Advertisement

शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना

Advertisement

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा अवस्थित मजखाेरी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक रामचन्द्र मण्डेलको अनिवार्य अवकाशसँगै सम्मानपूर्वक विदाइ गरिएको छ । विद्यालयले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा प्रावि तहमा लामो समयसम्म सेवा पुर्‍याएका मण्डेललाई दोसल्ला, खादामाला र नागरिक अभिनन्दनसहित सम्मानपूर्वक विदाइ गरेको हो ।


गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय बहादुर धामीले विदाइ कार्यक्रममा विद्यालय परिवार भावविह्वल बनेको जानकारी दिए ।
शिक्षक मण्डेलले स्थायी रूपमा ३८ वर्ष र अन्य गरी जम्मा ४४ वर्ष अध्यापन गरेको स्मरण गर्दै आफ्नो शिक्षण यात्राका अनुभवहरू कार्यक्रममा बाँडे । उनले विद्यार्थीलाई मन लगाएर अध्ययन गर्न, शिक्षकहरूलाई कर्तव्यप्रति निष्ठावान रहन आग्रह गर्दै विद्यालयका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विदाइकै दिन शिक्षक मण्डेलले आफ्ना दिवंगत पिता धस्से मण्डेलको नाममा विद्यालयमा ३१ हजार रुपैयाँको अक्षकोष स्थापना गरेका छन् । उक्त अक्षकोषबाट प्राप्त हुने ब्याजमार्फत विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने र गरिब, जेहन्दार तथा टुहुरा विद्यार्थीको अध्ययनमा सहयोग गर्ने उद्देश्य रहेको उनले बताए ।


कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी र बुद्धिजीवीहरूको समेत उपस्थितिमा शिक्षक मण्डेललाई सम्मानपूर्वक घरसम्म पुर्‍याइएको थियो ।
विद्यालय प्रशासनले शिक्षण क्षेत्रमा मण्डेलले पुर्‍याएको योगदान सदैव प्रेरणादायी रहने उल्लेख गर्दै उनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । शिक्षक मण्डेल यहीँ भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाश हुनु भएको हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज