Advertisement

विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

Advertisement

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

सिरिजमा आयोजक नेदरल्यान्ड्ससहित नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। आठ टोली सहभागी लिग-२ को तालिकामा पाँचौँ स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल छनोटमा पुग्न आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ।

नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा भएको सिरिजमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठमध्ये ६ खेल जित्दै आफ्नो स्थिति सुधार गरेको थियो। घरेलु सिरिजअघि सातौँ स्थानमा रहेको नेपाल अहिले पाँचौँ स्थानमा पुगेको हो।

नेपालले नेदरल्यान्ड्समा पनि घरेलु मैदानको लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ। नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि साउन ११ गते नामिबिया र साउन १३ गते पुनः नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

लिग–२ को अंकतालिकामा नेपालले २८ खेलबाट २४ अंक जोडेको छ। ३२ खेलबाट ३२ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने नामिबिया २२ अंकसहित सातौँ स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। स्कटल्यान्ड ३८ अंकसहित दोस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। नेपालपछि क्यानडा २४ अंकसहित छैटौँ र यूएई १४ अंकसहित आठौँ स्थानमा छन्।

लिग–२ को यो चक्रमा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन्। नेपालले अब आठ खेल खेल्न बाँकी छ। शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः छनोट हुन नेपालले बाँकी खेलमा अधिकतम अंक जोड्नुपर्ने अवस्था छ। यद्यपि, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न भने शीर्ष छ स्थानमा रहनुपर्नेछ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख र सोमपाल कामीलगायत अनुभवी खेलाडी छन्।

त्यस्तै इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी टोलीमा छन्।

वैकल्पिक खेलाडीका रूपमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई राखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज