Advertisement

बाह्रदेउ क्याम्पस पूर्वतयारी समिक्षा, उपाध्यक्ष धामी सञ्चालक समिति अध्यक्ष, दुई लाखभन्दा बढी चन्दा संकलन

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-६ भाडसैनमा सञ्चालनको तयारीमा रहेको बाह्रदेउ क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको छ । १७ भदौ मंगलबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीको उपस्थितिमा क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको हो ।

समिक्षाबाट २ वर्ष लामो संघर्षपश्चात् सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई के कसरी सञ्चालन गर्ने, आर्थिक संकलन, तथा सञ्चालक समिति गठन लगायतका निर्णय गरेको छ ।

पूर्वतयारी कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले २०८० सालदेखि माथिल्लो क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै क्याम्पस सञ्चालनको तयारीमा जुटेको बताए । त्यस्तै यश क्षेत्रका नागरिक ,शिक्षाप्रेमी , वडाका जनप्रतिनिधि, राजनीतिज्ञ,शिक्षक लगायत गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र उपाध्यक्ष मनिषा धामीले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराए  । अहिले क्याम्पस सञ्चालनका लागि सम्बन्धन मात्रै प्राप्त भएको छ, विश्व विद्यालयबाट सम्बन्धन ल्याउन बाँकी छ प्रधानाध्यापक धामीले भने, क्याम्पस सञ्चालनका लागि सम्बन्धन ल्याउन क्याम्पसको नामको खातामा ४५ लाख रुपैया हुनुपर्ने हुन्छ भने सञ्चालनका निम्ति २५ लाख रकम देखाउनुपर्छ ।

क्याम्पस सञ्चालक सहितका समिति गठन

बाह्रदेउ क्याम्पस सञ्चालक तदर्थ समिति अध्यक्ष करसिङ्गे धामीको अध्यक्षतामा बसेको पूर्व तयारी समिक्षा कार्यक्रमबाट क्याम्पस सञ्चालक समिति गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष समेत रहेकी मनिषा धामीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको हो । समिति उपाध्यक्षमा नरे धामी गरि १५ सदस्यीय सञ्चालक समिति गठन गरिएको प्रधानाध्यापक धामीले जानकारी दिए ।
त्यस्तै अध्यक्ष धामीकै संयोजकत्वमा आर्थिक संकलन समिति  र  गगन गुर्धामीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

क्याम्पस सञ्चालनका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिने

क्याम्पस सञ्चालनका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिने भएको छ । तत्काल ठूलो संख्यामा रकम जुटाउनु पर्ने भएकाले आर्थिक संकलन अभियान सञ्चालन गरिने भएको हो । अहिले क्याम्पस सञ्चालन गर्नका लागि ७० लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ। स्थानीय जनसमुदाय ,समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी जनप्रतिनिधि , राजनीतिज्ञ , पालिका मातहतका शिक्षक,कर्मचारी तथा देश विदेशमा रहेकाहरूसँग सहयोगका लागि अपिल गर्ने निर्णय गरेको छ । यस्तै क्याम्पस सञ्चालनका लागि गाउँपालिकाले २४ लाख रुपैयाँ दिनेछ ।

२ लाखभन्दा बढी आर्थिक संकलन
क्याम्पस सञ्चालनका लागि थालिएको आर्थिक संकलन अभियान अन्तर्गत केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले ५१ हजार १ सय ५१ रुपैयाँ , उपाध्यक्ष तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष मनिषा धामीले ५१ हजार १ सय ५१ रुपैयाँ, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले ५१ हजार १ सय ५१ , वडा नम्बर-६ का वडाध्यक्ष जयबहादुर धामीले ५० हजार १ सय ५१ रुपैयाँ चन्दा स्वरुप सहयोग गर्ने घोषणा गरेका छन् । यो सहयोग संगै क्याम्पस सञ्चालनका लागि पहिलो दिन नै २ लाख ३ हजार ६ सय ४ रुपैयाँ संकलन भएको छ ।

समिक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट , वडाध्यक्ष जयबहादुर धामी, पालिका सूचना अधिकारी लेखराज रावल, जनप्रतिनिधि, स्थानीय जनसमुदाय , राजनीति दलका प्रमुख प्रतिनिधि शिक्षक लगायतको उपस्थिति रहेको थियोे । यसैबीच क्याम्पस सञ्चालक समितिले क्याम्पस सञ्चालनका लागि ठूलो रकम आवश्यक परेको हुँदा सबैमा सहयोग गर्ने अनुरोध गरेको छ ।

क्याम्पस सञ्चालनमा आएपछि पालिकाको माथिल्लो भूभागका विद्यार्थीलाई घरआगनमै उच्च शिक्षा पाउनेछन् । उक्त क्षेत्रमा १२ कक्षासम्म अध्ययनका लागि विद्यालय भए पनि स्नातक तहको अध्ययन गर्नका लागि नजिकै क्याम्पसको सुविधा नहुँदा वडा नम्बर ५, ६, ७ , ८ र दुर्गाथलि गाउँपालिका-६ का विद्यार्थीलाई टाढासम्म धाउनुपर्ने बाध्यता थियो। भदौ १२ गते प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएपछि ती विद्यार्थीलाई आफ्नै क्षेत्रमा बस्दै उच्चशिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुने भएको हो।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज