Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
डोटीको केदार सूर्य बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीकी बोहरा निर्वाचित

डोटीको केदार सूर्य बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीकी बोहरा निर्वाचित

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीको केदार सूर्य बहुमुखी क्याम्पस बिपिनगरको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की यशोदा बोहरा निर्वाचित भएकी छन् । अखिल (क्रान्तिकारी) र अनेरास्ववियूको तर्फबाट उम्मेदवार रहेकी बोहराले नेपाल विद्यार्थी संघकी रमिता बोहरालाई पराजित गर्दै सभापति पदमा निर्वाचित भएकी हुन् । यशोदाले ४६ मत ल्याइन भने उनी प्रतिद्वन्द्वी रमिताले ३७ मत प्राप्त गरेकी थिइन् । त्यस्तै सचिवमा अनेरास्ववियूका विक्रम साउँद निर्वाचित भएका छन् । सचिव पदका लागि साउँद र नेविसंघका भक्त पातलीले समान ४२ मत प्राप्त गरेका थिए । गोलापर्थाबाट साउद चुनिएका हुन् । कोषाध्यक्षमा नेबिसंघकी हिरा मन्नी निर्वाचित भएकी छिन् । उनले अखिल (क्रान्तिकारी) की उमा बोहरालाई पराजित गरेकी छन् ।...
कैलालीको फूलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

कैलालीको फूलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै निर्वाचित भएको छ । आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा क्याम्पसको सभापतिमा नेविसंघका भुवनराज जोशी ५३ मत ल्याएर निर्वाचित भएका हुन् । जोशीका प्रतिस्पर्धी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाएका थिए । यस्तै स्ववियु सचिवमा अखिल (समाजबादी) का सिमा बिक र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का सरस्वती बिक विजयी भएका छन् । उक्त क्याम्पसमा अनेरास्ववियुविरुद्द नेविसंघ, क्रान्तिकारी र समाजबादीले तालमेल गरेका थिए ।...
डडेल्धुरामा आमाको काज किरिया गर्दै छोरीहरू

डडेल्धुरामा आमाको काज किरिया गर्दै छोरीहरू

Breaking News 1, डडेल्धुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डडेलधुरामा छोरीहरू आमाको किरिया बसेका छन् । जिल्लाको परशुराम नगरपालिका–६, तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्की आमाको किरिया बसेका हुन् । आमा राधादेवी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरू किरिया बसेका पाइएको छ । उनीहरूका ७९ वर्षीय बुबा खड्क सिंह अपाङ्गता भएका व्यक्ति हुन् भने परिवारमा दाजुभाइ छैनन्। आमाको मृत्युले विक्षिप्त भएका उनीहरू आमाको शव बोकेर घाटसम्म पुग्न नसके पनि अहिले काज किरियाका सबै परम्परा निभाइरहेका छन् । चार दिदीबहिनीमा कान्छी रहेकी रोहिताका अनुसार मृत्युअघि नै राधादेवीले छोरीलाई किरिया गरिदिनु भनेकी थिइन् । ‘चारै जना दिदीबहिनी किरिया बस्न तयार थियौँ,’ उनले भनिन्, ‘जेठी दिदी बिर्मा बडुवाल महिनावारी भएपछि किरियामा बस्न पाउनुभएन । हामी तीन दिदीबहिनी किरियामा बसेका छौँ । बाजे भाइतर्फका एक जना दाइ पनि किरिया बस्नुभएको छ । हिन्दू परम्परामा छ...
जिल्ला प्रशासन कार्यालय कैलालीले भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्दै

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि आवेदन फारम भरेका नागरिकलाई भोलिदेखि जिल्लाका सबै स्थानीय तहबाट उक्त परिचयपत्र वितरण गरिने भएको हो । राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा टाेली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले जानकारी दिए । जाेशीकाअनुसार परिचयपत्र लिएर स्थानीय तहमा पुगेका कर्मचारीले भाेलि बुधबारदेखि वितरणकाे काम गर्नेछन् । सर्वसाधारणले स्थानीय तहकाे कार्यालय तथा पालिकाले व्यवस्थापन गरेकाे ठाउँमा पुगेर परिचयपत्र प्राप्त गर्नेछन् । केही दिनसम्म परिचयपत्र वितरणकाे काम गरिनेछ । साे अवधिमा परिचयपत्र नबुझ्नेकाे कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिनेछ । त्यसपछि सम्बन्धित व्यक्तिले प्रशासन कार्यालयमै पुगेर परिचयपत्र लिनुपर्नेछ ।...
बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते

बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते

Breaking News 1, Breaking News 2, ताजा अपडेट, दार्चुला, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरा र दार्चुलामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बाजुरामा मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भीर घाइते भएका हुन । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ । घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् । जिल्लाको महाकाली राजमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिका- १ बेतमा गोकुलेश्वरबाट दा...
कामना टेलिभिजनको प्रवन्ध निर्देशकमा साउँद नियुक्त

कामना टेलिभिजनको प्रवन्ध निर्देशकमा साउँद नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कामना टेलिभिजनको प्रवन्ध निर्देशकमा हंसराज साउँद ( हिमाल) लाई नियुक्त गरिएको छ । सोमबार साझ कामना टेलिभिजन प्रालिका अध्यक्ष बचन राज जोशीले साउँदलाई उक्त पदमा नियुक्त गर्नु भएको हो। रिक्त रहेको प्रवन्ध निर्देशक पदमा नियुक्त गर्दै अध्यक्ष जोशीले पत्रकार साउँदको अनुभव, दक्षता, र नेतृत्व क्षमताले टेलिभिजनलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । त्यस्तै साउँदको कार्यकालमा सञ्चार क्षेत्रमा नवीनतम पहल र प्रभावकारी व्यवस्थापनको आश गरेको अध्यक्ष जोशीले बताए । नवनियुक्त निर्देशक साउँदले टेलिभिजनको टोलीले जुन विश्वासले मलाई थप जिम्मेवारि दिएको छ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । उनलेे जनताको हकहित र आवाज सुन्ने तथा बोल्ने माध्यमका रुपमा टेलिभिजनलाई अघि बढाउने समेत बताए । साउँद यसअघि कामना टेलिभिजन बढैपुर शाखा प्रमुख थिए । कामना टेलिभिजनले परम्परागत टेलिभिजनको सीमालाई तोडेर...
बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने,, विजेताले ३६ हजार बढी पुरस्कार पाउने

बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने,, विजेताले ३६ हजार बढी पुरस्कार पाउने

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
समीर कठायत- बझाङ । बझाङमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्लामा रहेको जनशक्ति युवा क्लबले उक्त क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । परम्परादेखिनै छबिसपाथिभेरा गाउँपालिका-२ र ३ मा लाग्ने कांक्रेऔंशी, बान्नीकी चैतली मेलाको अवसरमा जिल्ला वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको जनशक्ति युवा क्लबका सहसचिव निर्केश कठायतले जानकारी दिए । यस वर्ष बान्नी चैतली मेला १६ गतेबाट सुरु हुँदैछ । खेलाडीको पहिचान, खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको कठायतको भनाइ छ । प्रतियोगितामा विजेता टिमले ३६ हजार ६ सय २ सहित ट्रफी प्रमाणपत्र,मेडल र उपविजेता हुने टिमले १२ हजार ६ सय २ रुपैया सहित ट्रफीप्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता समय चैत १७ गते बेलुकी ५ बजेस...
कैलालीकी चौधरीले पाइन् ३७ वर्षको उमेरमा नागरिकता

कैलालीकी चौधरीले पाइन् ३७ वर्षको उमेरमा नागरिकता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक महिलाले ३७ वर्षको उमेरमा नागरिकता पाएकी छन् । जिल्लाको गोदावरी नगरपालिका-८ की अपाङ्गता भएकी अरुणा कुमारी चौधरीले ३७ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । मंगलबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहितको टोलीले अपाङ्गता भएकी चौधरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ । अपाङ्गता भएका कारण नागरिकता बनाउन प्रशासनसम्म जान नसक्दा सरकारी सेवाबाट बञ्चित हुनुपरेको जानकारी चौधरीका बुवाले गराएपछि आफूहरूले घरमै आएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी हमालले बताए । शारीरिक रूपमा पूर्णरुपमा अशक्त ३७ वर्षीय चौधरी नागरिकता लिन प्रशासन कार्यालयसम्म जान नसक्दा नागरिकताबाट बञ्चित थिईन् ।...
बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह- बझाङ । बझाङको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम दिइने भएको छ । जिल्लामा सञ्चालित प्रगतिशिल युवा समाज, वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र पालिकाको समन्वयमा १८ बर्ष मुनी तथा १२ बर्ष माथिका बालबालिकालाई आधारभुत आत्मरक्षा सिप तथा आधारभुत प्रशिक्षण तालिम दिइने भएको हो । प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साँझेदारीमा संचालित बाल संरक्षण परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको संस्थाले जनाएको छ । सोमबार जयपृथ्वी नगरपालिका–६ मा रहेको भवानी माध्यामिक विद्यालय नौरामा कार्यक्रमको सुरुवात गर्दै संस्थाले बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा कमी आउन नसकेकाले त्यसमा कमि ल्याउन आधारभुत तालिमको आयोजना गरिएको बाल संरक्षण परियोजनाका अधिकृत विनोद थापाले बताए । उनले भने, ‘दिनदिनै जसो यस्ता घटना भइरहेको पाइन्छ । बलात्कार,...
लेखा अधिकृतको आन्दोलनका कारण मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुको तलब नै रोकियो

लेखा अधिकृतको आन्दोलनका कारण मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुको तलब नै रोकियो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ। लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो। लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौँ तहबाट प्रशासन समूह हटाउनुपर्ने, लेखा समूहको ओएण्डएम गर्नुपर्ने, र प्रदेश लोकसेवा आयोगले खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने माग राखेका छन्। माग पुरा नगरे संघमा फिर्ता जानुपर्ने चेतावनीसमेत दिएका छन्। गत बुधबारदेखि लेखा अधिकृतहरूले भुक्तानी प्रक्रिया रोकेपछि तलब रोकिएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए। लेखा समूहतर्फका कर्मचारी वृत्ति विकासको कानुनी व्यवस्थाको माग गर्दै एक साता अघिदेखि आन्दोलित छन्। उनीहरूले फागुन २१ गतेदेखि भुक्तानी तथा निकासा रोक्का गरेका छन्। प्रदेश मन्त्रालय, प्रदेश सभा सचिवालयहरूमा अहिले पनि लेखा अधिकृतको दरबन्दी रहेको ...
बझाङका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सुरु

बझाङका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- त्रिभुवन विश्वविद्यालय मातहत रहेका बझाङका ३ क्याम्पसहरूमा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । जिल्लाका बझाङदीप बहुमुखी क्याम्पस , त्रिवेणी बहुमुखी क्याम्पस, र सुनकुडा बहुमुखी क्याम्पसमा मात्रै अहिले ८ बजेबाट निर्वाचन सुरु भएको हो । यसअघि छबिसपाथिभेरा गाउँपालिकामा रहेका सेती बहुमुखी क्याम्पस बगडगाउँ र शान्ति आदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । निर्वाचनको प्रक्रिया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरूमा भने विद्यार्थीको भर्नादर कम रहेका कारण निर्वाचन रोकिएको छ । थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पस, र खप्तडछान्ना गाउँपालिकामा रहेको खापरदेव बहुमुखी क्याम्पसमा विद्यार्थीको भर्ना संख्या कम भएकाले निर्वाचन गराउन नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । चुनावमा भइरहेका तीन क्याम्पसमा एमाले निकट अनेरास्ववियु, काँग्रे...
अछाममा बहुविवाह कसुरमा महिला प्रकाउ, पुरुष फरार

अछाममा बहुविवाह कसुरमा महिला प्रकाउ, पुरुष फरार

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा बहुविवाह कसुरमा एक महिला प्रकाउ परेकी छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका ४ चिसिकी २४ वर्षीया तुलसी बुढा बहुविवाह कसुरमा प्रकाउ परेकी हुन् । बहुबिवाह कसुरमा २०८१ असाढ ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना तोकिएकोमा हालसम्म फरार गरिएकी बुढालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सोमबार दिउँसो १२: ४० बजे प्रहरी चौकि तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ। प्रकाउ परेकि महिलासँग बहुबिवाह गर्ने पुरुष भने अझै फरार रहेका छन् । बुढा घरमा श्रीमती हुँदाहुँदै सौतामा आएकी थिइन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज