Advertisement

बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

Advertisement

बझाङ- चार वर्षअघि बाढीले बगाएको झुलुङ्गे पुल पुनः निर्माण गरिएको छ। केदारस्यूँ गाउँपालिकाको देउरा र थलारा गाउँपालिकाको रेगम जोड्ने सेती नदीमाथिको उक्त पुल पुनःनिर्माण गरिएको हो।
२०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएपछि स्थानीयले झण्डै चार वर्ष सास्ती भोग्नुपरेको थियो। पुल बग्दा थलारा गाउँपालिका–१ र २ का सबै गाउँसँगै डोटी जिल्लाका केही बस्तीका बासिन्दा समेत आवतजावतमा समस्यामा परेका थिए।
पुल नभएपछि रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायतका गाउँका स्थानीयलाई उपभोग्य सामान किन्न, बिरामीलाई स्वास्थ्य संस्थामा लैजान र विद्यार्थीलाई विद्यालय पुग्न समेत कठिनाइ हुने गरेको थियो। आपतकालीन रूपमा दुवै पालिकाले हिउँदमा अस्थायी काठेपुल बनाएर आवतजावतलाई सहज बनाउने प्रयास गरे पनि बर्खामा नदीमा पानी बढ्दा पुल बग्ने भएकाले समस्या दोहोरिने गरेको थियो।
पुनःनिर्माणका लागि २०७९ फागुन १९ गते स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीसँग डडेल्धुराको देवभूमि कन्स्ट्रक्सन प्रा.लि. ले १ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८१ भदौ १८ गतेभित्र पुल निर्माण सक्नुपर्ने भए पनि कम्पनीका प्रबन्ध निर्देशक डम्बरदत्त भट्ट को निधन र भुक्तानी ढिलाइका कारण निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन।
२०७९ फागुन २२ गते लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र पूर्वाधार विकास प्रमुख इन्जिनियर महेश्वर घिमिरेको उपस्थितिमा पुलको शिलान्यास गरिएको थियो भने २०८० चैत्र २ गते केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायालगायत जनप्रतिनिधिले पुनःशिलान्यास गरेका थिए।
हाल पुल निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि रामबहादुर शाहीले बताए । उनले भने सबै कार्य सकिएको छ थोरै तारजाली तथा बोल्डमा रङ लगाउन बाँकी छ, भोलि अर्थात् भदौ १२ गतेसम्म काम सम्पन्न हुन्छ । यही भदौ २२ गते लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले पुलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ।
लामो प्रतीक्षापछि पुनःनिर्माण भएको पुलले आवतजावतमा सहजता ल्याउने भन्दै स्थानीयमा खुशी छाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज