Advertisement

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

Advertisement

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने

काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन यूएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक आधारभूत सामग्री गुमाएका परिवारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराइएको हो।

कम्पनीले उपलब्ध गराएको सहयोगबाट बाढी प्रभावित क्षेत्रका करिब ३०० घरधुरीका १ हजार ५०० जना प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र यूएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. रिजालले प्रभावित क्षेत्रमा स्थलगत रूपमा पहिचान भएका वास्तविक आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार बाढीबाट घरबारविहीन भएका परिवारका लागि करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको छ।

त्यसैगरी प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधासमेत उपलब्ध गराइनेछ। खानेपानी तथा सरसफाइको समस्या भएका परिवारलाई स्वच्छ खानेपानी र सरसफाइका सामग्री उपलब्ध गराउनुका साथै अत्यावश्यक घरायसी सामग्री, औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्री वितरण गरिने सङ्घले जनाएको छ।

बाढीपछि कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने विद्युत्, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ। प्रभावित क्षेत्रमा चिकित्सक सङ्घका सदस्यहरू पुगेर स्थानीय आवश्यकता पहिचान गरिरहेकाले उनीहरूको सुझावका आधारमा राहत कार्यक्रम सञ्चालन गरिने डा. रिजालले बताउनुभयो।

सङ्घको नेतृत्वमा सञ्चालित राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउने जनाएको छ। तत्काल आवश्यक राहतसँगै प्रभावित परिवारलाई सामान्य जनजीवनमा फर्किन सहयोग पुग्ने गरी आधारभूत सामग्री तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने अभियानको उद्देश्य रहेको छ।

कार्यक्रममा यूएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो।

स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्थाका रूपमा मानवीय सङ्कटका समयमा प्रभावित परिवारको साथमा उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उहाँले वास्तविक प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोग सही ठाउँमा पुर्‍याउन चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा सञ्चालित राहत अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

यूएसभी फर्मास्युटिकल्सका नेपाल प्रमुख सुरज श्रेष्ठले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल चिकित्सक सङ्घको राहत अभियानसँग सहकार्य गरिएको बताउनुभयो।

उहाँले स्वास्थ्य सेवासँगै विपद्का समयमा प्रभावित समुदायको दैनिक जीवन सहज बनाउन आवश्यक सहयोग पुर्‍याउनु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो।

त्यस्तै, यूएसभी फार्माका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपद्बाट प्रभावित समुदायलाई राहत तथा पुनर्लाभका लागि निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रभावित परिवारसम्म वास्तविक आवश्यकताअनुसार सहयोग पुर्‍याउन सामूहिक प्रयास महत्वपूर्ण हुने उहाँको भनाइ छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन ...
जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

आज जेन-जी शहीद दिवस मनाइँदैछ। गत २३ भदौमा भएको जेन-जी विद्रोहपछि देशमा राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका ...
बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज