Advertisement

Author: शिवजी मण्डेल

शिवजी मण्डेल कामनाटुडे तथा कामना टेलिभिजनका सह-सम्पादक  हुन। उहाँ संग केदार एफ एम, रेडियो थलारा लगायतका रेडियोमा काम गरेको ६ वर्ष बढी अनुभव छ ।
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ। मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेका थिए। तत्कालै उनलाई नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरास्थित नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। टाढा घर भएकाले आफन्त आइपुगेपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउन सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक वा आर्थिक रूपमा अशक्त व्यक्तिहरूलाई कष्टकर यात्रा र ...
सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिकाकी बालिका सम्झना विकको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बझाङलमा ज्ञापनपत्र बुझाइएको छ। युवा संगठन नेपाल बझाङ जिल्ला कार्यसमितिले मंगलबार प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई हत्या भएको ६ वर्ष वितिसक्दा समेत सम्झनाको परिवारले क्षतिपूर्ति नपाएको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध मागसहित ज्ञापनपत्र बुझाएको हो । २०७७ असोज ७ गते सम्झनाकै गाउँका एक किशोरले गोठ हिँडेकी बालिका सम्झनालाई गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला भन्ने जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए । घटनापछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्लामा सात दिनसम्म आक्रोशित स्थानीय आन्दोलित भएका थिए । २०७७ असोज १४ गते आन्दोलनरत स्थानीय तथा प्रमुख जिल्ला अधिकारीबीच १० लाख क्षतिपूर्ति दिने र ...
तरकारी खेतीबाट मनग्य आम्दानी, महिनामा ३५ देखि ५० हजार कमाउँछिन् रेनुकला

तरकारी खेतीबाट मनग्य आम्दानी, महिनामा ३५ देखि ५० हजार कमाउँछिन् रेनुकला

ताजा अपडेट, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, समाचार
बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका-१० उदासीपुरकी रेनुकला चौधरी अहिले ४४ वर्षकी भइन् । ४४ वर्षीया रेनुकला मेहनती तथा साहसी कृषकको नामले परिचित छिन् । खेतमा पसिना बगाउँदै उनले परिवारको जीवनस्तर मात्र उकासेकी छैनन्, गाउँकी महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छिन्। कृषि पेशाबाटै उनले मनग्य आम्दानी गर्दै आएको उनका छिमेकीहरू गर्वका साथ सुनाउँछन्।" पेशाले उनी एक स्वयंसेवीका समेत हुन् ,विभिन्न दु:ख कष्टकर जीवनसंग सामना गर्दै आएकी रेनुकला अहिले भने खुसी देखिन्छिन्। रेनुकला बिहान सबेरै उठेर रात नपरुन्जेल खेतबारीमै व्यस्त रहन्छिन्। “मलाई फुर्सद हुँदैन, मेरो दिन गोडमेल, मलजल र तरकारी संकलनमै बित्छ,” उनी भन्छिन्। उनलेे २०७७ सालदेखि निरन्तर रुपमा तरकारी खेती गर्दै आएकी छन् । व्यक्तिगत लगानीबाट सुरुवात गरेको तरकारी खेती अहिले आम्दानीको स्रोत बनेको छ । तरकारी फलाउन मेहनत धेरै गर्न...
कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालसँग साझेदारीमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनिको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको हो। गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमको संयोजकत्वमा गएको अनुगमन टोलीले आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक संलग्नता, स्पोन्सरसिप, अभिभावक शिक्षा, अन्तरपुस्ता संवाद, कृषि उत्पादन समूह, कृषि फर्म, बाल अधिकार समिति र बालमैत्री स्थानीय शासनअन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ । परियोजना मार्फत सञ्चालित गतिविधिहरूको प्रगति समिक्षा गर्नका लागि अनुगमन गरिएको जनाइएको छ । स्थानीयले अनुगमन टोलीसंग बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण र दुर्व्यसन अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। स...
कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली कारागारमा शुक्रबार मध्यराति कैदीबन्दी बिच हिंसात्मक झडप भयो ।दुई पक्षबीच भएको झडपका क्रममा ढुंगामुडासंगै जिमका लागि राखिएका सामाग्री हानाहान भएको थियो । उक्त हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान गयो, भने अन्य ४७ जना घाइते छन् । यहीँ हिंसात्मक घटना ‘अत्यन्त दुःखद’ भएको बताउँदै बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले यस्ता घटनाबाट तत्काल पाठ सिक्नुपर्नेमा जोड दिएका छन्। उनले समयमै योजनाबद्ध रूपमा कारागार व्यवस्थापन गर्न नसके, यस्ता घटना कैलाली मात्र नभई देशका अन्य धेरै कारागारमा पनि दोहोरिन सक्ने सम्भावना रहेको बताए । अध्यक्ष बोहराले अत्यधिक भीडभाड र कैदी संख्या क्षमता भन्दा बढी नाघ्नु यस घटनाको प्रमुख कारण हुनसक्ने समेत बताए। उनले यसलाई केवल एक पक्षको गल्ती नभई कारागार प्रशासन, सुरक्षाकर्मी र कैदीहरूकै कमजोरीको सं...
केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको केदार डाँडामा अवस्थित मुख्य धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक गौरवको प्रतीक केदार मन्दिर अहिले चर्चामा छ। केदार मन्दिर निर्माणाधीन अवस्थामा रहेकाले गाउँपालिकाले हरेक वर्ष श्रावण जनैपुर्णिमाका दिन लाग्ने मेला स्थगित गरियो भन्ने सूचना जारीगरेपश्चात अहिले यो विषय चर्चामा आएको हो । यो चर्चा आस्थाका कारण हो कि असन्तुष्टिका? भन्न गाह्रो छ। तर यथार्थमा, यो मन्दिर निर्माण सजिलो छैन। बाटो छैन, साधन छैन, ढुंगा जुटाउनको लागि पनि घण्टौं हिँड्नु पर्ने। त्यस्तो स्थानमा श्रद्धा, साहास र समर्पणको बलमा मन्दिर निर्माण गर्नु भनेको सामान्य काम पक्कै होइन। तर यिनै असाध्य परिश्रम गर्ने निर्माणकर्ता रकेदारस्यु गाउँपालिका लाई हामी कसरी हेर्दै छौं? कतिपयले मन्दिरको पूजाआजा रोकिएको भनेर आवाज उठाइरहेका छन्। केदार मन्दिरको निर्माण कार्य अपूर्ण रहँदा जनैपूर्णिमाको पूजामा रोक...
केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदार, कैलाश, भैरव र त्रिवेणीलाई समेटेर अघि बढाइएको चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम सुदूरपश्चिमको समृद्धिको दीर्घकालीन आधार बन्ने विश्वास केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले व्यक्त गर्नुभएको छ। केदारस्यूँ गाउँपालिकाको पहलमा निर्माणाधीन केदार मन्दिरको कार्य हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको मन्दिर निर्माण कार्य अझै करिब दुई महिना लाग्ने अध्यक्ष बोहराले जानकारी दिनुभयो। “केदारजस्तो दुर्गम र उचाइमा मन्दिर निर्माण गर्नु चुनौतीपूर्ण छ। तर स्थानीय उपभोक्ता समिति र जनताको सहयोगले हामीले अपेक्षित प्रगति गर्न सकेका छौं,” अध्यक्ष बोहराले बताउनुभयो। उहाँका अनुसार, मन्दिर निर्माणपछि भूमि शुद्धिकरणदेखि प्राण प्रतिष्ठा सम्मका सम्पूर्ण विधि पारम्परिक र वैदिक संस्कारअनुसार गरिनेछ। यस्ता विधिहरू मन्दिरको पवित्रता स्थापना र देवताको आव्हानस...
भक्तिभाव, संस्कृति र रोमाञ्चक यात्रासहित सुर्मा सरोवर तीर्थ यात्रा सुरु

भक्तिभाव, संस्कृति र रोमाञ्चक यात्रासहित सुर्मा सरोवर तीर्थ यात्रा सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ र दार्चुलाबाट सुर्मादेवीका भक्तजन तथा आलिपाली करियाहरू श्रद्धापूर्वक सुर्मा सरोवर यात्रामा निस्किएका छन्। समुद्री सतहबाट १४ हजार फिट (झन्डै ४ हजार मिटर) उचाइमा अवस्थित पवित्र सुर्मा सरोवर तालमा स्नान, पूजा–आराधना तथा देवी दर्शनका लागि तीर्थयात्रीहरू घरबाट निस्किएका हुन्। छबिसपाथिभेरा गाउँपालिका–७ का स्थानीय सुरेश मण्डेलका अनुसार, आज बिहान सबेरै स्नान गरी सफासुतली भएर गाउँमा रहेको सुर्मा मन्दिरमा दियो–बत्ती बालेर ठूलो संख्यामा तीर्थयात्रीहरूले यात्रा आरम्भ गरेका छन्। यस वर्ष ठूलो बिराइ भएकाले पहिले कहिल्यै सरोवर नगएका नयाँ तीर्थयात्री (बालावीर) पनि यात्रामा सहभागी भएका छन्। मण्डेलका अनुसार सुर्मासरोवर तालको यात्रा शुभारम्भ गरी हिँडेका खोरी र घट्टे गाउँका भक्तजन सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै नजिकैको लुवाडा गाउँको चौतारामा जम्मा भई (पणछमी) गर्दछन्। ओरालो झर्दै माटेस...
सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

Breaking News 1, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- साउन कृष्ण औंसीदेखि प्रारम्भ भई आधा महिनासम्म चल्ने सुर्मा देवी बिरीजात मेला अहिले सुदूरपश्चिमको बझाङ र दार्चुलामा विशेष रौनकता छाएको छ। यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र सामाजिक समागमको प्रतीक मानिन्छ। यो मेला बिशेषगरि सुर्मा देवीका करियाहरूले मनाउने गर्दछन् । अहिले बझाङको सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका , दुर्गाथलि गाउँपालिका , जयपृथ्वी नगरपालिकाका सुर्मा देवीको पुजा स्थलमा मेलाको रौनकता छाएको हो । प्रत्येक वर्ष लाग्ने मेला यश वर्ष साउन ८ गते बिहीबारदेखि सुभारम्भ भएको छ । मेलामा निराहार व्रत, माछा–मासु–लसुन निषेध, खाली खुट्टा हिडडुल, सुर्मा देवीको पूजा–आराधना, ढाका नाच, मागल र ढुस्का गीत गाउने, चाभाइ खेल, र सुर्मा सरोवरमा स्नानजस्ता परम्परागत गतिविधिहरू सम्पन्न हुन्छन्। मेलाको प्रारम्भ: बाँधा र पूजाआराधना मेलाको पहिलो दिन, औंसीका दिन करिया, धामीझाँक्री, नाइ...
एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

ताजा अपडेट, पर्यटन, ब्यापार, मनोरञ्जन, विचार
काठमाडौँ- काठमाडौँको मुटुमा रहेको पशुपति क्षेत्र — एक यस्तो स्थान जहाँ आस्थाको ध्वनि नित्य गुञ्जिरहेको हुन्छ, जहाँ दिनभर भक्तजनहरू भगवान पशुपतिनाथको दर्शनमा लीन हुन्छन्। भजनको मधुर स्वर, घण्टीको ताल, आराधनाको स्पर्श, र भावनाको गहिरो बहाव त्यहाँ पाइन्छ। तर, त्यो आराधनाको घेराभित्रै अर्कै संसार पनि छ, जुन हेर्दा मनमा गहिरो पीडा र चिन्तन जाग्छ। त्यहीँ कतै छेउमा कोही भेटघाटमा रमाइरहेका छन्, रमाईलो गर्दै तस्बिर खिच्न व्यस्त छन्। सेल्फी र स्मृति टिप्न तल्लीन छन्। अरू कोही चाहिँ व्यापारिक झोला बोकी दैनिक जीविकाका लागि पसिना बगाइरहेका छन् — कपाल बनाउने, माला बेच्ने, प्रसाद सजाउने, धूप बाल्नेहरू। उनीहरूको अनुहारमा विश्वास छ, तर थकान लुकेको छ। तर, ती रमाइला दृश्यहरूसँगै त्यही ठाउँमा अझै गहिरो पीडा पनि पसारिएको हुन्छ। त्यसै बिच कतै कसैको हात छैन, कसैको खुट्टा छैन – उनीहरू लाचार छन्, तर हिम्मत बाँक...
बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१ मा अवस्थित पर्यटकीय स्थल मिनी खप्तड का रूपमा परिचित माथिल्लो बित्थड क्षेत्रमा सरसफाइ गरिएको छ। पर्यटकीय महत्व बोकेको यो क्षेत्र फोहोर तथा दुर्गन्धित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो। शनिबार बित्थडचिर गाउँपालिका–१ का अध्यक्ष मानबहादुर बोहरा (मन्नो) को अगुवाइमा सरसफाइ गरिएको हो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कलक बहादुर बोहरा, वडा नं. ६ का अध्यक्ष हरिश खड्का, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद समितिका पदाधिकारी, व्यापारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। वडाध्यक्ष बोहराका अनुसार केही दिनअघि सम्पन्न क्रिकेट प्रतियोगितापछि क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी बित्थडलाई स्वच्छ र आकर्षक बनाइएको हो। पछिल्लो समय बित्थड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। दैनिकजसो १०० भन्दा बढी पर्यटकहरू यो ...
केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक, ८७.१६ प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक, ८७.१६ प्रतिशत बजेट खर्च

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– जिल्लाको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ । असार २५ सम्मको तथ्यांक सार्वजनिक गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८७ दशमलब १६ प्रतिशत रकम खर्च भएको जानकारी दिएको हो। गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत खर्चसम्बन्धी सबै विवरण संकलन गरी सार्वजनिक गरिएको हो । प्रकाशित विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ४४ करोड २२ लाख ९९ हजार ६ सय ७९ रुपैयाँ २७ पैसामध्ये ३७ करोड ६९ लाख ८ हजार २८४ रुपैयाँ ७१ पैसा खर्च भएको छ, जुन कुल चालु खर्चको ८५ दशमलब २२ प्रतिशत हो । यस्तै, पूँजीगत खर्चतर्फ २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएकोमा २० करोड ५४ लाख ५ हजार ८ सय ९४ रुपैयाँ ६ पैसा खर्च गरिएको जनाइएको छ, जुन ९०.९९ प्रतिशत खर्च प्रगति हो । पालिकाले चालु आर्थिक वर्षमा ६६ करोड ८० लाख ५३ हजार ६ सय ७९ रुपैयाँ २७ पैसा बिनियोजन गरेको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज