Advertisement

बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

Advertisement

बझाङ- चार वर्षअघि बाढीले बगाएको झुलुङ्गे पुल पुनः निर्माण गरिएको छ। केदारस्यूँ गाउँपालिकाको देउरा र थलारा गाउँपालिकाको रेगम जोड्ने सेती नदीमाथिको उक्त पुल पुनःनिर्माण गरिएको हो।
२०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएपछि स्थानीयले झण्डै चार वर्ष सास्ती भोग्नुपरेको थियो। पुल बग्दा थलारा गाउँपालिका–१ र २ का सबै गाउँसँगै डोटी जिल्लाका केही बस्तीका बासिन्दा समेत आवतजावतमा समस्यामा परेका थिए।
पुल नभएपछि रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायतका गाउँका स्थानीयलाई उपभोग्य सामान किन्न, बिरामीलाई स्वास्थ्य संस्थामा लैजान र विद्यार्थीलाई विद्यालय पुग्न समेत कठिनाइ हुने गरेको थियो। आपतकालीन रूपमा दुवै पालिकाले हिउँदमा अस्थायी काठेपुल बनाएर आवतजावतलाई सहज बनाउने प्रयास गरे पनि बर्खामा नदीमा पानी बढ्दा पुल बग्ने भएकाले समस्या दोहोरिने गरेको थियो।
पुनःनिर्माणका लागि २०७९ फागुन १९ गते स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीसँग डडेल्धुराको देवभूमि कन्स्ट्रक्सन प्रा.लि. ले १ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८१ भदौ १८ गतेभित्र पुल निर्माण सक्नुपर्ने भए पनि कम्पनीका प्रबन्ध निर्देशक डम्बरदत्त भट्ट को निधन र भुक्तानी ढिलाइका कारण निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन।
२०७९ फागुन २२ गते लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र पूर्वाधार विकास प्रमुख इन्जिनियर महेश्वर घिमिरेको उपस्थितिमा पुलको शिलान्यास गरिएको थियो भने २०८० चैत्र २ गते केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायालगायत जनप्रतिनिधिले पुनःशिलान्यास गरेका थिए।
हाल पुल निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि रामबहादुर शाहीले बताए । उनले भने सबै कार्य सकिएको छ थोरै तारजाली तथा बोल्डमा रङ लगाउन बाँकी छ, भोलि अर्थात् भदौ १२ गतेसम्म काम सम्पन्न हुन्छ । यही भदौ २२ गते लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले पुलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ।
लामो प्रतीक्षापछि पुनःनिर्माण भएको पुलले आवतजावतमा सहजता ल्याउने भन्दै स्थानीयमा खुशी छाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज