धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ।
आज एक कार्यक्रमका बीच मन्त्री कुँवरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको हो ।
यातायात क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित सञ्चालनमा आएको नमस्ते अत्तरिया यातायात प्रालिले आम नागरिकलाई सहज, सुरक्षित, सुविधाजनक तथा भरपर्दो यातायात सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
उद्घाटन कार्यक्रममा राज्यमन्त्री कुँवरसहित यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
नयाँ यातायात कम्पनीको सञ्चालनसँगै यात्रुहरूले थप गुणस्तरीय सेवा पाउने तथा सुदूरपश्चिमको यातायात क्षेत्रलाई व्यवस्थित र सेवामुखी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

