Advertisement

शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना

Advertisement

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा अवस्थित मजखाेरी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक रामचन्द्र मण्डेलको अनिवार्य अवकाशसँगै सम्मानपूर्वक विदाइ गरिएको छ । विद्यालयले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा प्रावि तहमा लामो समयसम्म सेवा पुर्‍याएका मण्डेललाई दोसल्ला, खादामाला र नागरिक अभिनन्दनसहित सम्मानपूर्वक विदाइ गरेको हो ।


गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय बहादुर धामीले विदाइ कार्यक्रममा विद्यालय परिवार भावविह्वल बनेको जानकारी दिए ।
शिक्षक मण्डेलले स्थायी रूपमा ३८ वर्ष र अन्य गरी जम्मा ४४ वर्ष अध्यापन गरेको स्मरण गर्दै आफ्नो शिक्षण यात्राका अनुभवहरू कार्यक्रममा बाँडे । उनले विद्यार्थीलाई मन लगाएर अध्ययन गर्न, शिक्षकहरूलाई कर्तव्यप्रति निष्ठावान रहन आग्रह गर्दै विद्यालयका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विदाइकै दिन शिक्षक मण्डेलले आफ्ना दिवंगत पिता धस्से मण्डेलको नाममा विद्यालयमा ३१ हजार रुपैयाँको अक्षकोष स्थापना गरेका छन् । उक्त अक्षकोषबाट प्राप्त हुने ब्याजमार्फत विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने र गरिब, जेहन्दार तथा टुहुरा विद्यार्थीको अध्ययनमा सहयोग गर्ने उद्देश्य रहेको उनले बताए ।


कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी र बुद्धिजीवीहरूको समेत उपस्थितिमा शिक्षक मण्डेललाई सम्मानपूर्वक घरसम्म पुर्‍याइएको थियो ।
विद्यालय प्रशासनले शिक्षण क्षेत्रमा मण्डेलले पुर्‍याएको योगदान सदैव प्रेरणादायी रहने उल्लेख गर्दै उनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । शिक्षक मण्डेल यहीँ भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाश हुनु भएको हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज