Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा व्यापक चर्चामा रहेका छन् । स्थानीय तहमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको निरन्तर सम्पर्कका कारण खत्रीलाई एमालेभित्र मात्र होइन, समग्र स्थानीय राजनीतिमा पनि प्रभावशाली नेताका रूपमा हेरिने गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा खत्री गाउँपालिका अध्यक्ष पदका लागि एमालेबाट सिफारिसमा परेका थिए । तर अन्तिम समयमा पार्टीको निर्णयअनुसार उनले टिकट पाउन सकेनन् । त्यसबेला पनि धेरै कार्यकर्ताले उनलाई सक्षम उम्मेदवारका रूपमा लिएका थिए । टिकट नपाएपछि पनि उनले पार्टीप्रतिको प्रतिबद्धता कायम राख्दै संगठन निर्माण, पार्टीका कार्यक्रम र जनसम्पर्कलाई निरन्तरता दिएका थिए । आगामी निर्वाचनको चर्चा सुरु ...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल केसीले पार्टी संगठनलाई थप मजबुत बनाउने, महिलाको सहभागिता र नेतृत्वदायी भूमिका बढाउने तथा कार्यकर्ताका आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएकी छन्। उनले पार्टीको संगठन सुदृढीकरणसँगै महिला तथा युवा सहभागितालाई प्राथमिकता दिँदै पार्टीलाई थप सक्रिय र जनमुखी बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएकी छन्। महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्दै रिजाल केसीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्तासँगको निरन्तर सहकार्यलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गरेकी छन्।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, रोजगार, समाचार
दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबाट सुरु गर्ने तयारी गरेको छ। पठाओ, इनड्राइभ र उबरजस्तै प्रविधिमा आधारित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसहित कम्पनीले दाङमा सेवा सुरु गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाएको जनाएको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिबी रावतका अनुसार दाङलाई कम्पनीको पहिलो सेवा क्षेत्र बनाइएको हो। आफ्नो जन्मभूमिबाटै नयाँ व्यवसायको सुरुवात गरी स्थानीय स्तरमा रोजगारी र यातायातको अवसर सिर्जना गर्ने उद्देश्य रहेको उनले बताए। सुरुआती चरणमा घोराही, तुलसीपुर, लमही र भालुवाङ क्षेत्रमा सेवा उपलब्ध गराउने कम्पनीको योजना छ। यात्रुको आवश्यकता र स्थानीय अवस्थाअनुसार बाइक, अटो, कार र साइकलमार्फत राइड–सेयरिङ सेवा सञ्चालन गरिनेछ। कम्पनीले सेवा सञ्चालनक...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल वार्जे नेपाली समाज, पुणेले भोटेकोशी बाढीपहिरो पीडितका लागि सहयोग गरेको छ। तीज कार्यक्रम आयोजना गर्दा हुने खर्चलाई विपद्मा परेका नेपाली परिवारको राहतमा प्रयोग गर्ने उद्देश्यले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरिएको समाजले जनाएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट घर, धनसम्पत्ति तथा आफन्त गुमाएका परिवार पीडामा रहेका बेला उत्सव र मनोरञ्जनभन्दा मानवीय सेवामा प्राथमिकता दिने निर्णय गरिएको समाजको भनाइ छ। समाजले “उत्सवभन्दा ठूलो मानव सेवा हो। हाम्रो सानो सहयोगले बाढीपहिरो पीडितको पीडामा केही राहत मिलोस् भन्ने उद्देश्यले तीज कार्यक्रम स्थगित गरी सहयोग गरेका हौँ,” जनाएको छ। विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा आफ्नो पर्वको खर्च कटौती गरी पीडितको सहयोगमा जु...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

समाचार
नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन यूएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक आधारभूत सामग्री गुमाएका परिवारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराइएको हो। कम्पनीले उपलब्ध गराएको सहयोगबाट बाढी प्रभावित क्षेत्रका करिब ३०० घरधुरीका १ हजार ५०० जना प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र यूएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो। न...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले बिहीबार जिल्ला समन्वय समिति बझाङको १०औँ जिल्ला सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले आगामी चार–पाँच वर्षमा जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी विकास निर्माणका काम गर्नुपर्ने बताए । महरले बझाङमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै अबको दुई–चार वर्षमा साइपालको घुलीसम्म सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । खुटिया–दिपायल सडकलाई दुवैतर्फबाट काम हुने गरी तीव्रता दिन आफूले पहल गरिरहेको उनले बताए । करिब १५० किलोमिटरको खुटिया–दिपायल सडक निर्माण भए हाल बझाङबाट धनगढी पुग्नुपर्ने करिब २७० किलोमिटरको दूरी घट्ने उनले बताए । उक्त सडकलाई ताक्लाकोटसम्म जोडेर सुरुङ मार्ग निर्माण गर्...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

समाचार
जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसकेको एक अध्ययनले देखाएको छ। अध्ययनमा सहभागी ८२.७ प्रतिशत विद्यार्थीले रक्तदान गर्न इच्छुक रहेको बताए पनि १९.५ प्रतिशतले मात्र यसअघि रक्तदान गरेको पाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), कर्णाली प्राविधिक शिक्षालय (KTS) र जुम्ला बहुमुखी क्याम्पस (JMC) का ६४७ विद्यार्थीमा गरिएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनअनुसार ७३ प्रतिशत विद्यार्थीमा रक्तदानप्रति सकारात्मक दृष्टिकोण रहेको पाइएको छ। त्यस्तै, ९८ प्रतिशत विद्यार्थीले रक्तदानलाई पुण्य कार्य तथा सामाजिक दायित्व मानेका छन् भने ९८.३ प्रतिशतले अरूलाई रक्तदान गर्न प्रोत्साहित गर्ने बताएका छन्। आकस्मिक अवस्थामा आवश्यक परे ९०.४ प्रतिशत विद्यार्थीले रक्तद...
चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन मंगलबार उद्घाटन भएको भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति छान्न लागिएको हो । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ३७ जना उपभोक्ता मतदाता रहेका छन् । संस्थाको मुख्य पद अध्यक्षका लागि लोकेन्द्र विष्ट, लोकेन्द्र खड्का र नरेन्द्र खड्का गरी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै, उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि कलक बोहरा, बबिनबहादुर सिंह, खडक सुनार, जुना जाग्री र देवेन्द्र खड्का प्रतिस्पर्धामा उत्...
जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज जेन-जी शहीद दिवस मनाइँदैछ। गत २३ भदौमा भएको जेन-जी विद्रोहपछि देशमा राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज शहीद दिवस मनाउँदै सार्वजनिक बिदा दिएको हो। जेन–जी आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्न सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। यही १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।...
बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई आसन ग्रहण नगराएको भन्दै आपत्ति जनाइएको छ। छबिसपाथिभेरा र दुर्गाथलि गाउँपालिकाको बिच बिसौनमा आइतबार मेला उद्घाटन कार्यक्रममा देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रहेको रास्वपाको टोली सहभागी भए पनि आयोजकले औपचारिक रूपमा आसन ग्रहण नगराएको भन्दै रास्वपाका प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका हुन्। मेलामा सहभागी रास्वपाको टोलीलाई कार्यक्रममा उचित सम्मान तथा प्रतिनिधित्व नगराइएको भन्दै रास्वपा दुर्गाथलि गाउँ कमिटी उपसभापति प्रेम बहादुर जप्रेलले आफ्नो सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् । उनलेे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, गजबकाे बिर्षति मेला धन्यवाद सञ्चालक ज्यु, बिराेध गर्न चाएकाे हाेईन , गम्भीर ध्यानाकर्षण गराउन चाएक...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ। आज एक कार्यक्रमका बीच मन्त्री कुँवरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको हो । यातायात क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित सञ्चालनमा आएको नमस्ते अत्तरिया यातायात प्रालिले आम नागरिकलाई सहज, सुरक्षित, सुविधाजनक तथा भरपर्दो यातायात सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ। उद्घाटन कार्यक्रममा राज्यमन्त्री कुँवरसहित यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। नयाँ यातायात कम्पनीको सञ्चालनसँगै यात्रुहरूले थप गुणस्तरीय सेवा पाउने तथा सुदूरपश्चिमको यातायात क्षेत्रलाई व्यवस्थित र सेवामुखी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर गाउँपालिकाका विभिन्न वडा तथा गाउँहरू रातभर अन्धकारमय बनेका छन्। हिजो अपराह्न ४ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज बिहान समाचार तयार पार्दासम्म (बिहान ८:१५ बजे) पनि सञ्चालनमा आउन सकेको छैन। ​प्राविधिक समस्याका कारण एउटा फेसमा बत्ती आउने र अर्को फेसमा पूर्ण रूपमा बत्ती नहुँदा धैरेनी, मैनपोखरी, मनकापुर, लगायतका गाउँका सर्वसाधारणले रातभर सास्ती खेप्नु परेको छ। ​कर्मचारीको आलटाल र गैरजिम्मेवारपन ​विद्युत सेवा अवरुद्ध भएपछि समस्या समाधानका लागि स्थानीयवासीले 'लाइट नो लाइट' शाखामा पटक-पटक सम्पर्क गर्दा कर्मचारीहरूले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिने गरेको पाइएको छ। ​जोशीपुर ७ धेरेनीकी स्थानीय पार्वती बोहरा का अनुसार हिजो साँझ करिब ४ बजे नै विद्युत प्रावि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज