Advertisement

बाहृदेब क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–६, भाडसैंनस्थित प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन प्राप्त गरेको छ। भदौ १२ गते प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो । यससँगै स्थानीय जनसमुदायमा ठूलो खुशी छाएको छ।

पालिकाको माथिल्लो भूभागका विद्यार्थीलाई घरआगनमै उच्च शिक्षा प्रदान गर्न क्याम्पस सञ्चालनमा ल्याउन लागिएको छ । उक्त क्षेत्रमा १२ कक्षासम्म अध्ययनका लागि विद्यालय भए पनि स्नातक तहको अध्ययन गर्नका लागि नजिकै क्याम्पसको सुविधा नहुँदा वडा नम्बर ५, ६, ७ , ८ र दुर्गाथलि गाउँपालिका-६ का विद्यार्थीलाई टाढासम्म धाउनुपर्ने बाध्यता थियो। सम्बन्धन प्राप्त भएपछि ती विद्यार्थीलाई आफ्नै क्षेत्रमा बस्दै उच्चशिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुने भएको छ।

केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले यो उपलब्धि गाउँपालिकाको साझा गर्व भएको उल्लेख गर्दै सम्पूर्ण क्याम्पस परिवारलाई बधाई ज्ञापन गरेका छन्। साथै, सम्बन्धन प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने विश्वविद्यालयका पदाधिकारी, जनप्रतिनिधि, शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्व, चन्द्रोदय माध्यमिक विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा समुदायका अग्रजप्रति आभार प्रकट गरेका छन्।
अध्यक्ष बोहराले भने, “अबको यात्रा अझ चुनौतीपूर्ण छ। क्याम्पस सञ्चालनका लागि गुणस्तरीय शिक्षा, स्रोत–साधनको परिचालन, दक्ष जनशक्तिको व्यवस्थापन र यसलाई आदर्श शिक्षण केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाको सक्रियता आवश्यक छ।”
उनले गाउँपालिका सदैव क्याम्पससँग खडा रहने प्रतिवद्धता व्यक्त गर्दै समुदाय, शुभेच्छुक र सम्पूर्ण नागरिकसँग निरन्तर सहयोग, सुझाव र सहकार्यको अपेक्षा पनि व्यक्त गरेका छन्।

तत्काल चन्द्रोदय माविको भवनमा पठनपाठन हुने,

सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन प्राप्त गरेको बाहृदेब क्याम्पस सञ्चालन तथा विद्यार्थी भर्नाका लागि बैठक बस्दै छ । यहीँ भदौ १७ गते मंगलबार के कसरी क्याम्पस सञ्चालन गर्ने तथा विद्यार्थी भर्नाका विषयमा छलफल गर्न बैठक बस्न लागेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले जानकारी दिए। उनलेे भने तत्काल यहीँ शैक्षिकसत्रबाट विद्यार्थी भर्ना गरेर पठनपाठन गर्ने तयारी छ । क्याम्पसको भवन नभएसम्म तत्काल विद्यालयको भवनमै पठनपाठन गर्ने तयारी थालिएको समेत धामीको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज