केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
बझाङ- केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम पालिकाको सभाहलमा आज सम्पन्न भएको हो । स्थानीय तहको स्वास्थ्य कार्यक्रमहरुको प्रगतिको तुलनात्मक विश्लेषण, गत आर्थिक वर्षको समिक्षामा पहिचान भएका समस्याको प्रगति तथा कार्यक्रमबाट भएका उपलब्धी र देखिएका समस्याहरु पहिचान गरि सुधार गर्ने पक्षहरुको आगामी आर्थिक वर्षमा सम्बोधन गर्नका लागि बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । त्यस्तै स्वास्थ्य संस्थामा जनशक्तिको विवरण र चालु आर्थिक वर्षका लागि योजना तर्जुमाका लागि यो कार्यक्रम आयोजना गरिने गरेको पालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा पालिका मातहतका स्वास्थ्य संस्था मार्फत आर्थिक वर्ष २०८१ ,०८२ ...












