Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
चितवनमा सुदूरपश्चिमेली समुदायको होली पर्व सम्पन्न

चितवनमा सुदूरपश्चिमेली समुदायको होली पर्व सम्पन्न

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- चितवनमा सुदूरपश्चिमेली समुदायले मनाएको होली पर्व सम्पन्न भएको छ। मौलिक संस्कृति झल्काउने परम्परागत शैलीमा मनाइएको रङ्गहरूको पर्व होली नारायणी नदी किनारमा सम्पन्न भएको हो । होली कार्यक्रममा सयौंको संख्यामा जनाइएको उपस्थितले सुदूरपश्चिमेलीहरूमा आपसी सद्भाव र एकताको सन्देश दिएको छ । होली लगायतका परम्परागत रुपमा मनाइने यस्ता कार्यक्रमहरूले सुदूरपश्चिमेली पहिचानलाई उजागर गर्नुका साथै संस्कृतिको जगेर्ना गर्न सहयोग गर्ने सुदूरपश्चिम खप्तड सेवा समाज चितवनका अध्यक्ष जीवन रावलले बताए । उनले चितवनमा रहेका सुदूरपश्चिमेलीहरूलाई अझ संगठित बनाउन यस्ता गतिविधिहरू आवश्यक रहेको समेत बताए। होली पर्वमा सहभागीहरूले रंग, संगीत र नृत्यको साथमा उल्लासमय वातावरणमा होली खेलेका थिए । समाजले आगामी दिनहरूमा पनि मौलिक कार्यक्रममा निरन्तरता दिने योजना बनाएको छ। पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली...
बझाङमा किशोरीलाई जबर्जस्तीकरणी गर्ने र सघाउने दुबै जना पक्राउ

बझाङमा किशोरीलाई जबर्जस्तीकरणी गर्ने र सघाउने दुबै जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा किशोरीमाथि जबर्जस्तीकरणी गर्ने  र सघाउने दुबै जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तल्कोट गाउँपालिका - ५ घर भई चैनपुरमा डेरा गरि बस्दै आएका २२ वर्षीय हेमन्त भण्डारी र तलकोट गाउँपालिका–२ घर भई चैनपुर बजारमा बस्ने २१ वर्षीय महेश कुँवर रहेका छन् । मष्टा गाउँपालिका–१ घर भई हाल चैनपुरमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई २२ वर्षीय भण्डारीले आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको र २१ वर्षीय कुँवरले उक्त घटनामा कोठाको बाहिरबाट चुक्कुल लगाएर सघाएको आरोप लागेको छ । अहिले पीडित र आरोपित दुवै जनाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
स्ववियू सभापतिका उम्मेदवार धामीको टिमद्वारा बिरामीलाई फलफूल वितरण

स्ववियू सभापतिका उम्मेदवार धामीको टिमद्वारा बिरामीलाई फलफूल वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका १ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । बझाङदीप क्याम्पस झोताका अखिल (समाजवादी)का स्ववियू सभापति पदका उम्मेदवार अक्कल धामीको टिमले स्वास्थ्य केन्द्रमै पुगेर फलफूल वितरण गरेको हो । अखिल समाजवादी शिक्षोदय माध्यमिक विद्यालय बागथलाका इकाइ अध्यक्ष स्वर्गिय सागर भण्डारीको सम्झनामा बिरामीलाई फलफूल वितरण गरिएको अखिल समाजवादीले जनाएको छ ।...
एसईईको तयारी पुरा, परिक्षामा ५ लाख ८ हजार बढी विद्यार्थी सहभागी हुने

एसईईको तयारी पुरा, परिक्षामा ५ लाख ८ हजार बढी विद्यार्थी सहभागी हुने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको आगामी ७ चैत गतेदेखि सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका छाप्ने लगायतको सम्पूर्ण आवश्यक तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । बोर्डका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका परिक्षा केन्द्रमा पुगिसकेको र जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ । पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द...
आज तराई होली

आज तराई होली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- बिहीबार हिमाली तथा पहाडी भूभागमा मनाइएको फागुन पूर्णिमा होली पर्व आज तराईमा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ। पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने प्रचलन गरेको छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ। होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ। पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार...
सुनकुडा क्याम्पसमा तालाबन्दी,, निर्वाचन अधिकृतले एकल निर्णय गरेको आरोप

सुनकुडा क्याम्पसमा तालाबन्दी,, निर्वाचन अधिकृतले एकल निर्णय गरेको आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। अहिले विद्यार्थी संघसङ्गठन तिब्ररुपमा चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरूले आफ्नो उम्मेदवारी केका लागि भन्ने घोषणा पत्र सार्वजनिक गर्दै मतदाताहरूसँग मत माग्नमा व्यस्त छन्  । तर बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तालाबन्दी गरिएको हो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा कम्युनिष्ट पार्टी (विप्लव ) निकट अखिल समाजवादीले बिहीबार क्याम्पसमा तालबन्दी गरेको छ । निर्वाचन अधिकृत हिक्मतबहादुर स्याडाको एकल निर्णय कारण तालाबन्दी गर्न बाध्य भएको दुवै सङ्गठनले जनाएका छन्। तालाबन्दी गरेका सङ्गठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा मागेका छन्। उनीहरूले समानुपातिकतर्फ दर्ता भ...
डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु

डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु

Breaking News 1, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सुदूरपश्चिममा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्ति गर्नेमा सहमति

सुदूरपश्चिममा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्ति गर्नेमा सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्तारूढ गठबन्धनको सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका विभिन्न राजनीतिक नियुक्ति सम्बन्धी पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस–एमालेबीच भागबण्डा गरेर राजनीतिक नियुक्ति गर्ने सहमति जुटेको बताइएको छ । नियुक्तिको खाका बनाउने जिम्मेवारी मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई दिइएको छ। बैठकमा प्रदेश सरकारका काम कारवाहीलाई थप प्रभावकारी बनाउन गहन छलफल गरिएको एक नेताले बताएका छन्। साथै, रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरू सहमतिका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय समेत भएको छ। सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका प्रादेशिक अस्पताल...
कर्णालीका ४ सय ४४ जना बालबालिका बालगृहमा

कर्णालीका ४ सय ४४ जना बालबालिका बालगृहमा

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुर्खेत– कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा रहेको पाइएको छ । विभिन्न कारणले आमाबुवाभन्दा टाढा रहेका चार सय ४४ जना बालबालिलाई सरकारले संरक्षण दिएको हो । बुवाआमा हुँदाहुँदै पनि बालगृहमा बालबालिका पठाउने गरिएको भन्दै यसमा संवेदनशील हुनुपर्ने सरोकारवालको भनाइ छ । कस्ता बालबालिकालाई बालगृहमा पठाउने भन्ने बालबालिकासम्बन्धी ऐनले प्रष्ट व्यवस्था गरेको भन्दै यो ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । कर्णालीमा रहेका १२ वटा बालगृहहरूको अनुगमन गरी मापदण्डअनुसार चलाउनुपर्नेमा जोड दिइएको छ । हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । यसैबीच, सहभागीले गुणस्तरीय शिक्षा, गरिबी र अन्य विभिन्न कारणले बालबालिका परिवारबाट विछ...
आज केही ठाउँमा पानी पर्ने सम्भावना

आज केही ठाउँमा पानी पर्ने सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। हिजो देशका केही ठाउँमा पानी परेको थियो। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको छ। मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। विगत चार दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो। प्रतिकूल मौसमका कारण हवाई उडानसमेत सामान्य प्रभावित भएको छ।...
आज हिमाली र पहाडी भूभागमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी भूभागमा होली पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – आज हिमाली र पहाडी भूभागमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ । केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्र...
एमाले नेता धामीलाई पालिकामा निम्तो, खुल्ला लाइभ बहस गर्न तयार छु: अध्यक्ष थापा

एमाले नेता धामीलाई पालिकामा निम्तो, खुल्ला लाइभ बहस गर्न तयार छु: अध्यक्ष थापा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकामा विद्युतीकरणको बिषय चर्चामा छ । दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) र एमाले नेता दल बहादुर धामी विच विद्युतीकरणको विषयलाई लिएर चर्काचर्की चलिरहेको छ। एकातिर गाउँपालिका अध्यक्ष थापा आफू नेतृत्वको टिमले विद्युतीकरणको काम गरेको भनी दावी गर्दै आएका छन् ,, भने अर्कोतिर एमाले नेता धामी आफूले विद्युतीकरणको काम गरेको भन्दै दाबी गरिरहेका छन्  । केहीदिन यता सामाजिक सञ्जाल फेसबुकमा दुर्गाथलि गाउँपालिकाको जाफ्री, बाइकाटे, छान्याखोला, सैन, दौला, चुवाबन टोलमा विद्युत लायन बिस्तारको विषयमा गाउँपालिका अध्यक्ष थापा र एमाले नेता धामी बिच आफूले गरेको काममा जस लिन खोजेको भन्दै एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै आएका छन् । एमाले नेता दलबहादुर धामी लाई भोलि नै प्रत्यक्ष लाइभ बहस गर्न तयार रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराएका छन्  । उनलेे आफ्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज