युवा व्यवसायी सुवेदीद्वारा छोरीको जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग
बझाङ — दुर्गाथलि गाउँपालिका–१ चौधरीस्थित मदन भण्डारी बाल आश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
केदारस्यूँ गाउँपालिका–९ झोतामा व्यवसाय गर्दै आएका दिपेश मोबाइल ग्यालरीका सञ्चालक लेखराज सुवेदीले आफ्नी छोरी एलिना सुवेदीको तेस्रो जन्मोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेका हुन्। जन्मदिनको अवसरलाई फजुल खर्चमा प्रयोग गर्नुको सट्टा आश्रममा आश्रित अनाथ तथा असहाय बालबालिकालाई सहयोग गरेर मनाउनु पुण्यको काम हुने विश्वास व्यक्त गर्दै उनले उक्त सहयोग गरेका हुन्।
उक्त अवसरमा सुवेदीले आश्रममा रहेका १७ जना बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। आज बिहानै उनी परिवारसहित आश्रम पुगेका थिए र आफ्नै हातले सामग्री प्रदान गरेका थिए।
सामग्री वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्य, स्थानीय जनप्रतिनिधिहरू, बाल आश्रम सञ्चालक टिम तथा समुदायका केही प्र...












