Advertisement

तरकारी खेतीबाट मनग्य आम्दानी, महिनामा ३५ देखि ५० हजार कमाउँछिन् रेनुकला

Advertisement

बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका-१० उदासीपुरकी रेनुकला चौधरी अहिले ४४ वर्षकी भइन् । ४४ वर्षीया रेनुकला मेहनती तथा साहसी कृषकको नामले परिचित छिन् ।

खेतमा पसिना बगाउँदै उनले परिवारको जीवनस्तर मात्र उकासेकी छैनन्, गाउँकी महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छिन्। कृषि पेशाबाटै उनले मनग्य आम्दानी गर्दै आएको उनका छिमेकीहरू गर्वका साथ सुनाउँछन्।”

पेशाले उनी एक स्वयंसेवीका समेत हुन् ,विभिन्न दु:ख कष्टकर जीवनसंग सामना गर्दै आएकी रेनुकला अहिले भने खुसी देखिन्छिन्।

रेनुकला बिहान सबेरै उठेर रात नपरुन्जेल खेतबारीमै व्यस्त रहन्छिन्। “मलाई फुर्सद हुँदैन, मेरो दिन गोडमेल, मलजल र तरकारी संकलनमै बित्छ,” उनी भन्छिन्। उनलेे २०७७ सालदेखि निरन्तर रुपमा तरकारी खेती गर्दै आएकी छन् । व्यक्तिगत लगानीबाट सुरुवात गरेको तरकारी खेती अहिले आम्दानीको स्रोत बनेको छ ।

तरकारी फलाउन मेहनत धेरै गर्नुपर्छ, समय नि धेरै लाग्ने गरेको उनको भनाइ छ । उनलाई काम गर्न भने त्यती गाह्राे छैन , श्रीमान् तिलाराम चौधरीको साथले सहज छ । तिलारामले उनलाई हरेक कार्यमा सघाउँछन्, त्यसैकारण काम गर्ने उत्साह बढेको रेनुकला गर्वका साथ भन्छिन् ।

रेनुकलाले दर्ता गरेको हरियाली कृषक समूह मार्फत उनी बारीमा सिजनअनुसारका तरकारी उत्पादन गर्छिन्।। अहिले उनको बारीमा बोर्डी, काक्रा,तोरिया, फर्सी,चिचिन्ना लगायतका तरकारी लटरम्म फलेका छन् । त्यस्तै रेनुकलाले अन्य सिजनमा खुर्सानी, टमाटर, आलु, गोपी लगायतका तरकारी फलाउँदै आएकी छन् ।

दुई छोरासहितको चार जनाको परिवार पाल्दै आएकी रेनुकला भन्छिन्– मान्छे अरुको देशमा गएर कमाउने कमाइभन्दा अरुको देखासिकीबाट सुरुवात गरेको तरकारी खेती मार्फत मनग्य आम्दानी गर्दै आएकी छु, रेनुकलाले भनिन् , अहिले तरकारी बेचेरै महिनाको ३५ देखी ५० हजार सम्मको आम्दानी हुन्छ ।

तर, बजार व्यवस्थापन भने ठूलो चुनौती बनेको छ। कतैबाट बजारीकरणको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो । सधैं सामान तयार गर्छु , त्यसपछि सबै तिर फोन छु, आवश्यक परेको ठाउँमा पठाउँछौ, यदि कतैबाट पनि माग आएन भने तरकारी कुहिने अवस्था आउँदा चिन्ता हुने गरेको उनी सुनाउँछिन्।  त्यसकारण उनलेे स्थानीय तहबाट कृषि सामाग्री संकलन केन्द्र स्थापनाको माग राख्दै आएकी छिन् ।

रेनुकलाको मेहनत र आत्मनिर्भरताको उदाहरण अहिले गाउँमै सीमित छैन। जनप्रतिनिधि र स्थानीयवासीले उनलाई साहसी महिला किसानको रूपमा सम्मान गर्ने गरेका छन्। उनको प्रेरणाले अन्य महिलाहरू पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन्।

व्यक्तिगत लगानीमा सुरु तरकारी खेतीमा गत वर्ष नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाले गत वर्ष उनलाई फलामे टनेल सहयोग गरेको थियो भने दिगो विकास समाज भजनिले स्प्रे ट्यांक, केरेट र प्लास्टिक जस्ता सामग्री उपलब्ध गराएको छ। यस सहयोगले व्यवसायमा सहजता आएको उनी बताउँछिन्।

अरुको देश गएर रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्न सुझाव दिँदै, रेनुकलाले महिलाहरूलाई अरुको भरमा पर्नु भन्दा पनि आफै केही गर्न अनुरोध गर्छिन् ।

उनलेे आफू सँग लगानी नहँदा व्यवसाय बढाउन नसकेको समेत बताइन् । मैले योभन्दा बढी तरकारी खेती गर्ने मनसाय गरेकी थिए , तर लगानी नहुँदा यसैमा चित्त बुझाएकी छु, कतैबाट सहयोग पाए व्यवसाय बढाउने चाह छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज