Advertisement

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

Advertisement

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट’ सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर गाउँपालिकाका विभिन्न वडा तथा गाउँहरू रातभर अन्धकारमय बनेका छन्। हिजो अपराह्न ४ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज बिहान समाचार तयार पार्दासम्म (बिहान ८:१५ बजे) पनि सञ्चालनमा आउन सकेको छैन।

​प्राविधिक समस्याका कारण एउटा फेसमा बत्ती आउने र अर्को फेसमा पूर्ण रूपमा बत्ती नहुँदा धैरेनी, मैनपोखरी, मनकापुर, लगायतका गाउँका सर्वसाधारणले रातभर सास्ती खेप्नु परेको छ।

​कर्मचारीको आलटाल र गैरजिम्मेवारपन

​विद्युत सेवा अवरुद्ध भएपछि समस्या समाधानका लागि स्थानीयवासीले ‘लाइट नो लाइट’ शाखामा पटक-पटक सम्पर्क गर्दा कर्मचारीहरूले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिने गरेको पाइएको छ।

​जोशीपुर ७ धेरेनीकी स्थानीय पार्वती बोहरा का अनुसार हिजो साँझ करिब ४ बजे नै विद्युत प्राविधिकहरूलाई समस्याबारे जानकारी गराइएको थियो। तर, कर्मचारीहरूले “हामी आउन सक्दैनौँ” भन्दै सिधै आउन अस्वीकार गरे। त्यसपछि अन्य स्थानीयहरूले फोन गर्दा पनि कर्मचारीहरूले कोही बिदामा बसेको, कोही घरमा भएको, र जनशक्ति (स्टाफ) को कमी भएको भन्दै पन्छिने काम मात्र गरे।

​उपभोक्तामा आक्रोश

​एउटै गाउँमा कुनै घरमा बत्ती हुने र कुनै घरमा नहुने (सिंगल फेस) समस्याका कारण विद्युतीय उपकरणहरू बिग्रिने जोखिम बढेको छ भने गर्मी र अन्धकारका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ।

​१५ घण्टाभन्दा बढी समय बितिसक्दा र बिहानको ८:१५ बजिसक्दा समेत विद्युत मर्मतका लागि कुनै पनि प्राविधिक टोली घटनास्थल पुगेको छैन। अत्यावश्यक सेवा मानिने विद्युत कार्यालयको यस्तो ढिलासुस्ती र कर्मचारीहरूको गैरजिम्मेवार रवैयाप्रति स्थानीय जनता अत्यन्तै आक्रोशित बनेका छन्। उनीहरूले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गर्न र लापरबाही गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज