Advertisement

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

Advertisement

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने

काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन यूएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक आधारभूत सामग्री गुमाएका परिवारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराइएको हो।

कम्पनीले उपलब्ध गराएको सहयोगबाट बाढी प्रभावित क्षेत्रका करिब ३०० घरधुरीका १ हजार ५०० जना प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र यूएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. रिजालले प्रभावित क्षेत्रमा स्थलगत रूपमा पहिचान भएका वास्तविक आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार बाढीबाट घरबारविहीन भएका परिवारका लागि करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको छ।

त्यसैगरी प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधासमेत उपलब्ध गराइनेछ। खानेपानी तथा सरसफाइको समस्या भएका परिवारलाई स्वच्छ खानेपानी र सरसफाइका सामग्री उपलब्ध गराउनुका साथै अत्यावश्यक घरायसी सामग्री, औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्री वितरण गरिने सङ्घले जनाएको छ।

बाढीपछि कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने विद्युत्, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ। प्रभावित क्षेत्रमा चिकित्सक सङ्घका सदस्यहरू पुगेर स्थानीय आवश्यकता पहिचान गरिरहेकाले उनीहरूको सुझावका आधारमा राहत कार्यक्रम सञ्चालन गरिने डा. रिजालले बताउनुभयो।

सङ्घको नेतृत्वमा सञ्चालित राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउने जनाएको छ। तत्काल आवश्यक राहतसँगै प्रभावित परिवारलाई सामान्य जनजीवनमा फर्किन सहयोग पुग्ने गरी आधारभूत सामग्री तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने अभियानको उद्देश्य रहेको छ।

कार्यक्रममा यूएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो।

स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्थाका रूपमा मानवीय सङ्कटका समयमा प्रभावित परिवारको साथमा उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उहाँले वास्तविक प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोग सही ठाउँमा पुर्‍याउन चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा सञ्चालित राहत अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

यूएसभी फर्मास्युटिकल्सका नेपाल प्रमुख सुरज श्रेष्ठले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल चिकित्सक सङ्घको राहत अभियानसँग सहकार्य गरिएको बताउनुभयो।

उहाँले स्वास्थ्य सेवासँगै विपद्का समयमा प्रभावित समुदायको दैनिक जीवन सहज बनाउन आवश्यक सहयोग पुर्‍याउनु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो।

त्यस्तै, यूएसभी फार्माका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपद्बाट प्रभावित समुदायलाई राहत तथा पुनर्लाभका लागि निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रभावित परिवारसम्म वास्तविक आवश्यकताअनुसार सहयोग पुर्‍याउन सामूहिक प्रयास महत्वपूर्ण हुने उहाँको भनाइ छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज