थियोे १९ लाख बढी रुपैयाँ

Breaking News 1, कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा जुवा खेलिरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार धनगढी उपमहानगरपालिका – २ बैयाबेहडी स्थित खेतबारीको टहरा भित्र जुवा तास खेलिरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय अबनिश सिंह सहित ४  जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट १९ लाख ३ सय २५ रुपैयाँ, २ गड्डी तास र २ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...
९२ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

९२ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

Breaking News 1, समाचार, स्वास्थ्य
सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ प्रतिशत  किशोरीले खोप लगाएका हुन् ।  गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मंगलबार सकिएको छ । डा. गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उनले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिए । ‘कुनै समुदायमा छुट भएका किशोरीलाई त्यही गएर खोप लगाएका छौँ,’ उनले भने, ‘मधेशतिर खोप लगाउन छुटेका एकै समुदायका एक सय ५० जना किशोरीलाई पनि हामीले खोप लगाइएको छौँ । समुदायमा गएर खोजेर खोप लगाइने छ ।’ शाखा प्रमुख डा. गौतमले मनाङ, मुस्ताङ, हुम...
प्रकृति लम्सालको भैरहवामा अन्तिम संस्कार

प्रकृति लम्सालको भैरहवामा अन्तिम संस्कार

समाचार
भैरहवा - भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानिय स्वर्गद्वारीघाटमा दाहसस्कार गरिएको हो । लम्सालको शवलाई केहि समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखिएको थियो । त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो । लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठुलो संख्यामा सहभागिता रहेको थियो । केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षिय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।...
बझाङमा १४ वर्षीया बालिकामाथि राति १० बजे करणी, एकजना पक्राउ

बझाङमा १४ वर्षीया बालिकामाथि राति १० बजे करणी, एकजना पक्राउ

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-७ बस्ने २१ वर्षीय अक्कल बोहरा ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । बोहराले फागुन ४ गते राति करिब १० बजेको समयमा मष्टा गाउँपालिका-५ द्वारीकी १४ वर्षीया बालिकालाई घर नजिकै बोलाएर  जबरजस्ती करणी गरेका थिए । पीडित पक्षले घटना भएको दुई दिनपछि फागुन ६ गते प्रहरीमा जाहेरी दिएका थिए। अहिले प्रहरीले आरोपी बोहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।...
केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

अन्तर्राष्ट्रिय, समाचार
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्‍याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए । गत आइतबार अपराह्न बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवाहार गरेको थियो । ...
सुदूरपश्चिमका एक लाख भन्दा बढी किशोरीलाई लगाइयो एचपिभी खोप

सुदूरपश्चिमका एक लाख भन्दा बढी किशोरीलाई लगाइयो एचपिभी खोप

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप एक लाख बढी किशोरीलाई खोप लगाइएको छ। गत माघ २२ गतेदेखि देशव्यापी सुरु गरिएको एचपिभी खोप अभियान अन्तर्गत प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई खोप लगाइएको हो । प्रदेशका नौ वटै जिल्लामा एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले बताए । उनलेे भने यो कुल लक्ष्यको ९५ प्रतिशत प्राप्ति हो। सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८ सय ८८, कञ्चनपुरका २५ हजार ८ सय ४०, डोटीका ११ हजार ३ सय ८८, अछामका १३ हजार ८ सय ९७ र डोटीका ११ हजार ३ सय ८८ जना किशोरीहरुलाई खोप लगाइएको छ । यसैगरी, डडेलधुराका ६  हजार ९ सय ४९, बझाङका ११ हजार ८ सय ९७, बाजुराका ७ हजार ६ सय ४९, बैतडीका १२ हजार ८ सय २८ र दार्चुलाका...
कैलालीमा एक बालकको पानीमा डुबेर गयो ज्यान

कैलालीमा एक बालकको पानीमा डुबेर गयो ज्यान

कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक बालकको पानीमा डुबेर ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको पानीमा डुबेर ज्यान गएको हो। आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए।  घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ज्यान गएको  इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।...
आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट सुरु हुँदै

आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट सुरु हुँदै

कैलाली, खेलकुद, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग  क्रिकेट प्रतियोगिता सुरु हुनेभएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । सुदूरपश्चिमका खेलाडीको खेल प्रतिभा पहिचान,क्षमता अभिवृद्धिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न लागि प्रतियोगिता आयोजना गर्नलागेको कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यान लाई १५ हजार, नवप्रतिभावान खेलाडी लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ । प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय रुपैयाँका साथमा ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गर...
जहानियाँ राणाशासन अन्त्य भएको दिन आज,, प्रजातन्त्र दिवस मनाइँदै

जहानियाँ राणाशासन अन्त्य भएको दिन आज,, प्रजातन्त्र दिवस मनाइँदै

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते नेपालमा एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजान्त्र स्थापना भएको सम्झनामा बुधबार आज विभिन्न कार्यक्रम सहित ७५ औं प्रजातन्त्र दिवस मनाइने लागेको हो । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ मा देशभरी विभिन्न कार्यक्रमगरी दिवस मनाउन प्रचलन रहेको छ । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिनेगरिएको छ । जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक वर्ष ७ फागुनमा यो दिवस मनाइँदै आएको हो । जनक्रान्तिका माध्यमबाट राणाशासन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज