Advertisement

जगन्नाथ माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ खेती सुरु

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सैन्स्सुस्थित जगन्नाथ माध्यमिक विद्यालयमा च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको छ ।

सोमबारदेखि औपचारिक रूपमा पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको हो। यस अभियानलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका युवा नेता भरत बहादुर मल्लको विशेष पहलमा अघि बढाइएको हो।
विद्यालयले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई आत्मनिर्भर बनाउन र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यका साथ च्याउ खेतीलाई प्राथमिकता दिएको विव्यस अध्यक्ष मल्लले कामना टुडेसँग बताए ।

केही समय अघि विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पाएका मल्लले पालिकामै पहिलोपटक विद्यालय स्तरमा च्याउ खेती कार्यक्रमको सुरुवात गरेका हुन् । पालिकामा अहिलेसम्म कुनै पनि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई आत्मनिर्भर तर्फ जोड्नका लागि काम गरेको देखिएको छैन,अध्यक्ष मल्लको यो कदमले नयाँ सन्देश दिएको छ।

च्याउ खेतीका लागि आवश्यक सामग्री तय गर्न विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक शिक्षिकाले विशेष साथ दिएका छन् । हरितालिका तीजको समयमा पनि शिक्षिकाहरूले च्याउ खेती कार्यक्रमको सुरुवात गर्नमा विशेष सहयोग गरेको अध्यक्ष मल्लको भनाइ छ ।
अध्यक्ष मल्लले च्याउ खेती कार्यक्रम प्रति शिक्षक शिक्षिका र विव्यस टिमले देखाएको सक्रियता र साथका लागि आभार प्रकट गरेका छन् ।

यसअघि बझाङदीप क्याम्पस झोतामा विद्यार्थी नेता कमल सीको पहलमा च्याउ खेती कार्यक्रम सञ्चालन गरिएको थियोे । कमलले क्याम्पसमा छात्रावासको पनि स्थापना गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज