बझाङ- केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम पालिकाको सभाहलमा आज सम्पन्न भएको हो । स्थानीय तहको स्वास्थ्य कार्यक्रमहरुको प्रगतिको तुलनात्मक विश्लेषण, गत आर्थिक वर्षको समिक्षामा पहिचान भएका समस्याको प्रगति तथा कार्यक्रमबाट भएका उपलब्धी र देखिएका समस्याहरु पहिचान गरि सुधार गर्ने पक्षहरुको आगामी आर्थिक वर्षमा सम्बोधन गर्नका लागि बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । त्यस्तै स्वास्थ्य संस्थामा जनशक्तिको विवरण र चालु आर्थिक वर्षका लागि योजना तर्जुमाका लागि यो कार्यक्रम आयोजना गरिने गरेको पालिका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा पालिका मातहतका स्वास्थ्य संस्था मार्फत आर्थिक वर्ष २०८१ ,०८२ मा प्रवाह गरिएका सेवाहरुको प्रभावकारीता, लक्ष्य अनुरु काम भए नभएको पहिचान र सुधार गर्नुपर्ने पक्षमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८१ ,०८२ मा पालिका भित्र रहेको ९ वटै स्वास्थ संस्थाका प्रमुख तथा प्रतिनिधिले भएगरेका गतिबिधी र आवश्यकता बारे प्रस्तुतिकरण राखेका थिए, भने रायल आयुर्वेदका प्रमुखले पनि आफ्नो बार्षिक गतिबिधी र सेवा प्रदान गर्दा भाग्नु पर्ने समस्या राखेका थिए । समिक्षा कार्यक्रमका क्रममा मानव जीवनका लागि आधारभुत आवश्यकताको रुपमा रहेका स्वास्थ्य संस्थामा आवश्यक दक्षजनशक्ति, औंषधी उपकरण र भौतिक संरचनाको अभाव देखिएको थियो । त्यस्तै कतिपए स्वास्थ्य चौकीमा इन्टरनेटको समेत समस्या रहेको पाइएको थियो ।
कार्यक्रममा बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमको महत्व,र स्वास्थ्य संस्थामा देखिएका कमिकमजोरी औल्याउँदै स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीले सुधार गर्नुपर्ने पक्षबारे जानकारी दिए ।
कार्यक्रममा गत वर्षको तुलनामा यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सुधार भएको समाजिक विकास समिति संयोजक तथा वडा नं २ का वडाध्यक्ष शेर बहादुर बिष्टे बताए । स्वास्थ्य संस्थामा देखिएको समस्या समाधानका लागि आफुले गर्न सक्ने सहयोग गर्ने समेत बताए । उनले जनशक्तिको अभावका बिषयमा शिक्षा क्षेत्रमा आवश्यक कर्मचारी करारबाट नियुक्ति गरिन्छ, अब स्वास्थ्य क्षेत्रमा पनि करारबाटै भएपनि आवश्यक कर्मचारी नियुक्ति गरिने समेत बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मनिषा धामीले वार्षिक समिक्षा कार्यक्रम स्वास्थ्य क्षेत्रमा भए गरेका गतिविधि नियाल्ने ऐना भएको धारण राख्दै स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीले राम्रो कार्य गरेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।
उनले पालिका टिमले स्वास्थ्य ,शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको तर सोचे अनुरुप उपलब्धि भएको छैन,त्यसैले हामीले कानेर चुकी रहेका छौ संवेदनशील भएर सोच्नुपर्ने बेला आएको छ उनले भने । यस्तै अझै गर्भवती महिला स्वास्थ्य संस्थामा नगइ घरमै सुत्केरी हुने अवस्था कायम रहेको छ । यसलाई अन्त्य गर्दै गर्भवती महिला र शिशु दुबैको स्वास्थ्य सुरक्षाका निम्ति महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन सबैले हातेमालो गर्नुपर्ने उनको तर्क थियो ।
उनले सोचे अनुरुप काम गर्न नसक्नुको मुख्य कारण बजेट अभाव भएको हो, हामीले यश आर्थिक वर्षमा पालिका भित्रका दुई स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिने उपाध्यक्ष धामीले बताइन् । यसैगरि उनले समस्या समाधानको लागि पालिकाले सक्ने कार्य गर्ने प्रतिबद्धता समेत जनाइन् ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका सूचकलाई पूरा गरेका ३ वटा स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ ।
प्रथम रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा , द्वितीय भैरवनाथ स्वास्थ्य चौकी झोता, र तृतीय बाझ स्वास्थ्य चौकी बागथला भएका छन । उक्त स्वास्थ्य संस्थालाई प्रशंसाा पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा केदारस्यूँ गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामी, अन्य स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमक सञ्चालन स्वास्थ्य शाखा प्रमुख बिष्टले गरेका थिए ।

