चौकुने गाउँपालिकामा विकासको फड्को- सडक कालोपत्रे, कृषि प्रवर्द्धन र ताल निर्माणमा जोड
सुर्खेत- चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिक (बिबश) को नेतृत्वमा विकास निर्माणका कार्यहरू तिव्र गतिमा अगाडि बढिरहेका छन्। २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचित भएपछि अध्यक्ष बिबशले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी चौकुने गाउँपालिकाको प्रमुख माग गुटु-बेनीघाट सडक कालोपत्रे गर्न अनुरोध गरेका थिए।
उक्त मागलाई तत्काल सम्बोधन गर्दै पूर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत बजेट सुनिश्चित गरी निर्माण कार्य अघि बढाइएको थियो।
चौकुने गाउँपालिकाका अध्यक्ष बिबशले व्यक्तिगत रूपमा सडक निर्माण कार्यको अनुगमन तथा निगरानी गरेका थिए।
यसै कारण, सुर्खेत जिल्लाको पश्चिम क्षेत्रको पहिलो पिच सडक चौकुने गाउँपालिकामा बन्न सफल भएको छ। सडक निर्माण मात्र नभई, अध्यक्ष बिबशले चौकुनेका जनताको हित हुने विभिन्न योजनाहरूलाई प्र...









